• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतले गहुँ नपठाउँदा नेपालका ६० प्रतिशत मैदा कारखाना बन्द, मूल्य आकाशियो

64x64
कल्पना घिमिरे बुधबार, माघ १८, २०७९  ०७:२२
1140x725
तस्बिर: रोयटर्स

काठमाडौं- भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालका ६० प्रतिशत मैदा कारखाना बन्द भएका छन्। भारतले गहुँ नपठाउँदा नेपाली उत्पादन अपुग भई मैदा मिल बन्द भएको नेपाल मैदा उद्योग संघले जनाएको छ।

मुलुकभर ३८ वटा मैदा मिल रहेकामा हाल ४० प्रतिशत सञ्चालनमा रहेका छन्। बाँकी पूर्ण रूपमा बन्द भएको मैदा उद्योग संघले जनाएको छ। संघका अनुसार विगत आठ महिनादेखि गहुँको आयात रोकिँदा कच्चा पदार्थ अभाव भई मैदा मिल बन्द भएका हुन्।

गहुँ आयात नहुँदा गहुँबाट बन्ने मैदा, आटा तथा मैदाजन्य खाद्यान्नको भाउले यतिबेला आकाश छोइसकेको छ। खुद्रा व्यापार संघले मैदा प्रतिकिलो ४६ रुपैयाँ, आटा प्रतिकिलो ५० रुपैयाँ तोकेको छ। तर खुद्रा व्यापार संघले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्य राखेर व्यापारीहरुले बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ।

एक महिनाअघि २० रुपैयाँ पर्ने बिस्कुटको मूल्य अहिले बढेर २५ रुपैयाँ पर्न थालेको छ। त्यस्तै बेकरीका उत्पादनमा पनि मूल्यवृद्धि भएको छ। उद्योगीहरुले मैदाबाट बन्ने उत्पादन पाउरोटी, केक जस्ता खाद्यान्नको मार्जिन घटाएर मूल्य बढाएको खुद्रा व्यापारीहरु बताउँछन्।

संघका अध्यक्ष कुमुद दुगडले गहुँ अभावले बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी, नान, भोजनालय, रेस्टुरेन्ट लगायतका होटलमा मागअनुसार मैदा, आटा उपलब्ध गराउन नसकिएको बताए। हाल ४० प्रतिशत मैदा उद्योग सञ्चालनमा रहेको र एक हप्ताका लागि मात्रै कच्चा पदार्थ रहेकाले त्यसपछि भारतबाट गहुँ आयात नभए पूर्ण रूपमा उद्योग बन्द हुने उनले बताए। 

भारतबाट पहिलो चरणमा आउन लागेको ३० हजार टन गहुँले १० दिनको मात्र माग धान्ने हुँदा नयाँ उत्पादन बजारमा आउने बेलासम्मका लागि थप दुई लाख मेट्रिक टन गहुँको माग गरिएको उनले जानकारी दिए। भारतबाट ल्याइने गहुँ आगामी एक साता भित्रमा आइपुग्ने उनले जानकारी दिए। 

संघका अनुसार मुलुकभर रहेका मैदा मिललाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ। भारत सरकारले उपलब्ध गराएको ५० हजार मेट्रिक टन गहुँले मैदा मिललाई २० दिनलाई पुग्ने र त्यसपछि फेरि अभाव हुने व्यवसायीको भनाइ छ। गहुँको नयाँ उत्पादन बजारमा आउन अझै तीन महिना लाग्ने गर्छ। तीन महिनाका लागि ३८ वटा उद्योगका लागि दुई लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने संघको भनाइ छ।

गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिना भित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातका लागि अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको छ। गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्ने संघले बताएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा संकटको संकेत देखिएपछि भारतले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। लामो समयसम्म आयातमा प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मिल बन्द हुन थालेपछि उद्योगीले खुला गर्न माग गरेका थिए। 

नयाँ उत्पादन बजारमा आउन समय लाग्ने हुँदा थप गहुँ आयात गर्न प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए। 

‘हामीले गहुँ आयातलाई सहजीकरण गर्ने हो। ३५ हजार मेट्रिक टन गहुँ उद्योगीलाई उपलब्ध गराई सकेका छौं। २७ वटाले लिइसकेका छन्। भारतबाट दुई चार दिनमै गहुँ ल्याउने तयारी भइरहेको छ,’ रेग्मीले भने।

मैदा उद्योगले आर्थिक वर्ष २०७७/०७८ मा उत्पादन गरेको मैदाको परिमाणका आधारमा उद्योगलाई ७ प्रतिशतका दरले गहुँ आयातको कोटा वितरण गरिएको संघका अध्यक्ष दुगडले जानकारी दिए। मैदा उत्पादनका आधारमा गरिएको कोटा वितरणमा न्यूनतम ८२ देखि अधिकतम दुई हजार ३७५ मेट्रिक टनसम्म गहुँ आयातको कोटा सिफारिस भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

Xtrem

Xtrem

संघका अनुसार स्वदेशी मैदा उद्योगलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकाेमा चार लाख मेट्रिक टन स्थानीय उत्पादन र बाँकी ६ लाख मेट्रिक गहुँ आयात गर्नुपरेको छ। मैदा, आटा, पास्ता, बिस्कुट लगायतका उत्पादन गहुँबाट हुने गर्छन्। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकाेमा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन उत्पादन भएको थियो। आर्थिक वर्षमा २०७७/०७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख ९ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो।    

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्