complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लगानीकर्ताले ४२ लाख खर्चिएपछि खोसियो केपी ओलीको बायोपिक

64x64
समर्पण श्री शनिबार, माघ २१, २०७९  ०७:२७
1140x725

काठमाडौं–  २८ मंसिर २०७३ मा राजधानीमा एउटा फिल्मको तामझामका साथ एमाले नेता प्रदीप ज्ञवालीको हातबाट शुभमूहर्त भयो।

फिल्मको नाम थियो ‘रातो सूर्य’।

नेकपा अध्यक्ष केपी ओलीको जीवनमाथि बन्ने भनिएको बायोपिकमा केपी ओलीलाई नै अभिनय गराउने बताइएको थियो। फिल्मको निर्देशन दीपेन्द्र दाहालले गर्दै थिए। दीपेन्द्र, जसले झापा विद्रोहमाथि बनेको फिल्म ‘सुखानी’ र विपी कोइरालाको बायोपिक निर्माण गरेका थिए।

शुभमूहर्त कार्यक्रमको प्रमुख अतिथि ओली नै थिए। उनले कार्यक्रममा आफूलाई केन्द्र बनाएर बनाउन लागेको फिल्मले समाजलाई पनि योगदान दिने आशय प्रकट गरेका थिए। निर्देशक दाहालले कार्यक्रममा भनेका थिए,  ‘साहित्य र भाषणमा जसरी ओलीका अलंकार प्रयोग हुन्छन्। बिम्ब प्रयोग हुन्छन्। यो शब्द शय्याभित्र नेपाली कथाले बाँच्न पायो भने कस्तो कथा बन्छ, मैले कल्पना गरेको थिएँ। त्यो कल्पनाको एउटा तहमा रहेर चलचित्रलाई पूर्णता दिइनेछ।’

फिल्मको निर्माण संयोजन केपी ओली फाउण्डेशनले गर्ने भनिएको थियो। फिल्मका लागि कलाकार पनि घोषणा गरिएका थिए। ओलीको युवाअवस्थादेखि ५० वर्षसम्मको भूमिका कलाकार अनुपम शर्माले निभाउने बताइएको थियो। ५० वर्षपयताको भूमिका ओलीले नै निभाउने कुरा थियो।

कार्यक्रममा फिल्म निर्देशक तुलसी घिमिरे र कलाकार हरिहर शर्मा लगायतका चलचित्रकर्मीहरूको पनि उपस्थिति थियो।

फिल्म निर्माणको घोषणा भएको ६ वर्षभन्दा बढी भइसक्यो। तर अहिलेसम्म न ‘रातो सूर्य’ नामको फिल्म रिलिज भयो, न केपी ओलीको बायोपिक नै।

यतिका वर्षसम्म फिल्म किन बनेन त? 

Ncell 2
Ncell 2
nimb
nimb

यसबारे खोजी गर्दा ओलीका तत्कालीन स्वकीय सचिव रामशरण बजगाईंले भने, ‘बन्ने भन्ने कुरा त भएको थियो। तर अहिले बनेको छैन। यो ढिसमिस भइसक्यो।’ त्यसबारे आफू थप अपडेट नभएको उनको आशय थियो। 

बजगाईंले भनेजस्तो ढिसमिस भएकोचाहिँ छैन। यो प्रोजेक्टको कामअहिले पनि भइरहेको छ। तर बन्ने नबन्नेचाहिँ निश्चित छैन। 

सुरुमा फिल्म घोषणा गर्दाको टिमले भने धेरै काम भइसकेर पनि प्रोजेक्ट गुमाउनु पर्‍यो। सुरुमा यो प्रोजेक्ट एमाले निकट रहेका पुरन गिरी र दीपेन्द्र दाहालको हातमा थियो। तामझामका साथ फिल्म निर्माणको घोषणा गरेका दीपेन्द्रले केही समयपश्चात् पुरनसँगको मनमुटावका कारण प्रोजेक्टबाट हात झिके। त्यसपछि पुरनले नयाँ टिम बनाए। नयाँ टिममा जोडिए कलाकार उपेन्द्र तिमल्सिना, सुशील पोखरेल र रवि गिरी लगायतको टोली।

