• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

तह-तहमा बिचौलिया : स्वदेशी धान विदेश पठाएर विदेशी चामल भित्र्याउँदा चर्को मूल्यवृद्धि

64x64
कल्पना घिमिरे शुक्रबार, माघ ६, २०७९  २०:४८
1140x725
भक्तपुरमा धान सुकाउँदै गरेका किसान (तस्बिर: रासस)

काठमाडौं- दैनिक भान्सामा खपत हुने खाद्यान्नको भाउले आकास छोएको छ। बिहान-बेलुकै पाक्ने चामलको मूल्य अचाक्ली वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्।

कलंकीको श्रेष्ठ किराना पसलमा चामल किन्न आएकी गीता थापा बजार भाउ आकासिँदा आफू मारमा परेको बताउँछिन्। पाँच महिनाअघिसम्म १७ सय ५० रूपैयाँमा पाइने २५ किलोको चामल मूल्य अहिले २१ सय ५० पुगेको गीताले बताइन्।

‘साउनमा जिरा मसिनो चामल २५ किलोको बोरा किन्दा १७ सय ५० मा पाइन्थ्यो। पर्ने अहिले २१ सय ५० पुगेको छ। छोइसाध्य छैन चामल बजारमा। दिनभरि काम गरेर बेलुकाको छाक टार्नु पर्ने बाध्यतामा बाँचेका हामी मजदूरले त अब चामल किनेर खान नसक्ने भयौं। यसप्रति सरकारको कुनै चासो छैन। महँगीप्रति पनि सरकारको ध्यान जाओस्,’ उनले भनिन्।

पहिला दाल र चामल नै किन्ने पैसाले अहिले चामल मात्रै किन्न पनि नपुग्ने उनको भनाइ छ। ‘साउनमा २१ सय रुपैयाँमा दाल, चामल किनेर लगेको अहिले चामल किन्न पनि त्यति पैसाले नपुग्ने भो,’ गीताले भनिन्।

त्यस्तै कलंकीमा ज्याला मजदूरी गर्ने गंगा श्रेष्ठ अघिल्ला वर्षका तुलनामा यस वर्ष चामलको मूल्यमा अत्यधिक वृद्धि भएको बताउँछिन्। ‘हामी जस्ता ज्यामी काम गरेर गुजारा टार्नेलाई अहिले महँगीले थिचेको छ। कहिले के महँगो। कहिले के महँगो। मँहगीले पेलेर जति दुःख गरे पनि खान-लाउन नै मुस्किल परिसक्यो,’ उनले भनिन्।

चामल मात्र नभएर हरेक सामान महँगो भएको उनी बताउँछिन्। ‘तेल, नुन, सुनदेखि तरकारी, लत्ताकपडाको भाउ पनि छोइसाध्य छैन। महँगीको मारमा हामी परेका छौं। यसप्रति सकारले कुनै वास्ता गरेन। महँगी बढेको बढ्यै छ। हाम्रो ज्याला बढ्दैन,’ उनको गुनासो छ।

ढुङ्गेअड्डाका श्यामबहादुर खड्काको पनि महँगीप्रति उस्तै गुनासो छ। दिनभरि मिहिनेत गरेर कमाएको पैसाले छाक टार्नै धौधौ हुने उनी बताउँछन्।

खुद्रा व्यापार संघले तोकेको मूल्यभन्दा महँगो
लोकल पोखरेली चामलको मूल्य खुद्रा व्यापार संघले प्रतिकिलो ९५ रूपैयाँ तोकेको छ। तर त्यही चामल बालाजुको ‘जय मनकामना राइस मिल’ ले प्रतिकिलो एक सय रूपैयाँमा बिक्री गर्छ। सोही चामल कलंकीको माओली सप्लायर्सले प्रतिकिलो एक सय १० रूपैयाँमा बिक्री गर्ने गरेको छ भने कलंकीको श्रेष्ठ किराना पसलमा त्यही चामललाई एक सय २० रूपैया पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पसलैपिच्छे फरक मूल्य हुँदा उपभोक्ता थप मारमा छन्। उपभोक्ताले एउटै चामलको मूल्यमा प्रतिकिलो १० रूपैयाँदेखि २५ रूपैयाँ बढी तिर्न बाध्य छन्। यसप्रति सम्बन्धित निकाय मौन छ। सम्बन्धित निकायले अनुगमन गरी समान मूल्य निर्धारण हुनुपर्ने उपभोक्ताको गुनासो छ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वदेशी धान उत्पादनमा वृद्धि भएको छ। मन्त्रालयका अनुसार यस वर्षमा करिब ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन  धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आकलन छ। तर स्वदेशी उत्पादनले मात्रै धान्न नसक्ने कृषि मन्त्रलयका प्रवक्ता प्रकाशकुमार सन्जेल बताउँछन्।

