• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मतमा असाधारण विश्वास, यथार्थमा प्रचण्डप्रति बढ्दो अविश्वास

64x64
डिबी खड्का मंगलबार, माघ १७, २०७९  १७:१९
1140x725

काठमाडौं- गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा दाबी गर्दा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन जुटाएका थिए। तर, एक महिनाको अन्तरमा सत्ता साझेदारीमा असन्तुष्ट हुने दलको संख्या चार पुगेको छ।

तीन दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी सरकार गठनकै समयमा असन्तुष्ट बनेर संघीय सरकारमा समेत सहभागी भएनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारमा बस्ने र छाड्ने अवस्थाको बीचमा पुगेको छ। जनमत पार्टी असन्तुष्टिसहित सरकारमा छ।

रास्वपाका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार बेलुकासम्म गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका स्रोतले बताएको छ।

रवि आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री हुन चाहन्छन्। यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि शुक्रबार एकैपटक सांसद, मन्त्री र रास्वपाको सभापति पद गुमाउन पुगेका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन:प्राप्ति गरेका उनले सोही दिन रास्वपाको पार्टी सदस्यता लिएर सभापति मनोनित भएका थिए। त्यसपछि उनी आफैं गृहमन्त्री बन्ने लबिइङमा छन्। 

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन दबाब दिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले भने गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भन्दै  आएका छन्।

लामिछानेको भेटपछि बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नलिने बताएका छन्। पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयबारे तत्काल निर्णय नहुने जानकारी दिए।

मंगलबारको पदाधिकारी बैठकमा भएको छलफलको निष्कर्ष सुनाउँदै महराले रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट भएको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे थप निर्णय नहुने बताएका हुन्।

Ncell 2
Ncell 2

‘गृह मन्त्रालयमा अदालतको पूर्ण पाठ नआउँदासम्म थप निर्णय हुँदैन,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले सो मन्त्रालय आफैंले राख्नुभएको छ। त्यही कायम रहन्छ।’

महरापछि बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पनि त्यही संकेत गरे। उनको भनाइ थियो,  ‘त्यो पनि (पूर्णपाठ) कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव छ मलाई, धेरैको।’

नागरिक उन्मुक्ति पार्टीले सरकार बनाउन सघाए पनि आफ्ना माग मुद्दा पूरा हुने सुनिश्चितता नदेखेपछि कुनै पनि सरकारमा सहभागिता जनाएको छैन। सुरुआतमा सरकारमा सहभागी हुन एकजना मन्त्रीलाई शपथ समेत खुवाएको जनमत पार्टी मन्त्रालयको भागबन्डामा असन्तुष्ट छ। तर, पछि मिलाउने आश्वासन पाएकाले सरकारमा कायम छ। जसपा भने मन्त्रीको संख्यामै चित्त नबुझेका कारण संघीय सरकार बाहिरै छ। मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका कारण सत्ता गठबन्धबाट अलग्गिन भने सकेको छैन।

मतमा असाधारण विश्वास,  यथार्थमा बढ्दो अविश्वास
प्रचण्डले विश्‍वासको मत लिँदा प्रतिनिधि सभामा उनीप्रति असाधारण ‘विश्वास’ देखिएको थियो। सात दलले सरकार बनाउन सघाएकोमा विश्वास मत लिँदा संख्या १० पुग्यो। सांसद् संख्याका हिसाबले  प्रचण्डका पक्षमा ‘प्रचण्ड’ मत परेको थियो।  विश्‍वासको प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो।

प्रतिनिधि सभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने प्रचण्डलाई मत दिएनन्। प्रतिनिधि सभामा ती दलका एक-एक सांसद छन्।

प्रतिपक्ष बताउने दलहरुको समेत विश्वास पाएका प्रधानमन्त्री प्रचण्डप्रति सत्ता साझेदार दलकै असहमति बढ्दो छ। खुलेरै असहमति राख्ने दलको संख्या चार पुगेको छ भने अर्को मुख्य घटक नेकपा एमाले समेत प्रचण्डका पछिल्ला भनाइ र गतिविधिले सशंकित छ।

विशेषगरी राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले नेताहरु सशंकित छन्। कांग्रेसले समेत विश्वासको मत दिएको परिप्रेक्ष्यक्षमा प्रचण्डले त्यता गुन तिर्न सक्ने आशंका एमालेजनको छ। पूर्वसहमति अनुसार राष्ट्रपति एमालेबाट र उपराष्ट्रपति माओवादी केन्द्रबाट प्रस्तावित व्यक्ति निर्वाचित हुनुपर्छ।

राष्ट्रपतिका विषयमा पूर्वसहमति पालना हुने संकेत कमजोर देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई पटक-पटक भेटेका छन्। प्रचण्डले लाइन क्लियर नगरिरहेको अवस्थामा कांग्रेस नेताहरुले भने आफ्नो पार्टीबाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने कुरा दोहोर्‍याएको दोहोर्‍यायै छन्।

सत्ता साझेदार दलमा अर्को समस्या आइरहँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने दोहोर्‍याएका छन्। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए। ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन। अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौं’, उनले भने।

साझेदारी टुट्ने सम्भावना बढ्दो
सत्ता साझेदार दलहरुबीचको बढ्दो अविश्वासले साझेदारीमै संकट सिर्जना गरिदिएको छ। गृह मन्त्रालय नपाउने अवस्थामा सरकारबाट बाहिरिने संकेत रास्वपाले गरेको छ। प्रचण्डले भने गृह मन्त्रालय नदिएर रास्वपालाई सरकारमै राख्ने कोसिस गरिरहेको बताएका छन्। ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ’, प्रचण्डको भनाइ छ। 

रास्वपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिन सक्छ। त्यस्तो अवस्थामा प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने हुन सक्छ। सत्ता समीकरण फेरिँदा राजनीतिक ध्रुवीकरण समेत बढ्ने हुन्छ। यस्तो अवस्थामा प्रचण्डले प्रधानमन्त्रीमा निरन्तरता दिन कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिने प्रयास गर्नेछन्। लिने प्रयास हुँदा केही न केही दिनुपर्ने हुन्छ। 

फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा राष्ट्रपतिका लागि उम्मेदवार तयार पारेर बसेको नेकपा एमालेलाई प्रचण्डबाट धोका हुन सक्छ। त्यसले वर्तमान सत्ता साझेदारी समेत टुटाउने सम्भावना देखिन्छ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:१९
  • #प्रचण्ड
  • #सत्ता गठबन्धन
  • #सत्ता साझेदारी
  • #रवि लामिछाने
  • #केपी शर्मा ओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्