फिल्मको निर्देशन उपेन्द्र तिमल्सिनाले गर्ने सहमति भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि उनीहरूको टिम निकै पटक झापा, तेह्रथुम गएर अध्ययन गर्‍यो। केपी ओलीसँग पटक पटक संवाद गर्‍यो। स्क्रिप्ट तयार भएर जब ओलीलाई देखाएर फाइनल गराउने निर्णय भयो, त्यसपछि टिमले कहिल्यै ओलीसँग भेट्न पाएन।

‘हाम्रो अनुसन्धानमै ४२ लाख खर्च भयो। न पछि हामीलाई केपी ओलीसँग भेट्न दिइयो। न प्रोजेक्ट अगाडि बढाउन पायौं। ऋणको भारीले अहिले थिचिरहेको छ। तर सचिवालयले फोन उठाउँदैन,’ पुरन गिरीको दु:खेसो छ।

‘ओलीको सचिवालयकै कारण असफल भइयो’

नेपाल लाइभसँगको कुराकानीमा पुरन गिरीले प्रोजेक्ट सुरु भएयता गरेका प्रयास र व्यहोरेका असफलताबारे बताएका थिए। पुरनका कुरा उनकै शब्दमा : 

नाकाबन्दीको बेलामा केपी ओलीका अभिव्यक्ति चर्चामा थियो। त्यतिबेलै ओलीको बायोग्राफीबारे फिल्म बनाउने भन्ने सल्लाह भएको थियो। त्यसको प्रस्ताव मैले ल्याएको थिएँ। ‘रातो सूर्य’मा दीपेन्द्र दाहालले निर्देशन गर्ने सहमति भयो।

फिल्मको शुभमूहर्त पनि गराइयो। चलचित्र विकास बोर्डमा दर्ता पनि गराइयो। त्यसपछि २०७४ सालमा तीन तहको चुनाव भयो। चुनावपछि यो प्रोजेक्टलाई अगाडि बढाउने भन्ने कुरा भयो। चुनावपश्चात् पार्टी एकीकरण भयो र नेकपाको सरकार बन्यो। उहाँ फेरि प्रधानमन्त्री बन्नुभयो।

अझै पार्टी एकीकरणको पूरा काम सकिएको थिएन। बाँकी काम सकिएपछि बनाउने कुरा भयो। त्यही क्रममा दीपेन्द्र जीले प्रोजेक्ट छाड्नुभयो। उहाँसँग मेरो केही खटपट भएको थियो। त्यसमाथि उहाँलाई यो प्रोजेक्ट सफल हुन्न भन्ने लाग्यो। सायद त्यसैले उहाँ बाहिरिनुभयो। 

दीपेन्द्र जी छुटेपछि नयाँ टिम बनाएँ। त्यसपछि म, उपेन्द्र तिमल्सिना, सुशील पोखरेल, रवि गिरी लगायतका साथीहरू लागिपर्‍यौं। हामी झापा, आठराई ओलीमाथि अध्ययन गर्न थुप्रै पटक गयौं। यसक्रममा करिब ४२ लाख (ब्याजसहित)खर्च भएको छ। सबै ऋण खोजेरै गरेका हौं हामीले। ओली झापा आन्दोलनमा छँदा उहाँसँग सहकार्य गर्ने साथीसँग अन्तर्वार्ता लिने, ठाउँहरू अवलोकन गर्ने लगायतका अनुसन्धानका थुप्रै काम गर्‍यौं।

नयाँ टिम बनाउँदा पनि हामीले ओलीलाई भेटेकै हो। 

प्रम ओलीले एकपटक मलाई सिंहदरबारमा बोलाउनुभएको थियो। त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘दीपेन्द्रसँग भएको सबै डकुमेन्ट्री मागेर ल्याउनु। कसरी हुन्छ तिम्रो जिम्मेवारी।’