२०७५ सालमा लङ्ग ग्रेन बासमती चामलको मूल्य प्रति किलो १३० रूपैयाँ थियो। यो पाँच वर्षको अन्तरमा उक्त चामल प्रतिकिलो ३० रूपैयाँले वृद्धि भएर प्रतिकिलो १६० रूपैयाँ पुगेको छ। अन्य चामलको तुलनामा यो चामलको मूल्य अचाक्ली वृद्धि भएको देखिन्छ। 

२०७५ सालको यही अवधिमा त्रिशुलीको पोखरेली चामल प्रति किलो ८० रूपैयाँमा रहेको थियो भने ०७६ मा ५ रूपैयाँ बढेर २०७८ सम्म  ८५ रूपैयाँ कायम रहेको थियो। चालु आर्थिक वर्षको गत भदौदेखि प्रतिकिलो १० रूपैयाँले बढ्दा उक्त चामलको मूल्य प्रतिकेजी ९५ रूपैयाँ पुगेको छ।

Xtrem

Xtrem

data-11674040952.jpg

२०७५ सालको यही अवधिमा स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ७५ रूपैयाँ थियो। उक्त चामलको मूल्य अहिले प्रतिकिलो १० रूपैयाँले वृद्धि भएर ८५ रूपैयाँ पुगेको छ। 

खुद्रा व्यापार संघका अध्यक्ष पबित्र बज्राचार्यले बजारमा चामलको मूल्य वृद्धि हुनुको प्रमुख कारण चामल आपूर्तिमा सरकारको भूमिका गौण हुनु रहेको बताए। साथै सरकारले बेवास्ता गर्दा व्यापारीहरुले आफूखुसी आयात गर्ने र मूल्य निर्धारण गर्ने गर्नाले चामलको मूल्य वृद्धि भएको बताए।

‘चामल आपूर्तिमा सरकारको भूमिका गौण देखियो। यसले गर्दा व्यापारीले आफूखुसी चामल आयात गर्दा सरकारको हस्तक्षेप भएन। सरकारले नै स्वदेशी उत्पादन खाद्यन्न खरिद गरी बजारमा पठाउने व्यवस्था भएको भए ठूला व्यापारीले मनोपली मूल्य वृद्धि गर्न पाउने थिएनन्,’ उनले भने।

सरकारले स्वदेशी उत्पादन खरिद नगर्दा बिचौलियाले खरिद गरेर विदेश पठाउने र विदेशी चामल ल्याएर महँगोमा बिक्री गर्ने उनी बताउँछन्।

स्वदेशी उत्पादन 
मधेस प्रदेशमा यो वर्ष १३ लाख ८६ हजार ३ सय २८ टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा ०.१८ प्रतिशतले बढेको छ। प्रदेश १ मा १३ लाख ३६ हजार ५७ टन उत्पादन भएको छ। यो परिमाण गत वर्षको तुलनामा ५.७२ प्रतिशतले बढी हो।

लुम्बिनी प्रदेश ११ लाख ५१ हजार ३ सय १३ टन धान फलेको छ। प्रतिशतका हिसाबमा भने सबैभन्दा बढी सुदूरपश्चिममा ५ लाख ८९ हजार २ सय २१ टन धान फलेको छ। अघिल्लो वर्षको तुलनामा यो परिमाण ३३.३३ प्रतिशतले बढेको छ।

कर्णाली प्रदेशमा १ लाख २५ हजार १ सय ४६ टन फलेको छ। यो परिमाण गत वर्षको तुलनामा ३.४६ प्रतिशतले बढी हो। बागमतीमा र कर्णालीमा भने उत्पादन घटेको छ। बागमतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ टनमा सीमित भएको छ। 

गण्डकीमा पनि ३.७४ प्रतिशतले घटेर ३ लाख ९१ हजार १ सय २१ टन मात्रै उत्पादन भएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान १३ प्रतिशत छ।

