• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सुदूरपश्चिम सरकार गठनको छैटौं वर्ष: स्थिर सरकार अलमलमै, दोस्रो सरकार १ महिना पनि टिकेन
64x64
शेरबहादुर ऐर आइतबार, फागुन ७, २०७९  १२:४५
1140x725

धनगढी- देश संघीयतामा गएपछि सुदूरपश्चिम प्रदेश सरकार गठन भएको पाँच वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल फागुन ५ गते मुख्यमन्त्रीका रूपमा त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ लिएका थिए भने ६ गते कार्यभार सम्हालेका थिए।

हरेक वर्ष ६ गते विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको प्रदेश सरकारले गत वर्षदेखि प्रजातन्त्र दिवसकै दिन स्थापना दिवस मनाउँदै आएको छ। यस वर्ष भने प्रदेश सरकार स्थापना दिवसमा कुनै रौनक देखिएको छैन।

सुदूरपश्चिम प्रदेशमा पाँच वर्ष नै नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सरकार चलाए। पाँच वर्ष एउटै पार्टीको नेतृत्वमा सरकार चले पनि प्रदेशमा उल्लेखनीय काम भने हुन सकेन। २०७४ फागुन ५ गते सुदूरपश्चिममा सरकार गठन भएको थियो। पाँच वर्ष स्थिर सरकार भए पनि लोकप्रिय र जनमुखी काम भने हुन सकेन।

प्रदेश सरकार स्थापना भई ६ वर्षमा प्रवेश गर्दै गर्दा प्रदेश सरकारले ६० वटा कानुन निर्माण गरेको छ। तर सम्झिनलायक काम भने हुन सकेनन्। प्रदेश सरकार नयाँ भएका कारण पनि केही काम गर्न असहज पनि भयो। प्रदेश सरकारका केही पक्ष राम्रा पनि रहेको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताए।

प्रदेश सरकार ५ वर्ष चल्नु राम्रो पक्ष रहेको उनले बताए। ‘प्रदेशप्रति जनताको ठूलो आशा थियो। तर त्यसअनुसार काम भएको महसुस जनताले गरेका छैनन्,’ जोशीले भने, ‘पाँच वर्षमा प्रदेशले गौरव गर्न लायक एउटा पनि काम गर्न सकेन।’ खासगरी रोजगारी सिर्जना, औद्योगिक विकास र ठूला पूर्वाधार निर्माणमा सरकारले काम गर्न नसकेको उनले बताए। ‘जनताले महसुस गर्नेगरी काम भएका छैनन्,’ उनले भने, ‘प्रदेशको दीर्घकालीन विकासमा महत्त्व राख्ने ठूला योजनाहरू सरकारले सञ्चालन गर्न सकेन।’

प्रदेश सरकारले ९ वटै जिल्लामा ९ वटा गौरवका सडक निर्माणको काम सुरु गरेको छ। यद्यपि, ती सडक निर्माणको काम भने सकिएको छैन। प्रदेशमा शिक्षा, स्वास्थ्यमा केही सुधार भएको र ऊर्जामा भने काम हुन नसकेको अर्थशास्त्रका जानकार शिवहरि शर्मा मुडभरी बताउँछन्। भएको बजेट खर्च गर्न नसक्नु पनि प्रदेश सरकारको कमजोरी रहेको उनले बताए। ‘भएको स्रोतको परिचालन र नयाँ स्रोतको पहिचान गर्न सक्यौं भने विकास हुन्छ,’ उनले भने, ‘यातायात, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सरकारले देखिने गरी काम गर्न सकेन।

