• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘ह्यारी कि प्यारी’का निर्देशक भन्छन्– अहिले म उत्सुक र नर्भस भइरहेको छु (अन्तर्वार्ता)

64x64
अन्शु खनाल सोमबार, माघ १६, २०७९  १४:१८
1140x725

काठमाडौं– पेशाले दन्त चिकित्सक डा कपिल रिजाल लन्डनमा बस्छन्। लन्डनमै बसेर फिल्म निर्माणमा सक्रिय रुपमा काम गरिरहेका उनका सर्ट फिल्महरू ‘कर्मा: लाइफ इज ए बुमर्‍याङ’, ‘यु गेट ह्वाट यु गिभ’हरू युट्युबमा पनि हेर्न सकिन्छ। लन्डनमा उनको आफ्नै चार वटा डेन्टल क्लिनिकहरु पनि छन्। कपिल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजालको छोरा हुन्। उनले निर्देशन गरेको नेपाली कथानक चलचित्र 'ह्यारीकी प्यारी' यही माघ २० गतेबाट देशभर प्रदर्शन हुँदै छ। त्यसै फिल्म र उनका रुचिको विषयमा अन्शु खनालले गरेको कुराकानी:

तपाईं त दन्त चिकित्सक, डाक्टरबाट फिल्म निर्देशकको यात्रा कसरी सुरु भयो?

म पहिल्यैबाट फिल्ममा चासो राख्थें। मैले डेन्टिस्ट पढ्दै गर्दा पनि सर्ट फिल्म बनाएको थिएँ। बीचमा मैले केही म्युजिक भिडियोहरु पनि बनाएँ। घरमा सानैदेखि त्यही किसिमको वातावरण पनि भयो। बद्रि अधिकारी दाईहरुले नाटक गर्दा त्यहाँ जाने, सहयोग गर्ने गर्थें।

फिल्मको कथा लेखनमा पनि मलाई पहिल्यै देखि चासो थियो। तिन चार वटा स्क्रिप्ट तयार भईसकेको थियो। कोभिडभन्दा अगाडि नेपाली टेक्निसियनहरु प्रयोग गरेर अंग्रेजी फिल्म बनाउने भन्ने तयारी थियो। कोरोना आयो, बन्द भयो। त्यसपछि नेपालमै बनाऊँ भनेर त्यसैमा काम गर्न सुरु गरियो र फिल्म अघि बढ्यो। 

घरमा त्यही किसिमको वातावरण थियो भन्नु भयो, तपाईं फिल्म निर्माणमा आउनु बुवाबाट प्रभावित भनेर बुझ्न मिल्यो?

मज्जाले सकिन्छ नि। मेरो बुवाबाट कत्ति धेरै मान्छे प्रभावित हुनुहुन्छ। म छोरो भएर, त्यही घरमा बसेर, हुर्किएर मैले बुवाबाट प्रभावित भएको छैन भन्न त मिल्दै मिल्दैन। मैले बुवाले गरेजस्तो आधा काम गर्न सकें भने पनि म निकै खुसी हुनेछु। त्यति मात्रै गर्ने हो भने पनि मेरो जीवन पूर्ण भएको हुन्थ्यो।

डाक्टर त भइहाल्नु भयो, सँगै फिल्म मेकिङ बाहेक अरु केके कुरामा हजुरको रुचि छ?

मैले यही ह्यारीकी प्यारीको लागि एउटा गीत पनि लेखेको छु, जुन फिल्ममै हेर्न सकिन्छ। त्यो बाहेक मलाई हिड्न, पढ्न, लेख्न मनपर्छ। म जीवनको सबै पाटोहरुमा रमाईलो गर्ने मान्छे हुँ।

Ncell 2
Ncell 2

सर्ट फिल्महरू बनाए पनि फिचर्ड फिल्ममा निर्देशकको रुपमा तपाईं डेब्यु गर्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ?

