• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'सदन न्याय, समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्ने थलो हो'

सोविता गौतम शनिबार, माघ ७, २०७९  १४:५३
1140x725

इतिहासको पानीढलो क्षण 
सम्माननीय सभामुख महोदय!
हिउँदका कठ्यांग्रिदा छोटा दिनहरु बिस्तारै न्यानो घाम लाग्ने दिनमा परिवर्तन हुँदैछन्। छिट्टै बसन्त ऋतु आउँदैछ, अनि तुसारो लागेर रुख बिरुवा कठ्यांग्रिरहेका छन्। तुसारोले कठ्यांग्रिरहेका रुख, बोटबिरुवाहरु नयाँ पालुवा बनेर पलाउनेछन्। राजनीतिमा पनि समयको चक्र फेरिइरहन्छ। यो रोस्ट्रमबाट, यो गरिमामय सदनको चारैतिर आँखा डुलाउँदा त्यस्तो लागिरहेको छ, नेपालको राजनीतिमा बसन्त छाइसकेको छ।

नयाँ सपना लिएर, नयाँ आशा लिएर नयाँ माननीय सांसदहरु आइसक्नुभएको छ। सँगै लामो राजनीतिक यात्रा गरेर देशका सुखदुःखहरुसँग सँगसँगै र देशका विभिन्न कथाव्यथाहरुसँग जुध्दै, संघर्ष गरेर नेपालको राजनीतिक इतिहासमा नाम स्थापित गर्दै आफैं सिंगो संस्थाको परिचय दिँदै पुरानो अनुभवी सांसदहरु पनि यहाँ हुनुहुन्छ। परिवर्तनशील समयको काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिबिम्ब आजको यस सदनमा देखिरहेको छु।

सभामख महोदय! 
नेपाली नागरिकको सर्वोच्चता र स्वतन्त्रताको पैरवी गरिने यस गरिमामय संसद्‌मा आफ्नो पहिलो मन्तव्य राख्दै गर्दा म सर्वप्रथमतः नेपाली स्वतन्त्रता र स्वाधिनताका लागि संघर्ष गर्ने सम्पूर्ण सहिद र योद्धाहरुप्रति आफ्नो सम्मान व्यक्त गर्न चाहन्छु। सामाजिक न्यायका लागि देशभर उठेका आन्दोलनप्रति मेरो उच्च सम्मान छ!

यतिबेला म मेरा काठमाडौं- २ का मतदाताहरुलाई पनि सम्झिन चाहन्छु। नाग्लेभारे, पटाप, छाप भञ्ञ्याङ, पालुबारी जस्ता गाँउहरुबाट मतदान गर्नुहुने मेरा मतदाता र रातोपुल, कोटेश्वर, जडिबुटी, पेप्सीकोला, काँडाघारीजस्ता सहरमा बसेर मलाई मतदान गर्नुहुने मेरा मतादाताहरुको आशा र भरोशालाई हृदयमा साँचेर आज म मेरा विचारहरु व्यक्त गरिरहेको छु।

काठमाडौं- २ का जनताको प्रतिनिधिको हैसियतले यहाँ बोल्दै गर्दा मलाई थाहा छ, यो क्षण ममाथि भरोसा राख्ने आम नेपालीहरुको गर्वको क्षण मात्रै होइन। यो नेपालको राजनीतिक इतिहासमै एउटा पानीढलो क्षण पनि हो। नेता भनेको भनेको एउटा ठूलो शरीर भएको, ठूलो कद भएको व्यक्ति हुनुपर्छ भन्ने भाष्य यो समाजबाट विलय नहुँदै एउटा २७ वर्षे युवामाथि भरोसा गरेर आफ्नो सपनाको चाबी सुम्पिने आम मतदाताहरुको एउटा गर्विलो क्षण पनि हो। यदि म गलत छैन भने सभामुख महोदय, मेरो यो उपस्थिति यो सदनकै निम्ति पनि ऐतिहासिक क्षण हुनसक्छ। किनकि, योभन्दा अगाडि, मभन्दा कान्छो व्यक्तिले यो रोस्ट्रमबाट यो सदनलाई सम्बोधन गर्ने मौका अवश्य पनि पाएको थिएन होला। यो इतिहासको पानीढलो क्षण यसकारण पनि हो कि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको यो दोस्रो सांसद्‌मा उपसभामुख पदका लागि सीमान्तमा रहेका दुई समुदायका महिलाहरु लोकतान्त्रिक पद्धतिमार्फत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