यसअघि तराईमा हामीले बनाएको डकुमेन्ट्री भन्नुभएको थियो उहाँले। मैले मागेँ। तर दीपेन्द्र जीले मेले दिइसकेँ भन्नुभयो। 

केपी ओलीसँग पटक पटक हामी बसेका छौं। उहाँले भन्नुभएको थियो, ‘भारतमा गान्धीमाथि फिल्म बनेको छ। त्यो पनि हेर्नु। एकदम खारिएर बनाउनुपर्छ। फाइनल गर्ने बेलामा मलाई सोध्नू। यथार्थ बुझेर बनाउनुपर्छ। बरु समय लागोस्।’

हामीले काम गरिरहँदा पनि त्यतिबेलै केही समूह आएर अवरोध गर्न खोजिरहेका थिए। झापाली टिमले  हामीले बनाउन पाउनुपर्छ भनेर अवरोध गर्‍यो। फेरि जनसांस्कृतिक महासंघले अवरोध गर्‍यो।

जब हामीले सबै काम फाइनल गरेर केपी ओलीलाई भेट्न गयौं। तब हामीलाई भेट्न दिइएन। यतिसम्म भयो कि हामी अरु काम लिएर जाँदा पनि यिनीहरू त्यही कुरा लिएर आए भनेर प्रवेश गर्न दिइन्थेन। त्यतिबेलाको सचिवालयले हामीलाई भेट्नै दिइएन। 

दोस्रो पटक उहाँ प्रधानमन्त्री हुँदाका केही समय थुप्रै पटक भेटेका छौं हामीले। दिनकै भेट्न जान्थ्यौं। राति १ बजे पनि हामी उहाँसँग कुरा गरेर फर्किएका छौं। सबै रेकर्ड र टिपोट छन्।

सचिवालयका सदस्य राजेश बज्राचार्यले केपी ओलीलाई त्यसपछि भेट्न दिएनन्। उनले फोन नि उठाउँदैनन्। यत्रो खर्च भयो, बैंकमा ब्याज पनि बढिरहेको छ। कसरी तिर्ने हो थाहा छैन। मेरो आत्मा अहिले रोइरहेको छ।

०००

ओलीका तत्कालीन सचिवालय सदस्य राजेश बज्राचार्यसँग नेपाललाइभले यसबारे बुझ्ने प्रयत्न गर्‍यो। पटक पटक प्रयास गर्दा पनि उनको फोन उठेन। फिल्मको सुरुवातकर्ता दीपेन्द्र दाहालसँग सम्पर्क गर्दा उनले आफू प्रोजेक्टबाट बाहिरिनुको कारण ओलीको व्यस्तता रहेको बताए। ‘बायोपिक बन्नुपर्छ भनेर सुरु गरेको मैले नै हो। उहाँकै पनि अभिनय रहेको थियो फिल्ममा। तर उहाँ प्रधानमन्त्री भएपछि धेरै व्यस्त हुनुभयो। उहाँको व्यस्त समय पटक पटक लिनु भनेको उहाँलाई नै अन्याय हुने देखियो,’ उनी भन्छन्। 

तर उनले छाड्नुमा यो मात्र कारण थिएन। पुरनसँगको मनमुटाव पनि थियो। यसबारे प्रश्न गर्दा दाहाल भन्छन्, ‘बीचमा विवादास्पद कुरा जोडिए । पुरन गिरीले सबै मेरो हो जस्तो गर्न थाले। त्यसपछि उनको हैसियत हेरुँ भनेर छाडेर हिँडें।’ 

आफूले सुरु गर्दा सुटिङका धेरै काम सकिएको दाबी गर्छन् दीपेन्द्र। ‘मैले गर्दा सुटिङका धेरै काम सकिएका थिए। केपी ओली र अनुपम शर्माको नाटकीय पार्ट बाँकी थियो। पछि विवाद भएपछि छाडिदिएँ,’ उनी भन्छन्।