अलमलमै बित्यो पाँच वर्ष
समृद्ध सुदूरपश्चिमका लागि राजनीतिक नेतृत्व कति सबल छ, त्यो खोज्न प्रदेश सरकारले बितेका पाँच वर्षमा गरेका काम हेरे पुग्छ। ५ वर्षसम्म सरकार परिवर्तन नभए पनि काम भने अपेक्षित रूपमा हुन सकेन। प्रदेश सरकारले धेरै काम गर्ने घोषणा गरे पनि समग्रमा ५ वर्ष अलमलमै बित्यो। पाँच वर्षसम्म प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुनु नै उपलब्धि मान्नुपर्ने स्थिति निर्माण भयो। यही नै सुदूरपश्चिमका लागि सन्तोष व्यक्त गर्ने ठाउँ रह्यो। 

प्रदेश सरकारले साढे तीन वर्षअघि घोषणा गरेको राजधानीमा भौतिक संरचना नै बन्न सकेन। त्यसका लागि वर्षेनी बजेट विनियोजन हुन्छ तर प्रदेश सरकारले राजधानी घोषणा गरेको कैलालीको गोदावरीको जग्गा नै आफ्नो नाममा ल्याउन सकेन। प्रदेश सरकारले घोषणा गरेका अन्य महत्त्वपूर्ण योजनाहरू पनि अलपत्र छन्। यो अवधिमा झण्डै एक सय ७० अर्ब रुपैयाँ प्रदेश सरकारले विनियोजन गर्‍यो त्यसमध्ये आधा रकम त फ्रिज नै भयो।

Ncell 2
Ncell 2

सरकारले घोषणा गरेका औद्योगिक ग्राम, प्रदेश खाद्य संस्थान, जडीबुटी प्रशोधन केन्द्र स्थापनालगायत कार्यक्रम करिब ५ वर्षसम्म कार्यान्वयन भएनन्। जलविद्युत् आयोजना निर्माण गर्ने महत्त्वपूर्ण योजना कार्यान्वयन हुन सकेको छैन। पर्यटकीय क्षेत्र खप्तड वरिपरि रिङरोड बनाउने योजना पूरा भएको छैन। यस्तै, युवालाई विदेशिनबाट रोक्न स्वरोजगार कोष स्थापना गरी बिनाधितो ऋण उपलब्ध गराउने कार्यक्रमसमेत लागू हुन सकेन।

विकासका काम सुस्त, खर्चै हुन सकेन बजेट
चालु आर्थिक वर्षसहित सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षमा १ खर्ब ५७ अर्ब, ४७ करोड ८७ लाख ३८ हजार बजेट ल्याएको छ। त्यसमध्ये जम्मा ७५ अर्ब ८८ करोड ७९ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ। सरकारले यो पाँच वर्षमा कुल बजेटको ४५ अर्ब २५ करोड १८ लाख ६८ हजार रुपैयाँ खर्च गर्न सकेन।

यो अवधिमा चालुतर्फको कुल ५६ अर्ब ४० करोड ४५ लाख १ हजारमध्ये ३४ अर्ब ७१ करोड ४८ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ। यसको अर्थ प्रदेश सरकारले पाँच वर्षमा खर्च गर्न नसकेको बजेट सरकारले कुनै एक वर्षमा ल्याउने बजेटभन्दा बढी छ। सुदूरपश्चिम सरकारले पाँच वर्षमा ३४ अर्बभन्दा बढीको बजेट ल्याएको छैन। जबकि, प्रदेश सरकारले यो पाँच वर्षमा ४५ अर्बभन्दा बढी बजेट खर्च नै गर्न सकेन।

यसैगरी, पुँजीगततर्फ कुल ६४ अर्ब ७३ करोड ५३ लाख २ हजारको बजेटमध्ये ४१ अर्ब १७ करोड ३० लाख ५४ हजार रुपैयाँ खर्च भएको छ। यो पाँच वर्षमा पुँजीगत बजेट मात्रै २३ अर्ब ५६ करोड २२ लाख ४८ हजार रुपैयाँ खर्च गर्न सरकार असफल रह्यो। जुन बजेट प्रदेश सरकारको कुनै एक वर्षको बजेट हाराहारी हुन्छ।

shivam cement

shivam cement

आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २ करोड ५ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले २५ करोड ९८ लाख १६ बजेट मात्रै खर्च गर्न सक्यो। जसमा ८४ करोड ३४ लाख ४० हजार बजेट चालुतर्फ विनियोजन गरिएकोमा १६ करोड ५८ लाख मात्रै खर्च गर्न सक्यो। यसैगरी, १७ करोड ७१ लाख बजेट पुँजीगततर्फ विनियोजन गरिएकोमा खर्च ९ करोड ३९ लाख बजेट मात्रै खर्च गर्न सक्यो।

