• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मधेस प्रदेशको कृषि: गत वर्ष वृद्धि, यो वर्ष ह्रास

64x64
कल्पना घिमिरे बुधबार, पुस २७, २०७९  ०७:००
1140x725

काठमाडौं- मधेस प्रदेशमा पर्ने तराई क्षेत्रलाई अन्न भण्डार मानिन्छ। मधेस प्रदेशमा धान, गहुँ, मकै लगायतका प्रमुख बालीदेखि फलफूल तथा तरकारी, बागवानी र मसलाजन्य कृषि उपज उत्पादन हुन्छ।

तर, चालु आर्थिक वर्षमा मधेस प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ०.५३ प्रतिशतले ह्रास आई ६३ लाख ८२ हजार ६ सय १२ मेट्रिक टन कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 

अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा बालीको कुल उत्पादन ३.३१ प्रतिशतले वृद्धि भएको थियो।

कृषि बाली उत्पादनमा ह्रास आउनुको कारणबारे आफूलाई जानकारी नभएको मधेस प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले बताइन्।

‘के कारणले उत्पादनमा ह्रास आयो भन्ने हामीले सर्वेक्षण गरेर हेर्नुपर्छ। कृषि उत्पादन बढाउन के-कस्ता कार्यक्रम भइरहेका छन्, म अहिले जानकार छैन। प्रवक्तालाई सोध्नूस्,’ उनले जवाफ दिइन्।

खाद्य बाली अन्तर्गत कुल खेती गरिएको क्षेत्रफलमा सामान्य वृद्धि भए तापनि सिँचाई सुविधामा उल्लेखनीय वृद्धि नहुनु, मलखाद र बिउ-बिजनको सहज उपलब्धता नहुनु र बेमौसमी वर्षात् तथा बाढीको कारण खाद्य तथा बालीहरूको उत्पादनमा ह्रास आएको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ।  

समग्र कृषि बालीहरूको उत्पादनमा ह्रास आउनुको एउटा कारणमध्ये पर्सा जिल्लामा अवस्थित श्रीराम सुगर मिल्स बन्द हुनु हो। सुगर मिल्स बन्द भएपछि त्यस क्षेत्रमा उल्लेख्य रुपमा उखु खेती गर्ने किसानहरू घटेका छन्। उखु किसानहरूले उखुको उचित मूल्य नपाउनु र थप बाली लगाउन प्रोत्साहन नहुँदा उखुको उत्पादन घटेको देखिन्छ। 

त्यस्तै सरकारले समयमा मूल्य निर्धारण नगर्दा उखु खेती घट्दै गएको उखु उत्पादन महासंघका उपाध्यक्ष तथा सिरहाका उखु किसान श्यामबाबु राय बताउँछन्।

nimb
nimb

‘उखुमा मल हाल्ने बेलामा मल पाउन मुस्किल छ। त्यसमाथि सरकारले मूल्य तोक्न ढिलाइ गर्छ। अन्य बाली लगाउने बेलामा समस्या हुन्छ। हामीले चाहेको मूल्य दिँदैन। मूल्य नपाएपछि हामी खेती छाड्न बाध्य हुन्छौं। अब विस्तारै विस्थापित हुँदैछौं,’ रायले भने।

प्रमुख कृषि बालीले ढाकेको भू-क्षेत्र
आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा मधेस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू-क्षेत्रफलमा ०.३० प्रतिशतले ह्रास आई ११ लाख ६३ हजार २९ हेक्टर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त भू-क्षेत्रफलमा ०.३९ प्रतिशतले वृद्धि भई ११ लाख ६६ हजार ४ सय ९२ हेक्टर पुगेको थियो।

hissa-71673167238.jpg

चालु आर्थिक वर्षमा आलु र दलहनले ढाकेको क्षेत्रफलमा क्रमशः ३.७० प्रतिशत र १.०५ प्रतिशतले वृद्धि भएको छ भने धान, उखु, तेलहन र गहुँले ढाकेको क्षेत्रफलमा क्रमशः ३.५७ प्रतिशत, २.८८ प्रतिशत, २.४४ प्रतिशत र ०.४५ प्रतिशतले ह्रास आएको छ। समग्र खाद्य तथा अन्य बालीले ढाकेको भू-भागमा ०.४३ प्रतिशतले ह्रास आएको छ भने गत आर्थिक वर्षमा उक्त भू-क्षेत्रफलमा ०.१२ प्रतिशतले वृद्धि भएको थियो।

