• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘लभगुरु’को बस: भाडा बोक्न बिर्सिएका यात्रुले पाउँछन् १०० रुपैयाँ बोनस!

64x64
कल्पना घिमिरे शनिबार, पुस ३०, २०७९  १२:३१
1140x725

काठमाडौं–  मंगलबार बिहान ९ बजे कलंकी चोकमा बस कुर्ने यात्रुको भीड थियो। स्वयम्भुबाट बा५ख ९१०६ नम्बरको लभगुरु एक्सप्रेस (शुभकामना) चोकमा आएर रोकियो। 

बसका सहचालकले बोलाए– ‘ल आउनुस् बानेश्वर, कोटेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर। बस स्वयम्भुदेखि भक्तपुर विरुवासम्म चल्नेरहेछ।’

‘गुड मर्निङ, गुड मर्निङ। सबैलाई नमस्कार, धेरैपछि स्वागत छ– लब गुरु एक्सप्रेसमा।’ 

‘आराम कुशल हुनुहुन्छ सबैजना?’ ‘बोल्नु हुन्न, लजाउनु भएको होकी रिसाउनु भा हो?’ 

यात्रुहरूसंग परिचित लवजमा बोलिरहेका थिए बसका चालक प्रेम घिसिङ। 

Prem_Bus_41673593452.jpg

बसको ढोकानिर पानीको कार्टुन छ। सिटमाथि साना डोका झुण्डाइएका छन्। डोकामा लेखिएको छ, ‘लब गुरुको गाडीमा फोहोर डोकोमा।’ 

अनि अर्को साइडमा लेखिएको छ– ‘फोहोर मलाई।’

Ncell 2
Ncell 2
nimb
nimb

चालक र सहचालकको नम्र बोलीले नयाँ यात्रुहरू अचम्मित थिए।  ‘पहिला त चक्लेट हुन्थ्यो, आज खै?’ यसअघि नै लभगुरु एक्सप्रेस बस चढिसकेकी एक यात्रुले सोधिन्। 

‘काकी, हात अगाडि बढाउनुस्। मुख मीठो गर्दै यात्रा गर्नुस्,’ रुद्राक्षको ढकियाबाट एक मुठ्ठी चकलेट निकालेर उनले दिँदै भने, ‘अनि यो मुना बाँडेर खानुस्।’

चालकले तीन चारथरिका चकलेट एकै ठाउँ मिसाएर ‘मुना’ नाम दिएका रहेछन्।

‘पीरो, नुनिलो, गुलियो सबै प्रकारका चकलेट भएकाले मुना नाम दिएको,’ उनले कारण खुलाउँदै भने।

उता सहचालक ‘पछाडिदेखि मिलेर बस्नुस हजुर’ भन्दै यात्रु मिलाउँदै थिए। अफिस टाइम भएकाले एकै छिनमा बसमा यात्रु भरिए। चालकले गियर दबाएर स्टेयरिङ घुमाएपछि बसको यात्रा सुरु भयो। र सँगै उनले सुरु गरे जीवनका आफ्ना कथा।  

Prem_Bus_11673593450.jpg

रामेछापको धोवी गाउँमा उनी जन्मे। गोठालो जाँदै उनले बाल्यकालमा पढाइ जारी राखे। ०५६ सालमा एसएलसी सकेर उनी नेपाल आर्मीमा भर्ती हुन गए। बुबा इण्डियन आर्मी भएकैले चाहना पनि त्यही थियो– छोरा आर्मी बनोस्। 

तर भर्ती भएको केही महिनामा बुबालाई त्यतिबेलाको भूमिगत माओवादीले अपहरण गर्‍यो। 

‘माओवादीले बुवालाई छुटाउन कि जागिर छाड् कि एक लाख रुपिँया दे भनेर मागे। पैसा दिन सकिनँ, जागिर छाडेँ,’ उनी सम्झन्छन्।

 ०००

बस त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पुगेर रोकियो। बसमा ब्रेक लगाउँदै प्रेमले ठूलो स्वरमा बोले, ‘कोही हुनुहुन्छ साउदी, कतार, मलेसिया, अमेरिका, अष्ट्रेलिया जाने? हुनुहुन्छ भने झर्नुस् है यहीँ हो।’ 

