काठमाडौं– जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद सहनाज रहमानको निधन भएको छ। ६७ वर्षीया रहमानको हृदयघातका कारण शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो।
भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक कार्यक्रममा गएका अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।
रहमानको निधनको खबरपछि सभामुख देवराज घिमिरे अस्पताल पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
जसपा केन्द्रीय सदस्यसमेत रहेकी रहमान समानुपातिक सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।