आर्थिक वर्ष २०७५/०७६ मा २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकोमा १४ अर्ब १६ करोड ३३ लाख ९० हजार रुपैयाँ खर्च गर्‍यो। जसमा चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख बजेट विनियोजन गरेकोमा ६ अर्ब ९३ करोड ७ लाख ८७ हजार खर्च गर्‍यो। यस्तै, ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरेकोमा ७ अर्ब २३ करोड २६ लाख ३ हजार मात्रै खर्च गर्न सकेको छ।

आर्थिक वर्ष २०७६/७७ मा २९ अर्ब २३ करोड ३० लाख बजेट विनियोजन गरिएकोमा १७ अर्ब ६१ करोड १९ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ।

जसमा चालुतर्फ १३ अर्ब ५३ करोड ४३ लाख ४५ हजार विनियोजन गरिएकोमा ८ अर्ब ३२ करोड ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ १५ अर्ब ६९ करोड ८६ लाख ५६ हजार विनियोजन गरिएकोमा ९ अर्ब २८ करोड ८३ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा ३४ अर्ब ६४ करोड ३९ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएकोमा २२ अर्ब ९७ करोड ५३ लाख ८४ हजार खर्च भएको छ। चालुतर्फ १६ अर्ब १० करोड २३ लाख ६० हजार विनियोजन गरिएकोमा १० अर्ब ३६ करोड ९३ लाख ३८ हजार खर्च भएको छ। यसैगरी, १८ अर्ब ५४ करोड २६ लाख ३९ हजार विनियोजन गरिएकोमा १२ अर्ब ६० करोड ६० लाख ४६ हजार रुपैयाँ खर्च भएको छ।

यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३१ अर्ब १७ करोड ५६ लाख ८९ हजार विनियोजन गरिएकोमा २० अर्ब ८७ करोड ७३ लाख ५८ हजार रुपैयाँ मात्रै खर्च भएको छ। चालुतर्फ १२ अर्ब ५७ करोड ३५ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएकोमा ८ अर्ब ९२ करोड ५२ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। पुँजीगततर्फ १८ अर्ब ६० करोड २० लाख ९४ हजार विनियोजन गरिएकोमा ११ अर्ब ९५ करोड ३० लाख ५९ हजार रुपैयाँ खर्च गरिएको छ।  

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा लागि ३६ अर्ब ३३ करोड ८९ लाख ३५ हजार विनियोजन गरेको छ। जसमध्ये पुस मसान्तसम्म ५ अर्ब २४ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। जुन १४.४३ प्रतिशत हुन आउँछ। पाँच वर्षको बजेटको विश्लेषण गर्दा प्रदेश सरकारको बजेट खर्च कमजोर छ। यसमा पनि चालु खर्चको तुलनामा पुँजीगत बजेट ९विकास बजेट० खर्चको अवस्था झन् कमजोर देखिएको छ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको ३६ अर्ब ३३ करोड ८९ लाख ३५ हजार बजेटमध्ये पुस मसान्तसम्म पाँच अर्ब २४ करोड २३ लाखमात्र खर्च भएको छ। यो खर्चको अवस्था कमजोर देखिन्छ। पुँजीगत खर्चको अवस्था कमजोर छ।

