• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘इमर्जेन्सी’ राहदानी बनाउन उपत्यका बाहिरबाट आएका सेवाग्राहीलाई सास्ती, भन्छन्– धाउन थालेको पाँचदिन बितिसक्यो

64x64
कल्पना घिमिरे बुधबार, पुस २०, २०७९  २०:३१
1140x725

काठमाडौं– बुधबार राहदानी विभाग वरपर निकै भिडभाड थियो। विभागका सबै डिपार्टमेन्ट अगाडि सेवाग्राहीहरु लामो लाइन लागेका थिए। केही मानिस विभाग छेउको दुबोेमा घाम तापेर बसेका थिए। जसमध्ये इटहरीकी दीपा विश्वकर्मा पनि थिइन्। उनी राहदानी बनाउन आएकी थिइन्। उभिन गाह्रो भएपछि छेउछाउका साथीलाई भनेर लाइनमा आफ्नो ठाउँ रोकेर घाममा बसेको उनले बताइन्।

दुई सय रुपैयाँ बुझाउँदा साइबरले दीपाको राहदानी बनाउने मिति बुधबारकै दिएको थियो।

‘उपत्यकाबाहिरबाट प्रोसेस गरेर डेट लिएको छ। अब पासपोर्ट कहिले बन्छ त थाहा छैन मलाई इमर्जेन्सी छ। आइइएलटीएस परीक्षाका लागि पासपोर्ट बनाउनुपर्ने,’ उनले भनिन्।

आफैँ फारम भर्नका लागि केही गल्ती होला कि भन्ने डरले अनलाइनबाट भर्ने प्रयास नगरेको उनले बताइन्।

सर्लाहीका नवराज खनाल पनि पासपोर्ट नवीकरण गर्न विभाग आइपुगेका थिए। तत्काल राहदानीको आवश्यकता परेकाले आफू काठमाडौंको विभाग आउन बाध्य भएको उनले बताए। उनी विभागमा धाउन थालेको पाँचदिन बितिसक्यो। तर अझै राहदानी नबन्दा आफू चिन्तित बनेको उनले बताए।

साउदी अरेबियाको आरम कम्पनीमा राम्रो काम पाएकाले आफू साउदी जान लागेको उनले जानकारी दिए।

‘त्यो कम्पनीका लागि २० दिनमा भिसा लाग्छ। जिल्लामा पासपोर्ट २० दिनमा बन्दैन, त्यसकारण म यहाँ छिटो बन्छ भनेर आएको हुँ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

राहदानी बनाउने मिति लिने फारम उनले सर्लाहीबाट भरेका थिए। त्यहाँको साइबरले फारम भर्दा ४७ सय लिएको उनले बताए।

‘दाइले भरिदिएको, वडामा गएर भर्दा सरकारी हिसाबले १७ सयको भौचर नै छ। तीन हजार चाँहि अतिरिक्त दिएर फारम भरिदिएको छ,’ उनले भने।

राहदानीको सबै प्रक्रिया सकिएको तर लिन बाँकी रहेको उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘आज म्यासेज आउँछ भनेर बसेको कतिबेला आउँछ। म्यासेज आएपछि पासपोर्टको काम सकिन्छ,’ उनले भने।

इलामका सुमन घतानी पनि उस्तै समस्यामा थिए। एक हप्तादेखि आफू विभाग धाउन थालेको उनले बताए। ‘सबै प्रक्रिया पूरा भइसकेको छ। तर पासपोर्ट बनेको म्यासेजको घण्टी मोबाइलमा बज्न बाँकी छ,’ उनले भने।

दसैंअगाडि आफ्नै जिल्लाबाट राहदानी बनाउन उनी जिल्ला सदरमुकाम पुगेका थिए। त्यहाँ बन्ने छाँटकाँट नदेखिएपछि आफू काठमाडौं आउन बाध्य भएको उनले बताए।

‘जिल्ला सदरमुकाममा लामो समयसम्म झुलायो। पहिला फारम भर्दा ३५ सय लिएको थियो तर डेट दिएन भनेर पछिपछिको लागि सार्दै गयो। त्यसपछि यहाँ नहुने रहेछ भनेर म काठमाडौं आएको हुँ,’ उनले भने। 

आफूभन्दा २ दिनपछि आएका एक साथीले राहदानी बनाएर घर फर्किसकेको उनले बताए।

०००
सिन्धुपाल्चोकका पास्तेम्बा शेर्पा र खोटाङका हरिकुमार बुढाथोकीसँगै विभागमा भेटिए। दुवैजना विभाग धाउने क्रममा आफुहरुको  चिनजान भएको बताए।

हरिकुमारले डेढसय रुपैयाँ बुझाएर १५ दिन अघि पासपोर्ट बनाउने डेटकालागि फारम भरेका  थिए।

‘यहाँ विभाग र साइबरको सेटिङ हुँदो रहेछ। सीमित कोटा जोसँग सेटिङ छ उसँग हुँदो रहेछ। एउटा फारम भरेवापत म्याक्सीमम ३ हजारदेखि १५ हजारसम्म लिन्छन्। त्यो मात्र होइन २५ हजार तिर्नु पासपोर्ट तुको तु निकाल्दिन्छु भनेर यतै नजिकका मान्छेले भने, तर मैले डेढसयमा भरेँ ,’ उनले भने। 