तरकारी तथा बागवानी उत्पादनको स्थिति
चालु आर्थिक वर्षमा तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्रमा ३.२४ प्रतिशतले वृद्धि भई ८४ हजार ५ सय ७ हेक्टर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्रमा १.६९ प्रतिशतले वृद्धि भई ८१ हजार ८ सय ५६ हेक्टर पुगेको थियो। 

तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्र वृद्धि हुँदै जानुमा कोभिड-१९ महामारीको प्रभावमा कमी आई उत्पादित तरकारीले समयमै बजार पाउनुका साथै समग्र खेतीपाती वृद्धि हुनु हो। तरकारी तथा बागवानीले ढाकेको भू-क्षेत्रफलमा महोत्तरी जिल्लामा सबैभन्दा बढी १७ हजार ८ सय हेक्टर अर्थात् कुल मधेस प्रदेशको २१.०६ प्रतिशत र पर्सा जिल्लामा सबभन्दा कम ३ हजार ७ सय ९० हेक्टर अर्थात् कुल मधेस प्रदेशको ४.४८ प्रतिशत रहेको छ।

hissa-81673167271.jpg

चालु आर्थिक वर्षमा तरकारी तथा बागवानीको उत्पादन २.५५ प्रतिशतले वृद्धि भई ११ लाख ५७ हजार ४ सय ७४ मेट्रिक टन पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा तरकारी तथा बागवानीको उत्पादन ८ प्रतिशतले वृद्धि भएको थियो। 

उत्पादित तरकारीमध्ये सबैभन्दा बढी महोत्तरी जिल्लामा ३ लाख ११ हजार ५ सय मे. टन अर्थात् कुल मधेस प्रदेशमा उत्पादित तरकारीको २६.९१ प्रतिशत उत्पादन भएको छ भने पर्सा जिल्लामा सबैभन्दा कम ७२ हजार ४ सय ५० मेट्रिक टन अर्थात् कुल मधेश प्रदेशमा उत्पादित तरकारीको ६.२६ प्रतिशत उत्पादन भएको छ। 

खाद्य तथा अन्य बाली
यस आर्थिक वर्षमा सुर्ती, कोदो, आलु, गहुँ, मकै र सनपाटको उत्पादनमा क्रमशः ३.७० प्रतिशत, २.७४ प्रतिशत, ०.६२ प्रतिशत, ०.५१ प्रतिशत, ०.५० प्रतिशत र ०.२० प्रतिशतले वृद्धि भएको छ भने धान, जौ, उखु, तेलहन र दलहनको उत्पादनमा क्रमशः ३.२४ प्रतिशत, १.८२ प्रतिशत, १.३४ प्रतिशत, ०.७२ प्रतिशत र ०.७१ प्रतिशतले ह्रास आएको छ। 