लोकतन्त्र भनेको फगत शासन पद्धति मात्र होइन, जनताको जीवनशैली हो। त्यसैले लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्रै सम्भव हुन्छ भन्ने कुरा पनि तपाईं हामी सबै जनालाई थाहै छ। आजका दुई जना सीमान्तकृत समुदायका महिला लोकतान्त्रिक पद्धतिअनुसार हुने उपसभामुख पदका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यो आफैंमा लोकतन्त्र सुदृढ हुँदै गएको हो भन्ने संकेत पनि हो।

उहाँहरुको प्रतिस्पर्धा फगत एक सुखद संयोगमात्र नबनोस्। बरु यस्ता प्रतिस्पर्धाहरु हाम्रो लोकतान्त्रिक अभ्यासको सामान्य प्रक्रिया बन्दै जाओस्, ताकि सीमान्तमा रहेका आममानिसले मूलधार राजनीतिमा, मूल धारको प्रतिस्पर्धामा आफूलाई सहभागी गराउन सकून्। अनि मात्र हामीले हाम्रो लोकतन्त्र उन्नत भएको महसुस गर्न सक्छौं।

संविधानवाद र सांसदको भूमिका 
सभामुख महोदय!
लोकतन्त्र संस्थाहरुको पनि संस्था हो! संसद् जनताहरुको भावनाको प्रतिनिधित्व हुने साझा थलो हो। २७५ जनाको  प्रतिनिधित्व हुने यस सदनमा यतिबेला देशभर रहेका सम्पूर्ण मतदाता, सम्पूर्ण नागरिकहरुको प्रतिनिधित्व भइरहेको छ, तपाईं हामी मार्फत्। त्यो आशालाई वास्तविकतामा बदल्न, विकसित र गतिशील समाजलाई मध्यनजर गर्दै हामीले समय सापेक्ष ऐन, नियम, कानुनहरु बनाउनु छ।

nimb
nimb

आम नेपालीको त्याग र बलिदानबाट हामीले सबैभन्दा उच्चतम राजनितिक व्यवस्थाको रुपमा लोकतान्त्रिक व्यवस्था हासिल गरिसकेका छौँ! तर यो बामे सर्दै गरेको लोकतन्त्रलाई स्थापित गर्नुपर्ने जिम्मेवारी पनि तपाईं हाम्रो काँधमा छ। 

हामी सबैलाई थाहा छ, देश अहिले गम्भीर आर्थिक संकटमा छ। लगभग ४२ प्रतिशत हिस्सा ओगट्ने युवा पुस्ताबाट लिन सकिने यथेष्ट जनसांख्यिक लाभको वावजुद पनि देश अहिले गम्भीर आर्थिक संकटमा परेको छ! जता हेर्योस भ्रस्टाचारको कुरा मात्र सुनिरहेका सुन्छौँ। र देख्छौँ। मेरो विचारमा भ्रस्टाचार पैसा र पदमा मात्र हुदैन, सम्भावनाहरुको खोजी नगर्नु अर्को ठूलो भ्रस्टाचार हो। त्यही सम्भावनाको यथेस्ट खोजी गर्नुपर्ने छ। यही सम्भावनाहरुको यथेस्ट खोजी नभएका कारण मासिक २० हजार रुपैयाँ कामाउन आज युवाहरु विदेश पलायन भएका छन्। सग्लो शरीर लिएर गएका हाम्रा सक्षम युवाहरु कति बाकसमा फर्किएका छन्। कति बन्धक बनेका छन्, कति लुटिएका छन्, कति पिटिएका छन् , यो समग्र देश प्रतिको अन्याय हो।

वार्षिक करिब ५ खर्ब रेमिट्यान्स भित्र्याउँदा समेत आम नेपालीको जीवनमा केही मात्रामा भौतिक सुखसयल बाहेक तात्विक परिवर्तन भएको तपाईं हामीले खासै देख्न सकिरहेका छैनौँ। राजनीतिक हिसाबले लोकतन्त्र हासिल गरे पनि हामीले नेपाली समाजमा न्याय, स्वतन्त्रता र समानता स्थापना गर्न सकिरहेका छैनौं। यति भनिरहदा पनि यो देशमा केही हुन सक्दैन भनेर निराश भएका युवाहरु आज देशमा सम्भावनाहरु देखेर, थोरै भए पनि परिवर्तन देखेर आशा राखेर अब देश फर्किने योजना बनाइरहेका छन्। ती तमाम विदेशिन बाध्य भएका नेपालीका सपना अटाउन सक्ने नेपाल बनाउनु छ!

