• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘ह्यारी कि प्यारी’का निर्देशक भन्छन्– अहिले म उत्सुक र नर्भस भइरहेको छु (अन्तर्वार्ता)

64x64
अन्शु खनाल सोमबार, माघ १६, २०७९  १४:१८
1140x725

काठमाडौं– पेशाले दन्त चिकित्सक डा कपिल रिजाल लन्डनमा बस्छन्। लन्डनमै बसेर फिल्म निर्माणमा सक्रिय रुपमा काम गरिरहेका उनका सर्ट फिल्महरू ‘कर्मा: लाइफ इज ए बुमर्‍याङ’, ‘यु गेट ह्वाट यु गिभ’हरू युट्युबमा पनि हेर्न सकिन्छ। लन्डनमा उनको आफ्नै चार वटा डेन्टल क्लिनिकहरु पनि छन्। कपिल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको छोरा हुन्। उनले निर्देशन गरेको नेपाली कथानक चलचित्र 'ह्यारीकी प्यारी' यही माघ २० गतेबाट देशभर प्रदर्शन हुँदै छ। त्यसै फिल्म र उनका रुचिको विषयमा अन्शु खनालले गरेको कुराकानी:

तपाईं त दन्त चिकित्सक, डाक्टरबाट फिल्म निर्देशकको यात्रा कसरी सुरु भयो?

म पहिल्यैबाट फिल्ममा चासो राख्थें। मैले डेन्टिस्ट पढ्दै गर्दा पनि सर्ट फिल्म बनाएको थिएँ। बीचमा मैले केही म्युजिक भिडियोहरु पनि बनाएँ। घरमा सानैदेखि त्यही किसिमको वातावरण पनि भयो। बद्रि अधिकारी दाईहरुले नाटक गर्दा त्यहाँ जाने, सहयोग गर्ने गर्थें।

फिल्मको कथा लेखनमा पनि मलाई पहिल्यै देखि चासो थियो। तिन चार वटा स्क्रिप्ट तयार भईसकेको थियो। कोभिडभन्दा अगाडि नेपाली टेक्निसियनहरु प्रयोग गरेर अंग्रेजी फिल्म बनाउने भन्ने तयारी थियो। कोरोना आयो, बन्द भयो। त्यसपछि नेपालमै बनाऊँ भनेर त्यसैमा काम गर्न सुरु गरियो र फिल्म अघि बढ्यो। 

घरमा त्यही किसिमको वातावरण थियो भन्नु भयो, तपाईं फिल्म निर्माणमा आउनु बुवाबाट प्रभावित भनेर बुझ्न मिल्यो?

मज्जाले सकिन्छ नि। मेरो बुवाबाट कत्ति धेरै मान्छे प्रभावित हुनुहुन्छ। म छोरो भएर, त्यही घरमा बसेर, हुर्किएर मैले बुवाबाट प्रभावित भएको छैन भन्न त मिल्दै मिल्दैन। मैले बुवाले गरेजस्तो आधा काम गर्न सकें भने पनि म निकै खुसी हुनेछु। त्यति मात्रै गर्ने हो भने पनि मेरो जीवन पूर्ण भएको हुन्थ्यो।

डाक्टर त भइहाल्नु भयो, सँगै फिल्म मेकिङ बाहेक अरु केके कुरामा हजुरको रुचि छ?

मैले यही ह्यारीकी प्यारीको लागि एउटा गीत पनि लेखेको छु, जुन फिल्ममै हेर्न सकिन्छ। त्यो बाहेक मलाई हिड्न, पढ्न, लेख्न मनपर्छ। म जीवनको सबै पाटोहरुमा रमाईलो गर्ने मान्छे हुँ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्ट फिल्महरू बनाए पनि फिचर्ड फिल्ममा निर्देशकको रुपमा तपाईं डेब्यु गर्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ?

म फिल्मको लागि उत्सुक छु। त्यो संगै नर्भस पनि छु। अहिले मलाई आफूलाई मन परेको मान्छेलाई चिठी त दिईयो तर चिठीको उत्तर के आउला भनेर पर्खिएर बसे जस्तो महसुस भइरहेको छ। निर्देशकको हिसाबले छोटो या लामो फिल्म जस्तो भए पनि काम उत्तिनै हो। हरेक सट लिनुपर्छ।

हरेक सानो सानो सटहरु जोडेर फिल्म बन्छ। लामो फिल्महरुमा अलिक बढी जिम्मेवारीहरु हुन्छ। फिचर्ड फिल्ममा धेरै कलाकार, धेरै टेक्निसियनहरु हुन्छन्। तर म यो कुरामा एकदमै भाग्यमानी छु, मैले यो फिल्ममा काम गर्दा कलाकार र टेक्निसियनहरुको निकै राम्रो साथ पाएको छु।

आफ्नो व्यस्त जीवनशैलीको बाबजुद पनि फिल्मका स्क्रिप्टहरु लेख्ने समय कहिले कहिले मिलाउनु हुन्छ? कुन समयमा लेख्नु हुन्छ?

