• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मतमा असाधारण विश्वास, यथार्थमा प्रचण्डप्रति बढ्दो अविश्वास

64x64
डिबी खड्का मंगलबार, माघ १७, २०७९  १७:१९
1140x725

काठमाडौं- गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा दाबी गर्दा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन जुटाएका थिए। तर, एक महिनाको अन्तरमा सत्ता साझेदारीमा असन्तुष्ट हुने दलको संख्या चार पुगेको छ।

तीन दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी सरकार गठनकै समयमा असन्तुष्ट बनेर संघीय सरकारमा समेत सहभागी भएनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सरकारमा बस्ने र छाड्ने अवस्थाको बीचमा पुगेको छ। जनमत पार्टी असन्तुष्टिसहित सरकारमा छ।

रास्वपाका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार बेलुकासम्म गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका स्रोतले बताएको छ।

रवि आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री हुन चाहन्छन्। यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि शुक्रबार एकैपटक सांसद, मन्त्री र रास्वपाको सभापति पद गुमाउन पुगेका थिए।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन:प्राप्ति गरेका उनले सोही दिन रास्वपाको पार्टी सदस्यता लिएर सभापति मनोनित भएका थिए। त्यसपछि उनी आफैं गृहमन्त्री बन्ने लबिइङमा छन्। 

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन दबाब दिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले भने गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश नजाने भन्दै  आएका छन्।

लामिछानेको भेटपछि बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले गृह मन्त्रालयबारे तत्काल निर्णय नलिने बताएका छन्। पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयबारे तत्काल निर्णय नहुने जानकारी दिए।

मंगलबारको पदाधिकारी बैठकमा भएको छलफलको निष्कर्ष सुनाउँदै महराले रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट भएको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयबारे थप निर्णय नहुने बताएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘गृह मन्त्रालयमा अदालतको पूर्ण पाठ नआउँदासम्म थप निर्णय हुँदैन,’ उनले भने, ‘अहिले प्रधानमन्त्रीले सो मन्त्रालय आफैंले राख्नुभएको छ। त्यही कायम रहन्छ।’

महरापछि बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पनि त्यही संकेत गरे। उनको भनाइ थियो,  ‘त्यो पनि (पूर्णपाठ) कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव छ मलाई, धेरैको।’

नागरिक उन्मुक्ति पार्टीले सरकार बनाउन सघाए पनि आफ्ना माग मुद्दा पूरा हुने सुनिश्चितता नदेखेपछि कुनै पनि सरकारमा सहभागिता जनाएको छैन। सुरुआतमा सरकारमा सहभागी हुन एकजना मन्त्रीलाई शपथ समेत खुवाएको जनमत पार्टी मन्त्रालयको भागबन्डामा असन्तुष्ट छ। तर, पछि मिलाउने आश्वासन पाएकाले सरकारमा कायम छ। जसपा भने मन्त्रीको संख्यामै चित्त नबुझेका कारण संघीय सरकार बाहिरै छ। मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेका कारण सत्ता गठबन्धबाट अलग्गिन भने सकेको छैन।

मतमा असाधारण विश्वास,  यथार्थमा बढ्दो अविश्वास
प्रचण्डले विश्‍वासको मत लिँदा प्रतिनिधि सभामा उनीप्रति असाधारण ‘विश्वास’ देखिएको थियो। सात दलले सरकार बनाउन सघाएकोमा विश्वास मत लिँदा संख्या १० पुग्यो। सांसद् संख्याका हिसाबले  प्रचण्डका पक्षमा ‘प्रचण्ड’ मत परेको थियो।  विश्‍वासको प्रस्तावको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो।

Xtrem

Xtrem

प्रतिनिधि सभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने प्रचण्डलाई मत दिएनन्। प्रतिनिधि सभामा ती दलका एक-एक सांसद छन्।

प्रतिपक्ष बताउने दलहरुको समेत विश्वास पाएका प्रधानमन्त्री प्रचण्डप्रति सत्ता साझेदार दलकै असहमति बढ्दो छ। खुलेरै असहमति राख्ने दलको संख्या चार पुगेको छ भने अर्को मुख्य घटक नेकपा एमाले समेत प्रचण्डका पछिल्ला भनाइ र गतिविधिले सशंकित छ।

विशेषगरी राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले नेताहरु सशंकित छन्। कांग्रेसले समेत विश्वासको मत दिएको परिप्रेक्ष्यक्षमा प्रचण्डले त्यता गुन तिर्न सक्ने आशंका एमालेजनको छ। पूर्वसहमति अनुसार राष्ट्रपति एमालेबाट र उपराष्ट्रपति माओवादी केन्द्रबाट प्रस्तावित व्यक्ति निर्वाचित हुनुपर्छ।

राष्ट्रपतिका विषयमा पूर्वसहमति पालना हुने संकेत कमजोर देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई पटक-पटक भेटेका छन्। प्रचण्डले लाइन क्लियर नगरिरहेको अवस्थामा कांग्रेस नेताहरुले भने आफ्नो पार्टीबाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने कुरा दोहोर्‍याएको दोहोर्‍यायै छन्।

सत्ता साझेदार दलमा अर्को समस्या आइरहँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने दोहोर्‍याएका छन्। कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए। ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन। अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौं’, उनले भने।

साझेदारी टुट्ने सम्भावना बढ्दो
सत्ता साझेदार दलहरुबीचको बढ्दो अविश्वासले साझेदारीमै संकट सिर्जना गरिदिएको छ। गृह मन्त्रालय नपाउने अवस्थामा सरकारबाट बाहिरिने संकेत रास्वपाले गरेको छ। प्रचण्डले भने गृह मन्त्रालय नदिएर रास्वपालाई सरकारमै राख्ने कोसिस गरिरहेको बताएका छन्। ‘हामी सल्लाह गर्दैछौँ। सकेसम्म इंगेज भइराख्ने, हाम्रो यो (सत्ता साझेदारी) नटुटोस् भन्नेतिर मेरो कोसिस छ’, प्रचण्डको भनाइ छ। 

रास्वपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिन सक्छ। त्यस्तो अवस्थामा प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने हुन सक्छ। सत्ता समीकरण फेरिँदा राजनीतिक ध्रुवीकरण समेत बढ्ने हुन्छ। यस्तो अवस्थामा प्रचण्डले प्रधानमन्त्रीमा निरन्तरता दिन कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिने प्रयास गर्नेछन्। लिने प्रयास हुँदा केही न केही दिनुपर्ने हुन्छ। 

फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा राष्ट्रपतिका लागि उम्मेदवार तयार पारेर बसेको नेकपा एमालेलाई प्रचण्डबाट धोका हुन सक्छ। त्यसले वर्तमान सत्ता साझेदारी समेत टुटाउने सम्भावना देखिन्छ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:१९
  • #प्रचण्ड
  • #सत्ता गठबन्धन
  • #सत्ता साझेदारी
  • #रवि लामिछाने
  • #केपी शर्मा ओली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११३ को उपनियम (१) मा उल्लेखित व्यवस्थासँग मेल नखाने भन्दै ती प्रस्ताव... सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गर्दै उनले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे स्पष्ट पारेका हुन् । सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूह’ को दीक्षान्त समारोहला... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्