साढे १२ अर्बको आयात 
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसीर) मा १२ अर्ब ६५ करोड ९९ लाख २३ हजार  रूपैयाँको मात्रै धान-चामल आयात भएको छ। 

परिमाणमा हिसाब गर्दा पाँच महिनामा दुई लाख ८२ हजार २३३ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभाको तथ्याङ्कमा उल्लेख छ।

जस अनुसार ७ अर्ब ७७ लाख ७२ हजार रूपैयाँको चामल मात्र आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ। जसमध्ये बासमती चामल (पालिस गरेको नगरेको) मात्रै १ अर्ब ९२ करोड ७८ लाख ७८ हजार रूपैयाँको आयात गरिएको छ। खैरो चामल २ हजार हजार रूपैयाँ र अन्य चामल (पालिस गरेको नगरेको) ५ अर्ब ७ करोड ९८ लाख ९२ हजार रूपैयाँको आयात भएको भन्सार विभागको तथ्याङकमा उल्लेख छ। 

त्यस्तै २८ करोड २६ लाख ३४ हजार रूपैयाँको कनिका आयात भएको भन्सार विभागले जनाएको छ। ५ अर्ब ३६ करोड ४७ लाख ३६ हजार रूपैयाँको धान आयात भएको छ। 

data-21674040997.jpg

वर्षमा १३० किलो चामल एक जनाको पेटमा
२०१६ को केन्द्रीय तथ्याङ्क विभागको खाद्यान्न खपत सम्बन्धी २०१६/०१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा औसत प्रतिव्यक्ति ११२ किलो चामल खान्छन्। नेपालीको प्रतिव्यक्ति चामल उपभोग बढेर वार्षिक १३० किलो हाराहारी पुगेको अनुमान गर्दा दुई करोड ९१ लाख नागरिकको पेट भर्न बढीमा ३८ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो। १०० किलो धानको ६२ किलो चामल रहने मानकका आधारमा हेर्दा ३८ लाख मेट्रिक टन चामल उत्पादन गर्न ६२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमा बिउका लागि थप धान आवश्यक पर्छ।

यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आकलन छ। बाहिरी मुलुकबाट पनि परिमाणमा हिसाब गर्दा पाँच महीनामा दुई लाख ८२ हजार २३३ मेट्रिक टन धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

सरकारले मूल्य नीति नल्याउँदा मूल्य वृद्धि
उपभोक्ता हित संरक्षण नेपालका सचिव विष्णुप्रसाद तिमिल्सिना स्वदेशी उत्पादन विदेश पठाएर विदेशी धान चामल आयात गर्दा चामलको मूल्य वृद्धि हुने गरेको बताउँछन्। साथै उनले सरकारले समयमा धानको मूल्य नतोक्दा बिचौलियाले धान खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दा चामलको भाउ बढेको बताए।

साथै स्वदेशी उत्पादनले नै नेपालीहरुलाई खान पुग्ने उनले बताए। ‘चामल मात्र खाद्यान्न होइन। गहुँ मकै, कोदो, फापर लगायतका अन्य स्थानीय स्तरमा उत्पादन हुन्छन्। तर हामी चामललाई मात्र खाद्यन्नको रुपमा हेर्छौं। चामल बाहेकका पौष्टिकजन्य थुप्रै खाद्यान्य हाम्रा स्थानीय उत्पादन छन्। तर अहिले हामी आफ्ना उत्पादन खेर फालेर विदेशी गुणस्तरहीन चामल खान्छौं। विदेशबाट आयातित चामल, आर्टिफिसियल चामल हुन्। जुन अखाद्य चामललाई खानयोग्य बनाएर ल्याइएका हुन्छन्,’ उनले भने।

उनले सरकारले उपभोक्ताका लागि खाद्यान्नको मूल्य नीति नल्याउनु मूल्य वृद्धिको प्रमुख कारण रहेको बताएका छन्। ‘सरकारले अहिलेसम्म कुनै उपभोक्ताका लागि मूल्य नीति ल्याएको छैन। कहिल्यै बजारको तह निर्धारण भएन,' उनले भने, 'उत्पादक र उपभोक्ताबीच तीन तह हुनुपर्ने हो। तर हामीले सात तहसम्म देखेका छौं। यसरी तहतहमा बिचौलिया हुनाले मूल्यमा वृद्धि भएको छ।'

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्