अब सम्भावनाहरुको अबिलम्ब खोजी गरिनुपर्छ तर फुटेर हैन, जुटेर गर्नुपर्छ। एक आपसमा मुद्दा, मामिलाका बारे अड्काउने र सड्काउने होइन, मिलेर गर्नुपर्ने आवश्यकता छ। हामी जुटेर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

विकासका कामहरु कसरी चुस्त र दुरुस्त बनाउने भन्नेतर्फ अब हाम्रो बहस सोझिन आवश्यक छ। प्रशासन कसरी चुस्त दुरुस्त र प्रभावकारी बनाउने भन्नेतर्फ हाम्रा बहस सोझिन आवश्यक छ। यो बदलिँदो समयमा बदलिँदो शैली अपनाउन सकेनौँ भने नयाँ विकास गर्न सक्दैनौँ। पुरानै चिन्तनबाट त नयाँ विकास कसरी सम्भव होला खै। त्यसैले हामीले नयाँ चिन्तन गर्न आवश्यक छ।

लोकतन्त्रको प्रवर्द्धन गर्दै संसदीय परम्पराको मर्यादाभित्र रहेर हामीले मिलेर काम गर्नु छ। प्रविधि मात्र हैन प्रवृत्ति पनि बदल्नुपर्छ। सधैँ इतिहासमा मात्रै गर्व गरिरह्यौँ। तर इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्र हैन, हामीले इतिहास लेख्ने पनि कुरा हो। अब इतिहास लेख्नुपर्ने समयमा हामी आइसकेका छौँ। यो इतिहास लेख्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन। तर हामीलाई त्यो अवसर प्राप्त हुँदै गर्दा त्यो इतिहास लेख्न सकेनौँ भने इतिहासमा हामीलाई धिक्कार्ने छन् हाम्रा भावी पुस्ताले। त्यसैले हामीलाई प्राप्त यो अवसरलाई हामीले अवसरकै रुपमा लिएर अगाडि बढाउनुपर्ने छ।

सभामुख महोदय!
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थ–राजनीतिक विकास, सामाजिक–सांस्कृतिक रुपान्तरण र विश्व सम्बन्धको नयाँ आधारशीला खडा गर्न नवीन विचार, परिष्कृत विश्वदृष्टि र उच्च नैतिक बलसहितको नयाँ नेतृत्व लिएर राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको छ! यो सदनलाई पक्ष र प्रतिपक्षको चिन्तनमुखी थलो बनाउनुपर्ने कुरामा हाम्रो जोड रहेको छ। भर्खरै बामे सरेको लोकतन्त्रलाई बलियो बनाउनका लागि पक्ष, प्रतिपक्षमा छलफल गर्नैपर्ने हुन्छ। त्यो हामी कसैलाई नहोच्याइकन, कसैलाई नरिझ्याइकन गर्नु आवश्यक छ। शक्ति संघर्षको भुलभुलैया र लोकरिझ्याइँबाट माथि उठेर संविधानवादको भावनालाई आत्मसात् गर्दै साँचो अर्थमा सामाजिक न्यायका लागि आवाज उठाउने हो कि त्यही लोकरिझ्याइँ र शक्ति संघर्षको भुलभुलैयामा रमाउने? त्यो हाम्रो हातमा छ।

यो गरिमामय सदन न्याय, समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्ने थलो हो। हाम्रो सभ्य र समुन्नत छलफलले लोकतन्त्र बलियो हुन्छ, नागरिक बलियो हुन्छ। यहाँको छलफलले हामीमाथि विश्वास गर्ने जनताहरुलाई विश्वास दिलाउनु छ कि, जनताहरु मतदाता मात्र होइनन्, केवल एक भोट मात्रै होइनन्, बरु नागरिक हो। उहाँहरुको नागरिक हुनुको परिचय हामी तब मात्र दिन सक्छौं, जब हामी उहाँहरुको अमूल्य मतमार्फत निर्वाचित गरेर पठाउनुभएका हामीहरु उहाँहरुका समस्या र सपनाबारे यहाँ घनीभूत छलफल गर्छौं र सकारात्मक परिवर्तनका लागि तम्तयार भएर कदम चाल्छौँ।

