गुल्मी– जिल्ला प्रशासन कार्यालय, गुल्मीले सेवा प्रवाहलाई सहजता ल्याउनका लागि टाइम कार्ड लागु भएपछि सेवाग्राहीलाई विगतमा भन्दा सहजता भएको बताइएको छ।
जिप्रकाबाट हुने सेवाअन्तर्गत राहदानी वितरण, संघसंस्था नवीकरण, नाबालक परिचयपत्र, नयाँ नागरिकता, पेन्सेनरको सिफारिससम्बन्धी र राहदानी आवेदनमा टाइम कार्ड लागु गरिएको छ। टाइम कार्ड सेवा लागु भएपछि नागरिकलाई सहज हुने आशा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए।
जिप्रका गुल्मीले टाइम कार्ड लागु गरेपछि आफूहरूलाई सहज र समयको बचत भएको सेवाग्रहीको भनाइ छ। टाइम कार्ड लागु भएपछि आफ्नो पालो नआउन्जेलसम्म अन्य काम गर्न सकिने हुँदा सेवाग्राहीलाई सहज भएको बताइन्छ।
जिप्रकाका दिनमा ७० देखि ८० सम्म राहादानी बन्ने गरेका छन्। टाइम कार्ड लागु भए पनि प्रशासनले साँझसम्म सेवा दिने गरेको छ। टाइम कार्ड लागु भएपछि सेवागा्रही आफनो पालोअनुसार आउने गर्नाले प्रशासन कार्यालयमा भिडभाड पनि कम हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।