• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘इमर्जेन्सी’ राहदानी बनाउन उपत्यका बाहिरबाट आएका सेवाग्राहीलाई सास्ती, भन्छन्– धाउन थालेको पाँचदिन बितिसक्यो

64x64
कल्पना घिमिरे बुधबार, पुस २०, २०७९  २०:३१
1140x725

काठमाडौं– बुधबार राहदानी विभाग वरपर निकै भिडभाड थियो। विभागका सबै डिपार्टमेन्ट अगाडि सेवाग्राहीहरु लामो लाइन लागेका थिए। केही मानिस विभाग छेउको दुबोेमा घाम तापेर बसेका थिए। जसमध्ये इटहरीकी दीपा विश्वकर्मा पनि थिइन्। उनी राहदानी बनाउन आएकी थिइन्। उभिन गाह्रो भएपछि छेउछाउका साथीलाई भनेर लाइनमा आफ्नो ठाउँ रोकेर घाममा बसेको उनले बताइन्।

दुई सय रुपैयाँ बुझाउँदा साइबरले दीपाको राहदानी बनाउने मिति बुधबारकै दिएको थियो।

‘उपत्यकाबाहिरबाट प्रोसेस गरेर डेट लिएको छ। अब पासपोर्ट कहिले बन्छ त थाहा छैन मलाई इमर्जेन्सी छ। आइइएलटीएस परीक्षाका लागि पासपोर्ट बनाउनुपर्ने,’ उनले भनिन्।

आफैँ फारम भर्नका लागि केही गल्ती होला कि भन्ने डरले अनलाइनबाट भर्ने प्रयास नगरेको उनले बताइन्।

सर्लाहीका नवराज खनाल पनि पासपोर्ट नवीकरण गर्न विभाग आइपुगेका थिए। तत्काल राहदानीको आवश्यकता परेकाले आफू काठमाडौंको विभाग आउन बाध्य भएको उनले बताए। उनी विभागमा धाउन थालेको पाँचदिन बितिसक्यो। तर अझै राहदानी नबन्दा आफू चिन्तित बनेको उनले बताए।

साउदी अरेबियाको आरम कम्पनीमा राम्रो काम पाएकाले आफू साउदी जान लागेको उनले जानकारी दिए।

‘त्यो कम्पनीका लागि २० दिनमा भिसा लाग्छ। जिल्लामा पासपोर्ट २० दिनमा बन्दैन, त्यसकारण म यहाँ छिटो बन्छ भनेर आएको हुँ,’ उनले भने।

Ncell 2
Ncell 2

राहदानी बनाउने मिति लिने फारम उनले सर्लाहीबाट भरेका थिए। त्यहाँको साइबरले फारम भर्दा ४७ सय लिएको उनले बताए।

‘दाइले भरिदिएको, वडामा गएर भर्दा सरकारी हिसाबले १७ सयको भौचर नै छ। तीन हजार चाँहि अतिरिक्त दिएर फारम भरिदिएको छ,’ उनले भने।

राहदानीको सबै प्रक्रिया सकिएको तर लिन बाँकी रहेको उनले बताए।

‘आज म्यासेज आउँछ भनेर बसेको कतिबेला आउँछ। म्यासेज आएपछि पासपोर्टको काम सकिन्छ,’ उनले भने।

इलामका सुमन घतानी पनि उस्तै समस्यामा थिए। एक हप्तादेखि आफू विभाग धाउन थालेको उनले बताए। ‘सबै प्रक्रिया पूरा भइसकेको छ। तर पासपोर्ट बनेको म्यासेजको घण्टी मोबाइलमा बज्न बाँकी छ,’ उनले भने।

दसैंअगाडि आफ्नै जिल्लाबाट राहदानी बनाउन उनी जिल्ला सदरमुकाम पुगेका थिए। त्यहाँ बन्ने छाँटकाँट नदेखिएपछि आफू काठमाडौं आउन बाध्य भएको उनले बताए।

‘जिल्ला सदरमुकाममा लामो समयसम्म झुलायो। पहिला फारम भर्दा ३५ सय लिएको थियो तर डेट दिएन भनेर पछिपछिको लागि सार्दै गयो। त्यसपछि यहाँ नहुने रहेछ भनेर म काठमाडौं आएको हुँ,’ उनले भने। 

आफूभन्दा २ दिनपछि आएका एक साथीले राहदानी बनाएर घर फर्किसकेको उनले बताए।

०००
सिन्धुपाल्चोकका पास्तेम्बा शेर्पा र खोटाङका हरिकुमार बुढाथोकीसँगै विभागमा भेटिए। दुवैजना विभाग धाउने क्रममा आफुहरुको  चिनजान भएको बताए।

हरिकुमारले डेढसय रुपैयाँ बुझाएर १५ दिन अघि पासपोर्ट बनाउने डेटकालागि फारम भरेका  थिए।

‘यहाँ विभाग र साइबरको सेटिङ हुँदो रहेछ। सीमित कोटा जोसँग सेटिङ छ उसँग हुँदो रहेछ। एउटा फारम भरेवापत म्याक्सीमम ३ हजारदेखि १५ हजारसम्म लिन्छन्। त्यो मात्र होइन २५ हजार तिर्नु पासपोर्ट तुको तु निकाल्दिन्छु भनेर यतै नजिकका मान्छेले भने, तर मैले डेढसयमा भरेँ ,’ उनले भने। 

