• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एउटै सभाहलमा नेविसंघका दुईवटा कार्यक्रम, संस्थापन पक्षसँग इतर समूह आक्रामक

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, माघ २०, २०७९  २०:३८
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा गुटगत राजनीति चुलिँदै गएको छ।

बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसको एउटै सभाहलमा नेविसंघका दुईवटा छुट्टाछुट्टै व्यानरमा कार्यक्रम भए।  ‘राष्ट्रियता, लोकतन्त्र,समाजवाद र विद्यार्थी एकता’ दुईवटै ब्यानरमा लेखिएको एउटै नारा थियो। 

नारा जे भए पनि उनीहरुको कार्यक्रमको उद्देश्य भने फरक थियो। कांग्रेसको संस्थापक पक्ष अर्थात सभापति शेरबहादुर देउवानिकट नेविसंघले खुला अन्तरक्रिया कार्यक्रम राखेको थियो।अर्कोतिर संस्थापन इतर अर्थात डा शेखर कोइराला पक्षले चाहिँ नेविसंघको वैधानिकतामाथि नै खबरदारी गरेको थियो। 

संस्थापक पक्ष भन्छ– मेलमिलाप र एकताको सन्देश दिने हाम्रो उद्देश्य 

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेविसंघ ल क्याम्पसका अध्यक्ष सुरज सेजुवालले दुई उद्देश्य सुनाए। उनले भने, ‘आजको कार्यक्रम मुख्यगरी दुई उद्देश्यसहित गरेका हौं। पहिलो नेविसंघ भित्रको मेलमिलाप कायम गर्ने र दोस्रो एकताको सन्देश दिनका लागि हो।’

संस्थापक पक्षको कार्यक्रममा करिब १२ जना विद्यार्र्थीको उपस्थिति देखिन्थ्यो। तर, संस्थापन इतर पक्षमा भने काठमाडौं उपत्यका भित्रका सम्पूर्ण क्याम्पसका प्रतिनिधिसहित सभाहल भरिभराउ रहेको थियो। 

इतरको आरोप– कार्यक्रम भाड्ने उद्देश्यले संस्थापक पक्षले कार्यक्रम गरेको हो

nimb
nimb
Ncell 2
Ncell 2

संस्थापक पक्षले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भाँड्ने उद्देश्यले हतार–हतार कार्यक्रम गरेको संस्थापक इतर पक्षका विद्यार्थी नेता सिद्धराज जोशीले आरोप लगाए। उनले भने, ‘हामीले कार्यक्रम तय गरेसकेका थियौं।  संस्थापन पक्षको कुनै कार्यक्रम नै थिएन। हाम्रो कार्यक्रमलाई भाँड्ने उद्देश्यले उनीहरुले हामीले नै तय गरेको स्थान र सभाहलमा कार्यक्रमको आयोजना गरे। यो प्रष्ट रुपमै भाँड्ने नियत देखिन्छ।’

इतरद्वारा स्ववियु समिति गठन 

संस्थापन इतर समूहका विद्यार्थीको भेलाले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई सफल बनाउनका लागि भन्दै निर्वाचन तयारी समिति गठन गरेको छ। 

नेविसंघ वैधानिक पूर्णताको माग, स्ववियु निर्वाचनको तयारी र नेविसंघ भित्रको एकाधिकारवादका विरुद्ध खवरदारी भेला गर्दै इतर समूहका विद्यार्थी नेताहरुले भेलाबाट स्ववियु निर्वाचन तयारी समितिहरु गठन गरेको हो।

इतर पक्षको भेलाले स्ववियु निर्वाचन लक्षित १३ वटा समिति गठन गरेको ई.भुवन भट्टले जानकारी दिए।  भट्टले भने, ‘चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ। पछिल्लो समय नेविसंघभित्र एकाधिकारवाद हाबी भएको छ।

स्ववियु निर्वाचनमा नेविसंघले अपेक्षित परिणाम ल्याउनका लागि संगठनलाई विधिसम्मत तवरले आम सहमतिका आधारमा अगाडि बढाउन आवश्यक छ। तत्काल नेविसंघको पूर्ण वैधानिक समिति गठन गर्न अपरिहार्य छ।

त्यसकारण हामीले वैधानिक पूर्णताको माग गर्न र स्ववियु निर्वाचनको तयारीका लागि विधार्थी भेला बोलाएर १३ वटा समिति गठन गरेका छौं।’

भेलाले  घोषणापत्र निर्माण समिति संयोजमा धर्मराज शाही, स्ववियु परिचालन समिति संयोजक ई सुवास पौडेल, स्ववियु प्रचार प्रसार समिति संयोजक ई भुवन भट्ट, स्ववियु समन्वय समिति संयोजक विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजक राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजक सुशान्त आचार्य, उपत्यका क्याम्पस इकाई समन्वय समिति संयोजक नवीन केडी र युवा विद्यार्थी परिचालन समिति संयोजक जयराम बडाललाई जिम्मेवारी दिएको छ।

त्यसैगरी, नेविसंंघ सम्पर्क समिति परिचालन समिति संयोजक तीर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजक ताराबहादुर थापा, अन्तर प्रदेश समन्वय समिति तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजक मुना कँडेल तथा प्राविधिक विद्यार्थी समन्वय समिति संयोजकमा सुजन सापकोटालाई चयन गरिएको छ। 

संस्थापन इतरका विद्याार्थी नेताहरुले नेविसंघका अध्यक्ष डुजाङ शेर्पामाथि विधानविरीतका काम गरेको आरोप लगाए। उनले अवैधानिक तरिकाले नेविसंघको विधान सातौ संशोधन पार्टीकोे केन्द्रीय कार्यसम्पादन समितिको निर्णय नम्बर २ विपरीत गुटगट काम गरेको इतरको आरोप छ। शेर्पाले स्वार्थका आधारमा देशभर विभिन्न जिल्ला, क्याम्पसमा अवैधानिक निर्णय गरी बाँडेका चिट्ठीहरु आफ्नो समूहलाई मान्य नहुने भन्दै इतर पक्ष्ँका नेताहरुले तत्काल खारेज गर्न सामुहिक रुपमा माग गरेका छन्। 

त्रिवि केन्द्रीय क्याम्पसका नेता गोपाल बमले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेता छान्ने पद्धति टिके हुनु र चिठ्ठीका आधारमा नेता तय गर्ने विषय इतिहासकै दुःखद र गलत रहेको टिप्पणी गरे। त्यसैगरी, नेविसंघकी नेतृ प्रेमिका रानामगरले नेविसंघ अध्यक्ष शेर्पाले गुटगत रुपमा चिट्ठीमार्फत जिम्मेवारी तोक्ने विषयको विरोध गरिन्। उनले इतर पक्षका विद्यार्थीहरुलाई हतोत्साहित नभएर स्ववियुको तयारीमा जुट्न निर्देशन दिँदै स्ववियुको टिकट दिलाउने आश्वस्त पारिन्।
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम... शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी उनले भने, ‘सदनमा बोल्ने कोही छैन। त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन। अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी य... शुक्रबार, जेठ २९, २०८३
परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अ... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना शनिबार, जेठ ३०, २०८३
क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे शनिबार, जेठ ३०, २०८३
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्