धान बाली पाकेर भित्र्याउने समयमा परेको झरीले पाकेको धानबाली नास भएको कारणले धान बालीको उत्पादनमा ह्रास आएको हो। गत आर्थिक वर्षमा गहुँ र जौ बाहेक अन्य सबैको उत्पादनमा वृद्धि भएको थियो। गहुँ र जौको उत्पादनमा भने क्रमशः ५.४३ प्रतिशत र ०.०४ प्रतिशतले ह्रास आएको थियो। 

khadhya1673164778.jpg

फलफूल 
आर्थिक वर्षमा फलफूल र मसलाको उत्पादनमा क्रमशः ०.९७ प्रतिशत र ०.४१ प्रतिशतले वृद्धि भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा फलफूलको उत्पादनमा १७.६२ प्रतिशतले वृद्धि भएको थियो र मसलाको उत्पादनमा १.८५ प्रतिशतले ह्रास आएको थियो। समीक्षा वर्षमा फलफूलको उत्पादनमध्ये केरा र आँपको उत्पादन क्रमशः १.७५ प्रतिशत र ०.७८ प्रतिशतले वृद्धि भएको छ। 

चालु आर्थिक वर्षमा आँप, केरा तथा अन्य फलफूलको उत्पादनमा वृद्धि हुनुमा विगत केही वर्ष अघिदेखि फलफूल खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएकोले खेती गरिएको जग्गाको क्षेत्रफलमा वृद्धि हुनु हो।

मसला
मसलाको उत्पादनमध्ये लसुन, प्याज, बेसार र अन्य मसलाको उत्पादनमा क्रमशः १.९४ प्रतिशत, ०.०१ प्रतिशत, १.१९ प्रतिशत र २.४७ प्रतिशतले वृद्धि भएको छ भने अदुवाको उत्पादनमा १.५० प्रतिशतले ह्रास आएको छ। 

पशुपक्षीजन्य उत्पादन
चालु आर्थिक वर्षमा दूधको उत्पादनमा ६.०३ प्रतिशतले ह्रास आएको छ भने मासुको उत्पादनमा ६.४९ प्रतिशत, अण्डाको उत्पादन २.३३ प्रतिशत र छालाको उत्पादनमा ४.८५ प्रतिशत वृद्धि भएको छ। गत वर्षको यसै अवधिमा छालाको उत्पादनमा ५.७८ प्रतिशत, दूधको उत्पादनमा २.६० प्रतिशत, मासुको उत्पादन ५.०९ प्रतिशत र अण्डाको उत्पादन २.०८ प्रतिशत वृद्धि भएको थियो।

pasu-pachchhi1673164608.jpg

चालु आर्थिक वर्षमा कुल दूध उत्पादनमध्ये सिरहा जिल्लाको हिस्सा सबैभन्दा बढी २१ प्रतिशत रहेको छ भने रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ३.४८ प्रतिशत रहेको छ। त्यसैगरी, चालु आर्थिक वर्षको यस अवधिमा कुल मासु उत्पादनमध्ये पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २८.१९ प्रतिशत रहेको छ।

धनुषा जिल्लाको हिस्सा सबैभन्दा कम ३.३८ प्रतिशत रहेको छ र कुल अण्डा उत्पादनमध्ये सप्तरी जिल्लाको हिस्सा सबैभन्दा बढी ३३.८७ प्रतिशत रहेको छ भने धनुषा जिल्लाको हिस्सा सबैभन्दा कम २.४७ प्रतिशत रहेको छ। 

माछा उत्पादन
चालु आर्थिक वर्षमा माछाको उत्पादन ६.४२ प्रतिशतले वृद्धि भई ४० हजार ५ सय ४६ मे. टन पुगेको छ। गत वर्षको सोही अवधिमा यो उत्पादन ५.०२ प्रतिशतले वृद्धि भई ३८ हजार ६ सय ४६ मे.टन भएको थियो। समीक्षा वर्षमा सबैभन्दा बढी माछा उत्पादन वृद्धि दर सिरहा जिल्लामा कुल उत्पादनको २२.२३ प्रतिशत तथा सबैभन्दा कम पर्सा जिल्लामा कुल उत्पादनको १.१३ प्रतिशत रहेको छ।

machha1673164576.jpg

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
रसुवाको टिमुरेमा चार दिनपछि सात वर्षीया बालिकाको जीवितै उद्धार शनिबार, भदौ १३, २०८३
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्