Prem_Bus_21673593451.jpg

त्यहाँ केही यात्रुहरू ओर्लिए। 

‘जाऊँजाऊँ गुरु,’ केहीछिनमा सहचालकले संकेत गरे। 

त्यसपछि बस अगाडि बढ्यो। प्रेमले आफ्ना विगतका प्रसंग पनि अगाडि बढाए। 

बुबा छुटेपछि पनि उनी माओवादीको तारोमा परिरहे। त्यही डरले उनी इण्डिया गए। एकजना साथीको लहैलहैमा इण्डियन आर्मी बन्छु भनेर हानिएका उनी त्यहाँ पुगेपछि अलपत्र परे। ‘आर्मी बनाइदिन्छु भनेर पैसा लिएको मान्छे ट्वाइलेट जान्छु भनेर हिँड्यो। फर्किएर आएन,’ उनले भने। 

प्रेम र उनका साथी मुम्बईको नालीमा तीन दिन भोको पेट सुते। चौथो दिन उनीहरूले एकजना भारतीय व्यक्ति भेटे, ती व्यक्तिले सुरक्षा गार्डको काम पाउने ठाउँमा पुर्‍याए।

दुवैसँग नेपाल आर्मीको कार्ड थियो। कार्ड भएपछि सुरक्षा गार्डको जागिर सजिलै पाए। प्रेमको ड्युटी मन्दिरमा थियो। ७ महिना ड्यूटी गरेपछि उनी कम्पनीमा पुगे।

००० 

बस थापाथली क्याम्पस पुगिसकेको थियो। चालकले यात्रु ओराल्न बस रोके। ‘दिदीबहिनीका लागि माइतीघर दाजुभाइका लागि ससुराली घर आयो। यता झर्ने हुनुहुन्छ भने झर्नुस्,’उनले ठट्यौली पारा मिसाउँदै भने। बस फेरि अगाडि लाग्यो। उनले आफ्नो कथा जारी राखे। 

Prem_Bus_51673593453.jpg

उनी गार्डको काममा सन्तुष्ट थिएनन्। इन्डियाकै एउटा साथीले ड्राइभिङ सिक्न सल्लाह दिए। एक सरदारले ड्राइभिङ सिकेर आफ्नो गाडी चलाउने मान्छे खोजेका थिए। ती साथीले सरदारसँग भेट गराइदिए। त्यसपछि सरदारले उनलाई ड्राइभिङ सिकाए। 

आफूलाई चालक बनाउने ती इण्डियन साथीको गुन उनी कहिल्यै बिर्सन्नन्। गाडी सिकेपछि प्रेमले सवारी चालक अनुमति पत्र पाए। त्यसपछि उनी सरदारको पक्का चालक बने।

त्यसपछि सरदारले उनलाई मासिक ७ हजार आइसी तलब दिएर राखे। 

०६३ पछि नेपालमा गणतन्त्र स्थापित भयो। अब देशमा पहिलेजस्तो द्वन्द्व हुनेवाला थिएन। उनी ढुक्क भएर नेपाल फर्किए। घर फर्केर निकै समय बसे। कमाइ देखेनन्। त्यतिबेला साथीभाइ विदेश जाने लहड थियो। उनले पनि पासपोर्ट बनाए। बनाएको केही समयमै उनी साउदी पुगे।  

साउदीमा उनले २ वर्ष ड्राइभिङ गरे। तर कमाइ राम्रो थिएन। बहराइनमा राम्रो कमाइ छ भन्ने सुनेका थिए प्रेमले। त्यसपछि उनी बहराइन गए। बहराइनमा पनि उनले ड्राइभिङ नै गरे।

८ वर्ष उनी बहराइन बसे।

‘कतिन्जेल बस्ने विदेश। अब नेपालमै फर्केर केही गर्छु,’ विदेशमा एक दशकभन्दा बढी बिताएपछि उनले निक्र्यौल गरे। 
त्यसपछि नेपाल फर्किएर प्रेमले बस चलाउन थाले। उनले सुरुमा पर्यटनका बस चलाए। कमाइ राम्रै थियो। 

तर केही समयपछि उनलाई काठमाडौं उपत्यकाभित्र बस चलाउन मन लाग्यो। उनले बागमती यातायात थानकोटदेखि बालकोट सम्मको रुटमा चलाए। २ महिनापछि फेरि उनले स्वयम्भुदेखि बालकोटको शुभकामना बस चलाए।

Prem_Bus_31673593451.jpg

५ वर्ष साहुको गाडी चलाए। २ वर्षअघि बैङ्कबाट ऋण झिकेर आफ्नै गाडी किने। ‘गाडीको १३ लाख बुझाएँ। अब २३ लाख बाँकी छ,’ उनी भन्छन्। 

