काठमाडौं- पोखरामा दुर्घटनाग्रस्त विमानमा डा सुशील श्रेष्ठ दम्पती पनि सवार रहेको पाइएको छ। दुर्घटनामा परेको काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन–एसीएनसी विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकर पनि रहेको पुष्टि भएको छ।
ट्रमा सेन्टरका मेसु डा रुद्र मरासिनीका अनुसार डा श्रेष्ठ अस्पतालबाट बिदा लिएर परिवारसहित पोखराको यात्रामा थिए। पोखराका डा श्रेष्ठ आफन्तसँग भेटघाटका लागि घर जाँदै थिए।
जहाज दुर्घटनाबाट ३२ जनाको शव निकालिएको छ। अहिलेसम्म ३२ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको हो।
उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ। काठमाडौंबाट पोखराका लागि उडेको एन ९–एएनसी एटीआर–७२ जहाज दुर्घटनामा परेको थियो।
अहिले पनि उद्धार कार्य जारी रहेको छ। जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।