हामीले शासकीय स्वरुपमा लोकतन्त्र त स्थापना गर्यौँ , तर लोकतान्त्रिक संस्थाहरुलाई सुधार  सकिरहेका छैनौँ। राज्यका हरेक महत्त्वपूर्ण लोकतान्त्रिक संस्थाहरु अहिले धरासयी अवस्थामा छन्। संविधानमा लेखिदैमा न्याय, समानता र स्वतन्त्रता प्राप्त हुँदैन। पुरा हुँदैनन्। तिनको त निरन्तर पैरवी गरिरहनुपर्छ। पक्कै पनि हाम्रो दायित्व लोकतन्त्रको पैरवी गर्ने र बडो मुस्किलले बनाइएको संविधानको रक्षा गर्ने हुनुपर्छ।। संविधानको भावनालाई आत्मसात् गर्न सकियो भने मात्र सही अर्थमा हामी हाम्रो शिशु लोकतन्त्रलाई अगाडि बढाउन सक्छौँ।

संविधानप्रति कतिपय समूहका विमतिहरु पनि छन्, जसलाई यही सदनमा व्यापक छलफल गरी टुंग्याउनुपर्छ। किनकि राजनीति र लोकतन्त्र भनेको सहमति मात्र होइन, विमति पनि हो। एकांकी विचारमात्र हाबी हुनु, प्रतिपक्षी विचार शून्य हुनु वा त्यसलाई नजरअन्दाज गरिनुले लोकतन्त्रको क्षयीकरण हुन्छ। त्यसैले माननीय सदस्यहरु समक्ष मेरो आग्रह छ, यो लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि तपाईंहरुका प्रतिपक्षी आवाज यस सदनमा बुलन्द भइरहनुपर्छ। विचारको विविधता र प्रतिपक्षी विचारको सहनशीलता परस्पर प्रतिस्पर्धात्मक विचारको मन्थनले नै लोकतन्त्रलाई उन्नत बनाउन सक्छ। त्यसैले वादविवाद यस संसदको आधारभूत लक्षण हुनुपर्छ। 

हामीले आफ्नो संसदीय शक्तिलाई फगत अंकगणितको खेलमात्र मान्यौं भने हामीले पाएको अमूल्य मतको अपमान त हुन्छ नै, नागरिक र समग्र देशमाथि पनि अन्याय हुन्छ। यहाँ हामीले के छलफल गर्यौँप, कस्ता विषयमा वादविवाद गर्‍यौँ, कस्ता विषयमा टीकाटिप्पणी गर्यौँ , यहाँ हाम्रो हाउभाउ कस्तो व्यक्त गर्यौँ , त्यो सबै यो देशका आम जनताले टेलिभिजनमार्फत हेरिरहनु भएको छ।

त्यसैले, लोकतन्त्र र संविधानलाई सुदृढ गर्ने यी यावत कुराहरुको सन्दर्भमा यस सदनको काम कर्तव्यलाई कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने पक्षमा सबैद उभिइरहनुभएको र यस अठोटका साथ अगाडि बढ्नुभएकी र राजनीतिमा प्रवेश गर्नुअगाडि समाजसेवामा आफूलाई समर्पित गरिरहनुभएकी र उपसभामुख पदको प्रतिस्पर्धामा सहभागिता जनाउनुभएकी राष्टिय स्वतन्त्र पार्टीकी माननीय सांसद इन्दिरा रानाको पक्षमा मतदान गर्न म सबै माननीय सदस्यहरुसमक्ष प्रस्ताव लिएर आएको छु।

इन्दिरा रानामगरको उम्मेदवारीको अर्थ र आवश्यकता
आज हुन गइरहेको संघीय संसदको उपसभामुख पदको निर्वाचन खास महत्त्वपूर्ण छ। संविधानको रक्षा, लोकतन्त्रको पैरवी र सकारात्मक संसदीय अभ्यासका लागि सांसद महत्त्वपूर्ण भूमिका हुन्छ। र यस महत्वपूर्ण पदमा निर्वाचनका लागि म माननीय इन्दिरा रानामगरका पक्षमा मतदान गरौं भन्ने प्रस्ताव लिएर आएकी छु।