अर्का पास्तेम्बा शेर्पाले पाँच हजार बुझाएर अनलाइन फारम भरेको सुनाए।

पास्तेम्बाले आफूले ५ हजारमा फारम भरेकोबारे लाइन बस्दा खोटाङका हरिकुमार बुढाथोकीलाई सुनाएको बताए। आफूले फारम भर्दा प्रमाण राखेका हुँदा प्रहरीमा उजुरी दिने सल्लाह गरेपछि उजुरी गरेको उनले बताए। उक्त साइबरलाई प्रहरीले कारबाही प्रक्रिया गरिरहेको उनको भनाइ छ।

‘उहाँले मलाई नभन्नुभएको भए उहाँको पाँच हजार त्यो साइबरले खाइदिने रहेछ। भनेको भएर हामीले त्यो साइबरलाई प्रहरीमा उजुरी दिन सफल भयौं र पैसा फिर्ता आउने कुरा छ,’ हरिकुमारले भने।

०००
त्यस्तै, विभागको गेटमा  कैलालीका हरिप्रसाद चौधरी निराश भएर बसेका भेटिए। उनलाई के भएको छ भनेर मैले जान्न चाहेँ। त्यसपछि उनीसँग कुराकानी अघि बढाएँ।

‘तपाईँको पासपोर्ट बनाउने काम सकियो?’

‘कहाँ सकिनु यहाँ अनलाइनबाट भरेको फारम मिलेको छैन भनेर पठायो। त्यही साइबरमा गएर मिलाइ दिनुस् भनेको साइबरले अर्को पैसा लाग्छ। त्यही पनि भोलि आउनु भनेर पठाइदियो,’ हरिप्रसादले भने।

उनले विभाग अगाडिको साइबरबाट बाहिरी जिल्लाको मिति राखेर फारम भरेका रहेछन्। बाहिरी जिल्लाको मिति राखेका कारण विभागले डेट सच्याएर आउनु भनेर पठाइदिएछ।

त्यसपछि ‘त्यो साइबर कुन हो आउनुस् सँगै जाउँ के रहेछ? बुझौं,’ भन्दै मैले आग्रह गरेँ।  उनले जान अप्ठ्यारो मानेजस्तो गरे।

‘अघि गएको फिर्ता पठायो,’ उनी भन्दै थिए।

धेरै कर गरेपछि हामीसँगै इ हब सक्सेस नमक साइबर पुग्यौं।

साइबरमा उनी कुरा गर्न मानेनन्। मैले साइबरमा कुरा राखेँ।

‘यो किन बाहिरी जिल्लाको मिति राखेर फर्म भरिदिनु भएको?’

‘बाहिरबाट फारम भर्ने कि नभर्ने भनेर त सोधेको थियो नि पहिला’ साइबरकी एक कामदारले भनिन्।

‘हामीलाई अनुरोध गरेपछि बनाइदिन्छ लिनुस् भनेको भएर हुन्छ भन्यौं तर भित्र यहाँको ठेगाना हालेर आउनु भने,’ मीनबहादुर सार्कीले भने।

मीनबहादुर बाजुरादेखि राहदानी बनाउन विभाग आएका रहेछन्। उनको पनि उस्तै समस्या थियो। खोटाङ जिल्लाको डेट राखेर फारम भरिएको थियो।

यसैगरी, अर्का कैलालीका टपेन्द्र तिरुवाको पनि समस्या उही थियो। बैतडी जिल्लाको मिति राखेर फारम भरिएको थियो।

त्यसपछि सबैजनाले साइबरमा समस्या सुनाए।

‘यहाँको डेट सीमित हुने र सकिएको भएर बाहिरी जिल्लाको डेट राखेर पासपोर्ट बनाउन मिल्ने हुँदा यसरी भरेको इ हब सक्सेस नामक साइबरका कामदार जनक साउदले बताए।

डिपार्टमेन्ट अफ पासपोर्टको दुई मिनेट सर्भर खुल्ने हुँदा बाहिरी जिल्लाको डेट राखेर फारम भरिदिएको उनको भनाइ थियो।

‘आज एकसय जनाको भरेको थिए होला त्यसमा २० जना फर्किए होलान्। बाहिरी जिल्लाको के हुन्छ भने तपाईँ भित्र गएपछि रिक्वेस्ट गर्न सक्नुहुन्छ भने भर्नु नत्र नभर्नु भन्ने हुन्छ। डेटमा बाहिरी जिल्लाले केही फरक पर्दैन पासपोर्ट बन्छ,’ साउदले भने।

त्यस्तै उनले मिति परिवर्तन गरेर फेरि फारम भर्दा शुल्क लाग्ने बताए।

‘फेरि डिपार्टमेन्ट अफ पासपोर्टको फारम भर्यो भने चार्ज लाग्ने हो। तर डेट जहाँको दिएको छ। त्यहीँको फारम भर्दा चार्ज लाग्दैन। यही फारमले १५ दिन काम गर्न सकिन्छ। डिपार्टमेन्टले दुई मिनेट खोल्छ। फेरि बन्द गर्छ यसमा हाम्रो के दोष,’ उनले भने।

 विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले विभागबाट मिति सीमित हुने र सकिएको भएर बाहिरी जिल्लाको मिति राखेर राहदानी बनाउन मिल्ने हुँदा यसरी फारम भर्न मिल्ने दाबी गरे।

‘एउटै वेबसाइटबाट भर्ने हो जुन जिल्लाको डेट राखे पनि हुन्छ। ७७ वटै जिल्लाको डेट राखेर यही विभागबाट काम गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  २०:३१
  • #राहदानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्