खर्चको हकमा भने पुरनले दाबी गरेजति नभएको उनी बताउँछन्। ‘८/१० लाख भन्दा बढी खर्च भएको छैन होला। त्यो भन्दा बढी भयो भन्नु मुर्खता हो,’ उनी भन्छन्। 

आफूले निर्देशन गर्ने भनेको प्रोजेक्टमा २० लाख पैसा डुबेको उपेन्द्र तिमल्सिनाको दु:खेसो छ। ‘सबै तयारी गरेर अब हामीले ओलीको स्वीकृति लिनु थियो। तर त्यसपछि उहाँसँग कहिल्यै भेट्न पाइएन। उहाँलाई भेट्नका लागि ११ बजेसम्म पनि हामी बालुवाटार बस्यौं। तर भेट्न दिइएन,’ उनले भने। 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुँदा उनीसँगै मन्त्रालयका उपसचिव युवराज दाहाल पनि परे। उपेन्द्रका अनुसार युवराज हुँदा फिल्ममा इनिसियसन लिएका थिए। उनको निधनपछि त्यो प्रोजेक्ट अगाडि बढ्न झन् कठिन परेको उपेन्द्र बताउँछन्।

उपेन्द्रलाई थाहा छैन आफ्नो डुबेको पैसा कोसँग माग्ने?

रवि अर्यालको हातमा प्रोजेक्ट, तर अनिश्चित

उपेन्द्र र पुरन त्यतिबेला छाँगाबाट खसेजस्तो भए, जतिबेला यो प्रोजेक्ट अर्कैको हातमा पुगेको सुने। पटक पटक प्रयास गर्दा पनि सचिवालयसँग उनीहरूको भेट हुन सकेन।

एकदिन उपेन्द्रको फिल्म निर्देशक रवि अर्यालसँग भेट भयो। जो केही वर्ष अमेरिका बसेर नेपाल फर्किएका थिए। उनले कुरैकुरामा भने, ‘ओलीको बायोपिकमा पहिला तपाईंले काम गरिरहनुभएको रहेछ है। अहिले यो म गर्दैछु।’

रविले उपेन्द्रलाई आफूले १५/२० पटकसम्म ओलीसँग भेट गरिसकेको बताए। ‘हामीले कति पटक भेट्न प्रयास गर्दा पनि दिइएन। त्यो सुनेर अचम्मित भएँ, ’ उनी भन्छन्, ‘मलाई भेट्दा उहाँले चुनाव अघिसम्म फिल्म तयार हुन्छ भन्नुभएको थियो। तर अहिलेसम्म आएको छैन।’

रवि अर्यालले बनाउने भन्ने थाहा पाएपछि पनि पुरन ३ पटक ओलीलाई भेट्न गए। तर ३ पटक नै गेटबाट फर्किनुपरेको उनको गुनासो छ। 

हामीले निर्देशक रवि अर्यालसँग पनि सम्पर्क गर्‍यौँ।

उनले १ वर्षदेखि उक्त प्रोजेक्टमा काम गरिरहेको बताए। तर यसबारे अहिले आफूले केही बताउन नमिल्ने बाध्यता सुनाए। ‘मैले एक वर्षदेखि स्क्रिप्ट लेखिरहेको छु। बीचमा थुप्रै पटक केपी ओली ज्यूसँग बसेँ। अहिले स्क्रिप्ट फाइनल भइसक्यो। अब अध्यक्ष ज्यूलाई देखाउन बाँकी छ,’ उनले भने। 

रविले ओलीलाई फाइनल स्क्रिप्ट देखाउन खोजेको ६ महिना बितिसक्यो। तर उनले ओलीलाई भेट्न पाएका छैनन्। ‘उहाँले स्क्रिप्ट ओके गरेर मात्र अगाडि जाम् भन्नुभएको छ। ५/६ महिना भयो भेट हुन पाएको छैन। मेरो काम बाँकी छ। यो पूरा नभई म केही पनि भन्न सक्दिनँ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०७:२७
  • #केपी ओली
  • #बायोपिक
  • #पुरन गिरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्