माननीय इन्दिरा रानामगरको अनुहार यो संसदको नयाँ अनुहार हुनसक्छ। नयाँ पार्टीको सदस्यका रुपमा संसदमा प्रतिनिधित्व गर्दैं गर्दा पक्कै पनि उहाँ नया अनुहार नै हो जस्तो लाग्न सक्छ। माननीय इन्दिरा रानामगर समाज रुपान्तरणको अथक प्रयासपछि निखारिएर राजनीतिमा आउनुभएको व्यक्तित्व हो। 

उहाँ लामो समयदेखि कारागारमा हुने बाबुआमाका बालबच्चाको पालन पोषण र शिक्षा दिक्षामा आफ्नो जीवन समर्पण गर्नुभएको छ। जुन बच्चा आफ्ना बाबुआमाको कसुरको भागिदार हुन पुगेका थिए, जसको भविष्य अन्धकार थियो, जसले जेलका भित्ताबाहिरको संसार देख्न सकेका थिएनन्, तिनलाई संसार देखाउनुभएको छ।

तपाईं हामीमध्ये धेरैजना समस्या औंल्याएर मात्र बस्छौं, गुनासो मात्र गर्छौं। तर माननीय इन्दिरा रानामगर ती समस्याको समाधान खोज्ने किसिमको व्यक्ति हुनुहुन्छ। 

अन्धकारमा जीवन विताइरहेका कैयौं नेपाली बालबच्चालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरीमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, वहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मनानीत हुनु हो । लोकतन्त्र र संविधानको सर्वोच्चता बारे वहाँका स्पष्ट विचार छन् । यस सदनको गरीमा, र पदको जिम्मेवारीलाई वहाँले अत्यन्त कुसलतापुर्वक निभाउन सक्नुहुन्छ भन्ने म सबै भन्दा बढी विश्वस्त त म नै छु । 

उहाँले आफ्नो जीवन नै बाबबालिकाका रक्षाका लागि र नेपालको रक्षाका लागि समर्पित गर्नु भएको छ । उपसभामुखका लागि हुँदै गरेको यस निर्वाचनमा आफ्नो अमुल्य मत संविधानको रक्षा र लोकतन्त्रको पैरवीको पक्षमा माननीय इन्दिरा रानामगर प्रति समर्पित गरौं भनेर यहाँ उपस्थित सबै माननीय सदस्यज्यूहरुसँग आग्रह गर्न चाहन्छु।

उपसभामुखको काम कर्तव्यलाई बलियो बनाउन माननीय इन्दिरा रानामगरले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्नेमा म विश्वस्त छु।

यस लोकतान्त्रिक प्रतिस्पर्धमा भाग लिनुहुने माननीय सांसद मुक्ताकुमारी यादवलाई समेत म शुभकामना टक्र्याउन चाहन्छु । र संसदमा प्रतिपक्षको र प्रतिस्पर्धाको भावनालाई बर्करार राख्दै सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने माननीय सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेद्वार बनाएकोमा म नेपाली कांग्रेसलाई बधाइ तथा धन्यवाद पनि दिन चाहन्छु।

महात्मा गान्धीले भन्नुभएको छ, तपाईंले विनम्र तरिकाले नै संसार हल्लाउन सक्नुहुन्छ। अपार शैन्य शक्तिका बाबजुद ब्रिटिस साम्राज्यले गान्धीको सत्याग्रहसँग झुक्नुपर्योै । त्यसरी संसार हल्लाउने गान्धीको उपाय थियो, सत्याग्रह, अर्थात सत्यको आग्रह। गान्धीको सत्यको आग्रह अरु प्रति मात्र लक्षित थिएन, आफ्नै अन्तर्मनसँग सत्यको आग्रह थियो । आज मतदान गर्दै गर्दा हामीले आफैंसँग सत्यको आग्रह गरौं, र लोकतन्त्र, संविधानवाद, नेपाली नागरिकको सर्वोच्चता र स्वतन्त्रतताको पक्षमा मतदान गरौं।

(शनिबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखका लागि इन्दिरा रानालाई प्रस्ताव गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले दिएको मन्तव्य।)

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवाका बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते
ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन
सम्बन्धित सामग्री
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी अबको प्रश्न सरकार विपत्ति आउनुअघि कति तयार थियो, विपत्ति आउँदा कति सक्षम भयो र विपत्तिपछि नागरिकलाई कति सुरक्षित भविष्य दिन सक्छ भन्... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
रसुवाका बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते आइतबार, भदौ १४, २०८३
ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले बगाएको ७८८ जनाको शव भेटियो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : आइतबार भेटियो थप ५४ शव आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्