काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधियेकलाई संसद्मा ल्याउन माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले उक्त माग गरेका हुन्। साथै उनले रमेट्यान्समा निर्भर देश ग्रे जोनमा परेर अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट दण्डित र वञ्चित हुनसक्ने चेतावनी दिए।
उनले भने, ‘हाम्रो जस्तो रेमिट्यान्समा निर्भर देश ग्रे जोनमा परेर अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट दण्डित र वञ्चित हुनपुग्यो भने हाम्रो सिंगो अर्थतन्त्र नै धरासायी हुन पुग्छ। हिजो यो विषयमा अध्यादेश बनाएर पेस गरियो, सम्माननीय राष्ट्रपतिबाट जारी भएन, यो आज पुनः फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्र पुग्दैन, अन्तर्राष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोजियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।