Xtrem

Xtrem

आफूलाई चासो लागेको चिजमा समय आफैं मिल्ने रहेछ। आफूलाई मन परेको चिज गर्न कहिलेकसो अर्को चिजबाट समय छुट्याइनु पर्छ। म स्क्रिप्ट लेख्छु भनेर बस्दैमा लेखिँदैन। कन्सेप्ट आएको समयमा त्यसलाई लेखेर राख्यो अनि त्यसपछि त्यसलाई विस्तृतमा सोच्यो। त्यो कन्सेप्टलाई कथा बनाउन सकिने रहेछ भने स्क्रिप्टको लागि समय छुट्याएर बस्नु पर्छ। 

अब आउदै गरेको फिल्म वीर्य दान गर्ने कथासँग सम्बन्धित छ, यो कथाको सोच कसरी आयो?

सायद मेरो बुवाले नेपालमा पहिलोपटक आईभीएफ लिएर आएको हुनाले यो सोच आएको हुन सक्छ। अर्को कुरा चाहिं नेपालमा यो शब्द बोल्न, यो विषयमा कुराकानी गर्न अफ्ट्यारो लाग्छ। तर यो अफ्ट्यारो मान्नुपर्ने विषय भने होइन। निसन्तान मान्छेहरुले वीर्य दान लिएर बच्चा जन्माउदा उनीहरुको खुसीलाई हेरौं।

यो सामान्य कुरा हो तर नेपालमा यो विषयमा बोल्नलाई लाज मान्ने गरिन्छ। त्यसैलाई मैले सामान्य कथाको हिसाबमा लेख्ने सोच आयो। वीर्य दानको कथा एउटा सानो पार्ट मात्रै हो त्यो भन्दा बाहेक पनि विविध कथा फिल्ममा छ।

तपाईं प्राय: बेलायत बस्नु हुन्छ, अहिले फिल्मको लागि मात्रै यतै हुनुहुन्छ की कसो?

नेपालमा मेरो एउटा सानो च्यारिटी छ, त्यसको लागि म नियमित रुपमा नेपाल आइरहन्थे। अहिले फिल्मको लागि यतै छु तर पनि आफू जन्मेको ठाउँ, हुर्केको ठाउँ, बुवाआमा यतै हुनुहुन्छ। यसै पनि वर्षको दुईतीन पल्ट आइरहेको हुन्थें तर अहिले फिल्मले गर्दा अलि धेरै समय यतै बिताइरहेको छु।

तपाईं आफू चाहिं व्यक्तिगत रुपमा कस्तो फिल्महरू हेर्न मन पराउनु हुन्छ?

मलाई सामान्य कमेडी र सामाजिक मुद्दाहरुमा बनेको फिल्म मन पर्छ। संगै मलाई सस्पेन्स थ्रीलर र एक्सन फिल्म पनि मन पर्छ। तर मैले नियमित पाँच वटा फिल्म हेर्नुपर्यो भने एक्सन हेर्न सक्दिनँ। रोमान्टिक, कमेडी र सामाजिक मुद्दाहरुमा बनेको फिल्म भने हेर्न सक्छु।

बेलायतमा हुँदा उताकै कलाकारलाई लिएर सर्ट फिल्महरु बनाउनु भयो, यता नेपालका कलाकार र उताका कलाकार को संग काम गर्दा सजिलो लाग्यो?

उताको काम गराई एकदमै फिक्सड जस्तो हुन्छ, यता नेपालमा अलिक फरक हुन्छ। यता सुरुवात गर्न ढिला हुन्छ तर यति आज सकौं भन्ने हो भने मिलेर सकिन्छ। उता बेलायतमा भने समय सकिए पछि सकियो। मलाई दुवैतिरको काममा सकारात्मक र नकारात्मक दुवै पक्ष छ जस्तो लाग्छ।

फिल्म निर्माण र डाक्टरी दुइटा फरक क्षेत्र हो, दुवै क्षेत्रमा संगसंगै काम गर्दै हुनुहुन्छ, कुन चाँही क्षेत्र सजिलो लाग्यो?

यो एकदमै अफ्ट्यारो प्रश्न हो। म डेन्टलको क्षेत्रमा योग्य भएर पास भएकै तिस वर्ष भइसक्यो। मैले तिस वर्ष रमाइलो मानेर काम गरें। अहिलेको समयमा म फिल्म निर्माणमा निकै रमाइलो मानिरहेको छु। त्यो समयमा म डाक्टरको रुपमा इन्जोय गर्थें भने अब आउने दिनहरुमा निर्देशकको रुपमा, फिल्म मेकरको रुपमा इन्जोय गर्छु।

यसको मतलब तपाईंको निर्देशनमा या लेखनमा अन्य फिल्महरु पनि आउनेछन्?

हो, आउँछन्। अहिले दुई तीन वटा फिल्मको स्क्रिप्टमा काम गर्दै छु। अहिले आइरहेको फिल्म ह्यारी की प्यारी पनि नेपालीसंगै पाँच वटा भाषा (नेपाली, हिन्दी, पंजावी, बंगाली र मराठी) मा आउँदै छ। अरु फिल्ममा पनि काम भइरहेको छ।

दर्शकहरुलाई के भन्न चाहनु हुन्छ? ह्यारी की प्यारी किन हेर्ने

मैले एकदमै राम्रो स्टोरीबेसमा राम्रो फिल्म बनाउने प्रयास गरेको छु। त्यसकारण जितु नेपाल, साम्रागी र बिजय बराल जस्तो फरकफरक जनराका पात्रहरु लिएर फिल्म बनाएको छु। यसको कथा नै सबैभन्दा राम्रो, नेपाली र नेपाली कथालाई बनाएको छु। आएर हेर्दिनु होला।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्