पूँजीगततर्फ विनियोजित २६ अर्ब ३६ करोड ५९ लाखमध्ये ११.०८ प्रतिशतमात्र खर्च भएको छ। चालु खर्च २१.२८ प्रतिशत छ। कुल बजेटको आधाभन्दा बढी १८ अर्ब २५ करोड ९१ लाख बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुँजीगततर्फ ११.३९ प्रतिशत खर्च गरेको छ। यो मन्त्रालयले चालुतर्फ भने ३४.६६ प्रतिशत खर्च गरेको प्रदेश लेखाको तथ्यांक छ। सबैभन्दा बढी योजना पनि भौतिक पूर्वाधार मन्त्रालयसँगै छन् तर अधिकांश योजना कार्यान्वयनमा नजाँदा मन्त्रालयको खर्च न्यून छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले भने योजना कार्यान्वयनमा गएकाले अब खर्च बढ्ने दावी गरे। दायित्व सिर्जना भएका बहुवर्षीय योजनामा कम बजेट भएकाले पनि बजेट खर्च कम देखिएको उनले बताए। प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले आर्थिक वर्षका सुरुका महिनामा खर्च न्यून हुने गरेको बताए। उनले बजेटको ४० प्रशितभन्दा बढी भुक्तानी जेठ-असारमा हुने गरेको बताए।

हालसम्म ६ वटा बजेट ल्याउँदा कुनै पनि वर्षमा पनि प्रदेश सरकारले सन्तोषजनक तरिकाले खर्च गर्न सकेको छैन। प्रदेश सरकार सुरुदेखि नै विकास खर्च अर्को वर्षबाट सुधार हुने भन्दै उम्किदै आएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी युवराज बस्नेतले विषयगत मन्त्रालयले कार्यक्रम अघि बढाउन ढिलाइ गर्दा विकास बजेट खर्च प्रतिशतमा कमी आएको बताए।

उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन साउनदेखि नै भए पनि मन्त्रालयहरूले रातो किताबमा भएका कार्यक्रमहरू कार्यान्वयन गर्नमा ढिलाइ गरेको बताए। उनले दसैं-तिहार र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका कारण पनि यस वर्ष बजेट खर्च प्रतिशतमा सुधार नभएको बताए। उनका अनुसार अबको सात महिनामा खर्चमा सुधार आउनेछ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव रामबन्धु सुवेदीले चालु र विकास खर्चमा प्रदेश सरकारले चाहेजति खर्च गर्न नसकेको बताए। हरेक वर्ष कर्मचारी अभाव र दक्ष जनशक्ति उपलब्ध नहुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ।

एक महिनामै ढल्यो एमालेको सरकार
अघिल्लो कार्यकालमा पाँच वर्ष त्रिलोचन भट्टले सरकार चलाएका थिए। तर दोस्रो कार्यकालमा भने सरकार अस्थिर बन्न पुग्यो। एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ। एक महिनाअघि अर्थात् पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र रावलले विश्वासको मत पाउन सकेनन्।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेपछि रावल पदमुक्त हुन पुगे। बिहीबार अपराह्न ४ बजे बसेको प्रदेश सभा बैठकमा रावलले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव नै अस्वीकृत भएपछि सरकार एक महिनामै ढल्यो। मुख्यमन्त्रीका लागि रावललाई साथ दिएको नागरिक उन्मुक्ति पार्टीका सात सांसद विश्वासको मत नदिने भन्दै काठमाडौंमै बसेका थिए।

मुख्यमन्त्रीमा दावी पेस गर्दा एमालेका संसदीय दलका नेता रावललाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदले साथ दिएका थिए। एक महिनासम्म पनि रावलले सरकार विस्तार गर्न सकेका थिएनन्। त्यतिमात्रै होइन, सरकारमा रहेका मन्त्रीहरूलाई जिम्मेवारी दिन सकेका थिएनन् रावलले।

सरकार ढलेसँगै संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस कमल शाह बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त भएका छन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। मुख्यमन्त्री शाहले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि ‘स्पार्क एडभेञ्चर’ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारमा कतार गएका समसुद्दीन पत्नी बलात्कारको आरोपमा इन्टरपोलमार्फत पक्राउ शुक्रबार, वैशाख २६, २०८२
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्