म फिल्मको लागि उत्सुक छु। त्यो संगै नर्भस पनि छु। अहिले मलाई आफूलाई मन परेको मान्छेलाई चिठी त दिईयो तर चिठीको उत्तर के आउला भनेर पर्खिएर बसे जस्तो महसुस भइरहेको छ। निर्देशकको हिसाबले छोटो या लामो फिल्म जस्तो भए पनि काम उत्तिनै हो। हरेक सट लिनुपर्छ।

हरेक सानो सानो सटहरु जोडेर फिल्म बन्छ। लामो फिल्महरुमा अलिक बढी जिम्मेवारीहरु हुन्छ। फिचर्ड फिल्ममा धेरै कलाकार, धेरै टेक्निसियनहरु हुन्छन्। तर म यो कुरामा एकदमै भाग्यमानी छु, मैले यो फिल्ममा काम गर्दा कलाकार र टेक्निसियनहरुको निकै राम्रो साथ पाएको छु।

आफ्नो व्यस्त जीवनशैलीको बाबजुद पनि फिल्मका स्क्रिप्टहरु लेख्ने समय कहिले कहिले मिलाउनु हुन्छ? कुन समयमा लेख्नु हुन्छ?

आफूलाई चासो लागेको चिजमा समय आफैं मिल्ने रहेछ। आफूलाई मन परेको चिज गर्न कहिलेकसो अर्को चिजबाट समय छुट्याइनु पर्छ। म स्क्रिप्ट लेख्छु भनेर बस्दैमा लेखिँदैन। कन्सेप्ट आएको समयमा त्यसलाई लेखेर राख्यो अनि त्यसपछि त्यसलाई विस्तृतमा सोच्यो। त्यो कन्सेप्टलाई कथा बनाउन सकिने रहेछ भने स्क्रिप्टको लागि समय छुट्याएर बस्नु पर्छ। 

अब आउदै गरेको फिल्म वीर्य दान गर्ने कथासँग सम्बन्धित छ, यो कथाको सोच कसरी आयो?

सायद मेरो बुवाले नेपालमा पहिलोपटक आईभीएफ लिएर आएको हुनाले यो सोच आएको हुन सक्छ। अर्को कुरा चाहिं नेपालमा यो शब्द बोल्न, यो विषयमा कुराकानी गर्न अफ्ट्यारो लाग्छ। तर यो अफ्ट्यारो मान्नुपर्ने विषय भने होइन। निसन्तान मान्छेहरुले वीर्य दान लिएर बच्चा जन्माउदा उनीहरुको खुसीलाई हेरौं।

यो सामान्य कुरा हो तर नेपालमा यो विषयमा बोल्नलाई लाज मान्ने गरिन्छ। त्यसैलाई मैले सामान्य कथाको हिसाबमा लेख्ने सोच आयो। वीर्य दानको कथा एउटा सानो पार्ट मात्रै हो त्यो भन्दा बाहेक पनि विविध कथा फिल्ममा छ।

तपाईं प्राय: बेलायत बस्नु हुन्छ, अहिले फिल्मको लागि मात्रै यतै हुनुहुन्छ की कसो?

नेपालमा मेरो एउटा सानो च्यारिटी छ, त्यसको लागि म नियमित रुपमा नेपाल आइरहन्थे। अहिले फिल्मको लागि यतै छु तर पनि आफू जन्मेको ठाउँ, हुर्केको ठाउँ, बुवाआमा यतै हुनुहुन्छ। यसै पनि वर्षको दुईतीन पल्ट आइरहेको हुन्थें तर अहिले फिल्मले गर्दा अलि धेरै समय यतै बिताइरहेको छु।

तपाईं आफू चाहिं व्यक्तिगत रुपमा कस्तो फिल्महरू हेर्न मन पराउनु हुन्छ?