अर्का पास्तेम्बा शेर्पाले पाँच हजार बुझाएर अनलाइन फारम भरेको सुनाए।

पास्तेम्बाले आफूले ५ हजारमा फारम भरेकोबारे लाइन बस्दा खोटाङका हरिकुमार बुढाथोकीलाई सुनाएको बताए। आफूले फारम भर्दा प्रमाण राखेका हुँदा प्रहरीमा उजुरी दिने सल्लाह गरेपछि उजुरी गरेको उनले बताए। उक्त साइबरलाई प्रहरीले कारबाही प्रक्रिया गरिरहेको उनको भनाइ छ।

‘उहाँले मलाई नभन्नुभएको भए उहाँको पाँच हजार त्यो साइबरले खाइदिने रहेछ। भनेको भएर हामीले त्यो साइबरलाई प्रहरीमा उजुरी दिन सफल भयौं र पैसा फिर्ता आउने कुरा छ,’ हरिकुमारले भने।

०००
त्यस्तै, विभागको गेटमा  कैलालीका हरिप्रसाद चौधरी निराश भएर बसेका भेटिए। उनलाई के भएको छ भनेर मैले जान्न चाहेँ। त्यसपछि उनीसँग कुराकानी अघि बढाएँ।

‘तपाईँको पासपोर्ट बनाउने काम सकियो?’

‘कहाँ सकिनु यहाँ अनलाइनबाट भरेको फारम मिलेको छैन भनेर पठायो। त्यही साइबरमा गएर मिलाइ दिनुस् भनेको साइबरले अर्को पैसा लाग्छ। त्यही पनि भोलि आउनु भनेर पठाइदियो,’ हरिप्रसादले भने।

उनले विभाग अगाडिको साइबरबाट बाहिरी जिल्लाको मिति राखेर फारम भरेका रहेछन्। बाहिरी जिल्लाको मिति राखेका कारण विभागले डेट सच्याएर आउनु भनेर पठाइदिएछ।

त्यसपछि ‘त्यो साइबर कुन हो आउनुस् सँगै जाउँ के रहेछ? बुझौं,’ भन्दै मैले आग्रह गरेँ।  उनले जान अप्ठ्यारो मानेजस्तो गरे।

‘अघि गएको फिर्ता पठायो,’ उनी भन्दै थिए।

धेरै कर गरेपछि हामीसँगै इ हब सक्सेस नमक साइबर पुग्यौं।

साइबरमा उनी कुरा गर्न मानेनन्। मैले साइबरमा कुरा राखेँ।

‘यो किन बाहिरी जिल्लाको मिति राखेर फर्म भरिदिनु भएको?’

‘बाहिरबाट फारम भर्ने कि नभर्ने भनेर त सोधेको थियो नि पहिला’ साइबरकी एक कामदारले भनिन्।

‘हामीलाई अनुरोध गरेपछि बनाइदिन्छ लिनुस् भनेको भएर हुन्छ भन्यौं तर भित्र यहाँको ठेगाना हालेर आउनु भने,’ मीनबहादुर सार्कीले भने।

मीनबहादुर बाजुरादेखि राहदानी बनाउन विभाग आएका रहेछन्। उनको पनि उस्तै समस्या थियो। खोटाङ जिल्लाको डेट राखेर फारम भरिएको थियो।

यसैगरी, अर्का कैलालीका टपेन्द्र तिरुवाको पनि समस्या उही थियो। बैतडी जिल्लाको मिति राखेर फारम भरिएको थियो।

त्यसपछि सबैजनाले साइबरमा समस्या सुनाए।

‘यहाँको डेट सीमित हुने र सकिएको भएर बाहिरी जिल्लाको डेट राखेर पासपोर्ट बनाउन मिल्ने हुँदा यसरी भरेको इ हब सक्सेस नामक साइबरका कामदार जनक साउदले बताए।

डिपार्टमेन्ट अफ पासपोर्टको दुई मिनेट सर्भर खुल्ने हुँदा बाहिरी जिल्लाको डेट राखेर फारम भरिदिएको उनको भनाइ थियो।

‘आज एकसय जनाको भरेको थिए होला त्यसमा २० जना फर्किए होलान्। बाहिरी जिल्लाको के हुन्छ भने तपाईँ भित्र गएपछि रिक्वेस्ट गर्न सक्नुहुन्छ भने भर्नु नत्र नभर्नु भन्ने हुन्छ। डेटमा बाहिरी जिल्लाले केही फरक पर्दैन पासपोर्ट बन्छ,’ साउदले भने।

त्यस्तै उनले मिति परिवर्तन गरेर फेरि फारम भर्दा शुल्क लाग्ने बताए।

‘फेरि डिपार्टमेन्ट अफ पासपोर्टको फारम भर्यो भने चार्ज लाग्ने हो। तर डेट जहाँको दिएको छ। त्यहीँको फारम भर्दा चार्ज लाग्दैन। यही फारमले १५ दिन काम गर्न सकिन्छ। डिपार्टमेन्टले दुई मिनेट खोल्छ। फेरि बन्द गर्छ यसमा हाम्रो के दोष,’ उनले भने।

 विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले विभागबाट मिति सीमित हुने र सकिएको भएर बाहिरी जिल्लाको मिति राखेर राहदानी बनाउन मिल्ने हुँदा यसरी फारम भर्न मिल्ने दाबी गरे।

‘एउटै वेबसाइटबाट भर्ने हो जुन जिल्लाको डेट राखे पनि हुन्छ। ७७ वटै जिल्लाको डेट राखेर यही विभागबाट काम गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  २०:३१
  • #राहदानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट मंगलबार, माघ ६, २०८२
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्