• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

किन अघि बढ्न सकेन रविको दोहोरो पासपोर्टमाथिको अनुसन्धान?

64x64
नारायण अधिकारी बिहीबार, फागुन ४, २०७९  १३:३६
1140x725

काठमाडौं– पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी (पासपोर्ट)माथि अनुसन्धान अघि बढ्न सकेको छैन। लामिछानेले एकैसाथ नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेको दाबी गर्दै परेको उजुरीमाथिको छानबिन अहिले रोकिएको छ।

सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेले प्रक्रिया पूरा नगरी नेपाली नागरिकता स्वतः कायम रहेको घोषणा गरेको र उक्त निष्क्रिय रहेको नागरिकताकै प्रयोग गरी नेपाली राहदानी लिएको भनेर अनुसन्धानको माग गर्दै गत मंसिर ९ गते गृह मन्त्रालयमा उजुरी दर्ता गराएका थिए। अमेरिकी नागरिकता लिएपछि स्वतः निष्क्रिय रहेको नेपाली नागरिकताकै अधारमा नेपाली पासपोर्ट बनाएको र एकैसाथ अमेरिकी र नेपाली पासपोर्ट प्रयोगमा ल्याइएको भन्दै उजुरी परेको थियो। 

उक्त उजुरीमाथि छानबिन गर्न भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको थियो। दोहोरो पासपोर्टको मुद्दामा फौजदारी कानुन आकर्षित हुने भन्दै काठमाडौं सीडीओ कार्यालयले अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा निर्देशन दिएको थियो। 

तर, दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको भन्दै उजुरी परेको तीन महिना बितिसक्दा समेत अनुसन्धान अघि बढ्न सकेको छैन। प्रहरीले अनुसन्धान अघि नबढाएको भन्दै सफलले गत माघ २४ गते जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए। 

उजुरी परेपछि सरकारी वकिल कार्यालयले सम्बन्धित निकायबाट जवाफ तथा कागजात मगाएको थियो। तर, पछि सरकारी वकिल कार्यालयले समेत अनुसन्धान गर्नु नपर्ने निर्णय गरेर उजुरी थन्काएको थियो। यसबारेमा सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि नेउपानेले नेपाल लाइभसँग भनेका थिए, ‘सम्बन्धित कार्यालयहरुमा बुझ्दा र कागजात मगाउँदा उक्त निवेदनमा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएर अनुसन्धान अघि बढेको पाइएकाले उजुरी थन्काउनु परेको हो।’

नेउपानेले दोहोरो पासपोर्टको अनुसन्धान प्रहरीले गरिरहेकाले उजुरी थुन्काउनु परेको बताए पनि अहिले भने प्रहरीले समेत अनुसन्धान रोकेको छ। तर, प्रहरीले लामिछानेको पासपोर्टको अनुसन्धान रोकिनुमा भने अदालत कारण बनेको छ। 

सर्वोच्च अदालतमा सफल र अधिवक्ता रविराज बसौलाले लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद खारेजीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटको फैसला गर्ने बेला सर्वोच्चले रविमाथि प्रहरीले गरेका छानबिन र अहिलेसम्म खुलेका विवरणहरुको सक्कल फाइल पठाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि परिसर काठमाडौंले फाइल अदालतमा पेस गरेको थियो। सोही फाइल अहिलेसम्म फिर्ता नआएकाले अनुसन्धान रोकिएको परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए। 

‘सर्वोच्चले अनुसन्धानका सक्कल फाइल मगाएपछि हामीले अदालत पठायौं। तर, अहिलेसम्म ती फाइलहरू फिर्ता आएका छैनन्। जसकारण अहिले अनुसन्धान अघि बढ्न सकेको छैन’, एसपी रिजालले नेपाल लाइभसँग भने, ‘अदालतबाट फाइल फिर्ता आउनसाथ अनुसन्धान अघि बढ्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नागरिकतामाथि रिटको गत माघ १३ गते फैसला गर्दै सर्वोच्च अदालतले रविको सांसद पद नै खारेज हुने फैसला गरेको थियो भने प्रक्रिया पूरा गरेर नेपाली नागरिकता पुनः प्राप्ति गर्नुपर्ने उल्लेख गरेको थियो। मुद्दाको फैसला भएको एक महिना बित्न लाग्दा अदालतले प्रहरीलाई फाइल भने फिर्ता गरेको छैन। 

यस मुद्दाको पूर्णपाठ आउनै बाँकी रहेकाले अनुसन्धानका फाइलहरु अध्ययन गर्नुपर्ने भएकाले तत्काल फिर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ। फाइलहरु पूर्णरुपमा अध्ययन गरिसकेपछि सम्बन्धित निकायमा फिर्ता पठाइने सर्वोच्चले बताएको छ। सर्वोच्चले फाइल फिर्ता नगरुन्जेललाई भने रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्ने अवस्थामा छैन।

लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए। 

अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको छ भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको छ। करिब ३ वर्षसम्म रविले अमेरिका र नेपालको दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको दाबी गरिएको छ।

सम्बन्धित समाचार :
रविको दोहोरो पासपोर्टमाथि अनुसन्धान अघि बढ्यो 
दोहोरो राहदानीका आरोपितलाई गृहको चाबी दिने तयारी!

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १३:३६
  • #रवि लामिछाने
  • #दोहोरो राहदानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
सडकपेटीमा प्रसूति प्रकरण : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्