गाडीका मालिक आफैं थिए। उनले यात्रुहरूका लागि सुविधा आफ्नै बसमा के हुनसक्छन् भनेर सोचे। 

त्यसपछि प्रेमले बसमा यात्रा गर्ने यात्रुलाई निःशुल्क पानी र चकलेट बाँड्न थाले। यदि कुनै यात्रुले घरमा पैसा बिर्सिएको छ भने उनलाई १ सय रुपैयाँ बोनसधरि दिने सुविधा प्रेमको बसमा छ। 

चकलेट राखिसकेपछि फोहोर फाल्न समस्या हुने। उनले फोहोर फाल्न सहज हुनेगरी सिटको माथिपट्टि सानो डोको राखे। चकलेट र पानी राख्दा यात्रुहरू खुसी हुन्छन्। उनीहरू खुसी हुँदा प्रेम पनि खुसी हुन्छन्। ‘अरुले किन यसो गरेको, घाटा लाग्दैन भनेर सोध्छन्। तर मलाई के घाटा,’ उनी भन्छन्।

प्रेमको बसमा आठ कक्षासम्मका विद्यार्थी, अपाङ्ग, अशक्त, वृद्धलाई भाडा लाग्दैन।

०००

प्रेमले बसमा पानी भने त्यसै राखेका हैनन्। यसमा उनको बाल्यकालको सम्झना जोडिएको छ।  

उनी सानो हुँदा गाउँमा घाँस काट्न जङ्गल पुगेका थिए। जङ्गलमा तिर्खा लाग्दा पानीको मुहान कतै भेटिएन। उनी पानी खोज्न जङ्गलमा भौतारिए। जङ्गलमा पानी नपाउँदा आफूलाई प्यास लागेको घटना सम्झिएकै कारण उनले गाडीमा पानी राखेको बताए।

उनले बसबाट दिनमा कम्तिमा चार हजार कमाउँछन्। यो कमाइले उनलाई प्रशस्त  पुग्छ काठमाडौंमा। 

बस चलाउने क्रममा उनको जीवनमा डरलाग्दो क्षण पनि आयो। 

गत बैशाखमा उनको बस सर्लाहीबाट फर्कँदै थियो। धुलिखेलमा आइपुगेपछि बाइक गाडीमा आएर एक्कासि ठोकियो। उक्त बाइकका चालक र पछाडी बस्ने व्यक्ति गम्भीर घाइते भए। उपचारका क्रममा एकजना घाइतेको मृत्यु भयो। प्रेम जेल परे। उनको मनले भन्छ, ‘मेरो गल्ती थिएन।’ 

२६ दिनपछि उनी जेलबाट छुटे १४ लाख ऋण बोकेर। उनी फेरि आफ्नो दैनिकीमा लागे। 

त्यो डरलाग्दो घटना उनी कहिल्यै भुल्न सक्दैनन्। ‘२२ वर्ष गाडी चलाएँ। यस्तो केश कहिल्यै लागेको थिएन। म नेपालमै भएँ ज्यानमारा ड्राइभर। विना गल्ती १४ लाखको चोट लागेको छ,’उनी दुःखी मुद्रामा भन्छन्।

०००

कथा सुन्दासुन्दै बिरुवाको बस बिसौनी आइपुगेछ। गन्तब्य सकिएपछि सबै यात्रु ओर्लिए। चालक पनि बस बिसाएर खाना खाने होटलतर्फ लागे। उनले सँधै खाना खाने ठाउँ होटल थियो त्यो।

खाना खाइसकेपछि फेरि बस स्टार्ट गरे प्रेमले। विरुवादेखि बालकोट हुँदै कलंकीतर्फ लागे। छोटो दुरीमा यात्रा गर्ने यात्रुबाट उनले १० रुपैयाँ मात्र पनि लिए।

‘दुई मिनेटको बाटोमा के २० रुपैयाँ लिने,’ उनी भन्थे।

उनी जतिबेलै पनि यात्रुसँग नम्र भएर बोल्थे। सहचालक पनि उस्तै भद्र थिए। फर्किँदा पनि प्रेमले यात्रुहरूलाई चकलेट बाँडिरहे। 

उनको चकलेटले केही यात्रुहरू ओर्लँदासम्म पनि मुख मिठाइरहेका देखिन्थे। 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्