जनकपुरधाम– उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् ।
बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए ।
उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् ।
पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए । सोही अनुसार अहिले प्रदेशसभा बैठक चौरमै बसिरहेको हो ।
यसअघि सात दलका प्रदेश सांसदहरू एक घण्टा जति प्रदेश सभा भवनको अगाडि प्राङ्गणमा बसेका थिए।
सभामुख मण्डलले आफूलाई हटाउन प्रस्ताव आएपछि पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए। तर, सभामुखको निर्णय उपसभामुखले उल्टाइदिएकी थिइन्।
मधेशमा एमालेका सरोज यादवलाई ठुलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।