काठमाडौं– प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने जानकारी दिइएको हो ।
टोलीमा चार मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार, केही सांसद तथा सचिवालयका सदस्य रहनेछन् । त्यसैगरी, सञ्चारमाध्यमका प्रतिनिधि र व्यवसायीसमेत भ्रमण टोलीमा सहभागी हुनेछन् ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश), भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्साल र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री विराजभक्त श्रेष्ठ सहभागी हुने भएका छन् ।
यस्तै प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन पनि टोलीमा रहने छन् ।
प्रधानमन्त्री शाहलाई स्वागत गर्न भारतले विदेशमन्त्री वा राज्यमन्त्रीलाई विमानस्थल पठाउने तयारी गरेको छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउने तथा लामो समयदेखि रोकिएका हवाई रुटलगायतका विषयमा सहमति जनाउने सम्भावना रहेको स्रोतको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।