complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादीप्रति कांग्रेसको ‘अपत्यारिलो’ उदारता 

64x64
नवीन झा सोमबार, माघ २३, २०७९  ०७:०१
1140x725

काठमाडौं– आइतबार राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी नेतृ उर्मिला अर्याल निर्विरोध चयन हुने निश्चित छ। अन्तिम समयसम्म उनको मात्रै उम्मेदवारी परेको छ। आज निर्वाचन गर्ने भनिए पनि एकल उम्मेदवारी परेका कारण उनलाई नै निर्विरोध निर्वाचित भएको घोषणा हुन मात्रै बाँकी छ। 

उनी निर्विरोध हुनुमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएर सघाएको देखिन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिएर माओवादीलाई सघाउने निर्णय गरेको थियो।

देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकमा कांग्रेस नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टीले माओवादीको उम्मेदवारलाई सघाउने निर्णय गरेको बताएका थिए। लेखकले सर्वसम्मत होस् भन्ने उद्देश्यले आफूहरुले माओवादीबाट उपाध्यक्षका लागि उम्मेदवारी दिएकी अर्याललाई सघाउने निर्णय गरेको बताएका थिए। 

रोचक त के छ भने कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा एमालेका उम्मेदवारविरुद्ध हार्ने देखिँदा देखिँदै पनि उम्मेदवारी दिएको थियो। गत माघ ५ मा भएको प्रतिनिधि सभा सभामुखको निर्वाचनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

घिमिरेलाई वर्तमान सत्तागठबन्धनले उम्मेदवार बनाउँदा नेपाली कांग्रेसले केही साना दलहरुको साथ लिएर ईश्वरी न्यौपानेलाई अगाडि सारेको थियो। सभामुखमा सत्ता गठबन्धनको बहुमत हुँदा हुँदै किन उम्मेदवारी दिएको भन्दै त्यतिबेला कांग्रेस प्रमुख सचेतक लेखकलाई पनि संचारकर्मीहरुले प्रश्न गरेका थिए। 

तर, लेखकले सभामुख जस्तो पदमा सर्वसम्मत नहोस् भन्ने उद्देश्यका साथ आफूहरु उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताएका थिए। त्यसैगरी उप–सभामुख निर्वाचनमा पनि कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्दिरा राना मगरविरुद्ध पनि उम्मेदवारी दिएको थियो। मगरविरुद्ध कांग्रेसले मुक्ता यादवलाई अघि सारेको थियो। 

यसअघि ०७४ को निर्वाचनपछि पनि तत्कालीन वाम गठबन्धनको प्रष्ट बहुमत हुँदा सभामुखमा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महराविरुद्ध पनि उम्मेदवारी दिएन। त्यसबेला भने कांग्रेसले सभामुखजस्तो महत्त्वपूर्ण पदमा सर्वसम्मत होस् भन्ने हेतुले महराविरुद्ध उम्मेदवारी नदिएको बताएको थियो। तर त्यही कांग्रेस हो जसले यसपटक एमालेको उम्मेदवारको हकमा सर्वसम्मतिको कुरा लागू गर्न चाहेन। अहिले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा पनि माओवादीको उम्मेदवार भएकाले कांग्रेसले विरुद्धमा उम्मेदवारी दिएन। 

हुन त १० पुषमा आफ्नो नेतृत्वको गठबन्धन त्यागेर एमालेसँग मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेदेखे नै कांग्रेसले माओवादीप्रति उदारता देखाउँदै आएको छ। २६ पुषमा प्रधानमन्त्रीले विश्वासको मत लिँदैगर्दा कांग्रेसले पार्टीभित्रको फरक मतलाई थाती राख्दै विश्वासको मत दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सार्वजनिक रुपमा समेत चर्को आलोचना खेपे पनि कांग्रेस त्यसयता लागातार माओवादीप्रति ‘अपत्यारिलो’ ढंगले उदारता देखाउँदै आएको छ। जसलाई धेरैले वर्तमान सत्ता गठबन्धनभित्र फाटो ल्याउने रणनीतिको रुपमा व्याख्या गर्ने गरेका छन्। 

निशानामा राष्ट्रपति 
सभामुखमा आफ्नो उम्मेदवार हारेपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै सभामुखमा आफूहरु पराजित भए पनि राष्ट्रपतिमा कांग्रेसले नै सिफारिस गरेको उम्मेदवार विजयी हुने ठोकुवा गरेका थिए।

कांग्रेस महामन्त्री शर्माले त्यसयता पनि पटक पटक त्यो कुरा दोहोर्‍याउँदै आएका छन्। राजनीतिका जानकारहरु यतिबेला कांग्रेस माओवादीलाई जसरी पनि एमालेसँग टाढा पारेर फेरि कांग्रेससहितको विगतको गठबन्धन बनाउने उद्देश्यका साथ अघि बढेको दाबी गरिरहेका छन्। 

यो दाबी गर्नेमा कांग्रेसकै नेताहरु पनि छन्। तर उनीहरु औपचारिक रुपमा यो कुरा बोल्न तयार छैनन्। यता कांग्रेसले राष्ट्रपति निर्वाचनमा माओवादीलाई आफूतिर तान्नसक्ने आकलन गर्दै एमाले त्रसित छ। आइतबार मात्रै प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले कांग्रेसमाथि तथानाम आरोप लगाउँदै गठबन्धन भत्काउने सपना नदेख्न चेतावनी दिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हुन त २६ पुषमै कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैगर्दा ओलीले ‘माछा पर्छ कि भनेर जाल नफयाक्न’ कांग्रेसलाई सचेत गराएका थिए। यद्यपि, कांग्रेसले माओवादीलाई आफूतिर तान्ने ‘जाल’ फ्याँक्न छाडेको छैन। 

७ वटै प्रदेशमा सरकार बन्दा माओवादीका भागमा परेका सरकारलाई कांग्रेसले सर्मथन गरेको छ भने माओवादीले पाएको सभामुखविरुद्ध उम्मेदवारी दिएन। तर, एमालेले पाएको मुख्यमन्त्रीहरुको ठाउँमा न त कांग्रेसले सर्मथन गरेको न त उसको सभामुखहलाई निर्विरोध नै हुन दियो। 

यसरी हेर्दा माओवादीलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा कांग्रेस देखिन्छ। कांग्रेस नेताहरु भने आफूहरुले माओवादीप्रति देखाइरहेको उदारताको ऋण माआवादीले राष्ट्रपति निर्वाचनमा तिर्ने बताइरहेका छन्। 

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले त राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क रहेको समेत दाबी गरेका छन्। उनले माओवादीसँग त्यस विषयमा अनौपचारिक स्तरमा कुराकानी चलिरहेको पनि खुलाए। यद्यपि कांग्रेस र माओवादीबीच कसरी कुराकानी अगाडि बढिरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन्। 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड पुष २५ गते बेलुका कांग्रेस सभापति देउवा निवास नै पुगेका थिए। त्यहाँ उनले कांग्रेस सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालाईसमेत राखेर कुरा गरेका थिए। 

उक्त कुराकानीपछि नै कांग्रेसले माओवादीप्रति उदारता देखाउँदै आएको छ। जुन आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वानसम्म हुने नेताहरुको भनाइ छ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ०७:०१
  • #माओवादी–कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्