• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

संघीय अभ्यासमा कमजोर देखिँदै दलहरु, प्रादेशिक संरचना नेता व्यवस्थापनको ‘टुल’

64x64
नवीन झा आइतबार, फागुन ७, २०७९  १७:४०
1140x725

काठमाडौं- मुलुक संघीय अभ्यासमा गएको पाँच वर्ष पूरा भएको छ। संघीयता कार्यान्वयनपछि पहिलो पटक बनेका प्रादेशिक संसद् र सरकारहरुको कार्यकाल सकिएको छ भने गत ४ मंसिरबाट आएका संसद् र सरकारहरुले दोस्रो कार्यकालका लागि काम सुरु गरिसकेका छन्।

२०७२ मा जारी नयाँ संविधानले देशमा सात वटा प्रादेशिक संरचना बनाउने व्यवस्था गर्‍यो। २०७४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि ती प्रादेशिक संरचनाले मूर्त रुप लिए। २०७४ मंसिरमा भएको निर्वाचनपछि फागुनसम्ममा सात वटै प्रदेश अभ्यासमा उत्रिए। पहिलो कार्यकालका लागि बनेका ती प्रादेशिक सांसद र सरकारलाई गत ४ मंसिरको निर्वाचनले विस्थापित गरेको हो। 

यसरी हेर्दा प्रादेशिक संरचनाहरु विस्तारै संस्थागत अभ्यासमा अगाडि बढेको देखिन्छ। तर केन्द्रदेखि प्रदेशसम्मै आफ्नो दबदबा राख्ने प्रमुख दलहरुको आन्तरिक प्रादेशिक राजनीतिको अवस्था भने दयनीय छ। 

केन्द्र जस्तै प्रदेशहरुमा पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रमुख उपस्थिति देखिन्छ। मधेश प्रदेशमा जसपा, जनमत र लोसपाको उपस्थिति पनि बलियो नै छ। मधेशमा जसपाकै नेतृत्वमा प्रादेशिक सरकार समेत निर्माण भएको छ।

तर, अन्य ५  वटै प्रदेशहरुमा केन्द्रमा बनेको सत्ता-गठबन्धन माओवादी र एमालेबीचको सहकार्यबाट सरकार निर्माण भएका छन्। सुदूरपश्चिम प्रदेशमा भने एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। 

प्रादेशिक अभ्यास विस्तारै बलियो हुँदै गए पनि दलहरु भित्रको आन्तरिक प्रादेशिक अभ्यास बलियो देखिएको छैन। राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका कतिपय दलहरुले त संघीय संरचना नै खारेजको माग गर्दै आएका छन्। यद्यपि, राप्रपा प्रादेशिक निर्वाचनमा पनि सहभागी भएको छ। रास्वपाले भने निर्वाचनमा प्रदेशतर्फ सहभागिता नै जनाएको थिएन। 

राष्ट्रिय सभा सदस्य डा खिमलाल देवकोटा दलहरु भित्र हुनुपर्ने जति प्रादेशिक अभ्यास नभएको बताउँछन्। ‘बलियो अभ्यासका लागि बलियो संरचनाको आवश्यकता पर्छ,’ उनी भन्छन्, ‘कुनै पनि दलले बलियो अभ्यास गरेको देखिँदैन।’  

नेपाली कांग्रेसले सात वटै प्रदेशमा निर्वाचनमार्फत नै पार्टी प्रदेश कमिटीहरु निर्माण गरेको छ भने एमाले, माओवादीले मनोनित गरेर प्रदेश इन्चार्ज र प्रमुखहरु तोकेका छन्। आवश्यकता अनुसार यी दलहरुले प्रदेश कमिटीहरु पनि हेरफेर गरिरहेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

संघीय मामिलाका विज्ञ समेत रहेका राष्ट्रिय सभा सदस्य देवकोटा पार्टी भित्र र मुख्यमन्त्री दुवैको महत्व स्थापित गर्नमा दलहरु चुकिरहेको बताउँछन्। ‘मुख्यमन्त्रको वरियता कम्तीमा उपप्रधानमन्त्री सरह राख्नु पर्छ र दलहरु प्रदेश सभापतिको वरियता पनि पार्टीमा पदाधिकारी सरहको हुनु पर्छ,’  देवकोटा भन्छन्, ‘यस्तो भयो भने शीर्ष कहलिएकै धेरै नेताहरु प्रादेशिक राजनीतिमा जान सक्छन्, जसले संघीयतालाई स्थापित र बलियो बनाउन मद्धत गर्छ।’ 

प्रादेशिक समितिहरुको निर्वाचन गरेपछि नेपाली कांग्रेसका सात वटै प्रदेश सभापतिले केही समयअघि केन्द्रीय समिति बैठकमा आफूहरुलाई सहभागी गराउन निवेदन नै दिएका थिए। एमाले र माओवादीले अहिलेसम्म प्रादेशिक कमिटीलाई पूर्णता दिएको देखिँदैन। यी दलले केन्द्रीय पदाधिकारीहरुलाई नै प्रदेशको जिम्मेवारी दिएको देखिन्छ। 

२०७४ मा भएको पहिलो प्रदेश सभा निर्वाचनमार्फत एमालेका वर्तमान महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका थिए भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए। तर एमालेका यी दुवै नेता दोस्रो कार्यकालमा पुन: प्रदेशको राजनीतिमा बस्न चाहेनन्। गएको ४ मंसिरमा यी नेता प्रतिनिधि सभातर्फको उम्मेदवार बनेका थिए। 

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी भित्रको प्रादेशिक संरचनाहरु निर्माण गर्ने सवालमा कांग्रेस सबैभन्दा लोकतान्त्रिक र संस्थागत देखिएको दावी गरे। ‘यो हाम्रो लागि नयाँ अभ्यास भए पनि हामीले केन्द्रबाट हस्तक्षेप नगर्ने नीति लिएका छौं,’ महतले भने ‘अन्य दलहरुले जस्तो टीका लगाएर वा आफू अनुकुल मान्छे फेरिरहने अभ्यासमा हामी छैनौं।’ पार्टी भित्रै पनि प्रादेशिक अभ्यास नौलो भएकाले कमी-कमजोरी देखिए सच्चाउँदै अघि बढ्ने उनले बताए।

संघीय मामिला विज्ञ देवकोटा निर्वाचनको बेला टिकट वितरणमा प्रादेशिक संरचनाको बलियो हस्तक्षेप नभए पार्टीहरुको प्रादेशिक अभ्यास बलियो नहुने तर्क गर्छन्। ‘अहिले हामी वडा तहको टिकट पनि केन्द्रबाट वितरण गर्छौं,’ उनी भन्छन्, ‘स्थानीय तहदेखि वडा र प्रादेशिक टिकट छनोटको अधिकार प्रदेश कमिटीलाई दिनुपर्छ।’

केन्द्रले प्रतिनिधि सभाको टिकट बाहेक अन्यमा प्रदेशलाई भूमिका दिने बित्तिकै प्रादेशिक राजनीति आफैं बलियो हुँदै जाने देवकोटाको भनाइ छ। दलहरुका लागि अहिले प्रादेशिक संरचनाहरु नेता व्यवस्थापनको टुल मात्रै देखिएको दावी उनले गरे।

‘अहिले प्रादेशिक संरचनामा नेता व्यवस्थान मात्रै गरिरहेका छौं,’ देवकोटाले भने, ‘नेता व्यवस्थापनभन्दा पनि प्रदेशलाई राजनीतिको बलियो हिस्सेदार बनाउने गरी दलहरु अघि बढ्नु जरुरी छ।’

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्