मलाई सामान्य कमेडी र सामाजिक मुद्दाहरुमा बनेको फिल्म मन पर्छ। संगै मलाई सस्पेन्स थ्रीलर र एक्सन फिल्म पनि मन पर्छ। तर मैले नियमित पाँच वटा फिल्म हेर्नुपर्यो भने एक्सन हेर्न सक्दिनँ। रोमान्टिक, कमेडी र सामाजिक मुद्दाहरुमा बनेको फिल्म भने हेर्न सक्छु।

बेलायतमा हुँदा उताकै कलाकारलाई लिएर सर्ट फिल्महरु बनाउनु भयो, यता नेपालका कलाकार र उताका कलाकार को संग काम गर्दा सजिलो लाग्यो?

उताको काम गराई एकदमै फिक्सड जस्तो हुन्छ, यता नेपालमा अलिक फरक हुन्छ। यता सुरुवात गर्न ढिला हुन्छ तर यति आज सकौं भन्ने हो भने मिलेर सकिन्छ। उता बेलायतमा भने समय सकिए पछि सकियो। मलाई दुवैतिरको काममा सकारात्मक र नकारात्मक दुवै पक्ष छ जस्तो लाग्छ।

फिल्म निर्माण र डाक्टरी दुइटा फरक क्षेत्र हो, दुवै क्षेत्रमा संगसंगै काम गर्दै हुनुहुन्छ, कुन चाँही क्षेत्र सजिलो लाग्यो?

यो एकदमै अफ्ट्यारो प्रश्न हो। म डेन्टलको क्षेत्रमा योग्य भएर पास भएकै तिस वर्ष भइसक्यो। मैले तिस वर्ष रमाइलो मानेर काम गरें। अहिलेको समयमा म फिल्म निर्माणमा निकै रमाइलो मानिरहेको छु। त्यो समयमा म डाक्टरको रुपमा इन्जोय गर्थें भने अब आउने दिनहरुमा निर्देशकको रुपमा, फिल्म मेकरको रुपमा इन्जोय गर्छु।

यसको मतलब तपाईंको निर्देशनमा या लेखनमा अन्य फिल्महरु पनि आउनेछन्?

हो, आउँछन्। अहिले दुई तीन वटा फिल्मको स्क्रिप्टमा काम गर्दै छु। अहिले आइरहेको फिल्म ह्यारी की प्यारी पनि नेपालीसंगै पाँच वटा भाषा (नेपाली, हिन्दी, पंजावी, बंगाली र मराठी) मा आउँदै छ। अरु फिल्ममा पनि काम भइरहेको छ।

दर्शकहरुलाई के भन्न चाहनु हुन्छ? ह्यारी की प्यारी किन हेर्ने

मैले एकदमै राम्रो स्टोरीबेसमा राम्रो फिल्म बनाउने प्रयास गरेको छु। त्यसकारण जितु नेपाल, साम्रागी र बिजय बराल जस्तो फरकफरक जनराका पात्रहरु लिएर फिल्म बनाएको छु। यसको कथा नै सबैभन्दा राम्रो, नेपाली र नेपाली कथालाई बनाएको छु। आएर हेर्दिनु होला।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
प्रमोद खरेलसँग क्रिकेट–संवाद : गीत रेकर्डिङ स्थगित गरेर खेल हेर्ने तयारीमा छु पछिल्लो  समय नेपालले क्रिकेटमा धेरै उपलब्ध हासिल गरिरहेको छ। अहिलेको खेल नेपालका लागि ठूलो अवसर पनि हो। यो टिम अहिलेम्मको उत्कृष्ट ट... बिहीबार, असार ७, २०८०
ताजा समाचारसबै
एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै शुक्रबार, मंसिर १२, २०८२
मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ हुँदै शुक्रबार, मंसिर १२, २०८२
शेख हसिनालाई २१ वर्षको जेल सजाय बिहीबार, मंसिर ११, २०८२
कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर रिहा बिहीबार, मंसिर ११, २०८२
बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने बिहीबार, मंसिर ११, २०८२
हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्