• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रदेश नरुचाउने रविसँग गृहको तालाचाबी, कसरी होला प्रहरी समायोजन?

64x64
नारायण अधिकारी मंगलबार, पुस १९, २०७९  १६:३३
1140x725

काठमाडौं– ६ महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी जन्माएका रवि लामिछानेले संघीय चुनावमा अभूतपूर्व सफलता पाए। पार्टी घोषणा गर्दाताका ‘अहिले संघीयता राज्यलाई अनावश्यक भार भएको’ भन्ने धारणा राखेका रविले प्रदेश सभाको निर्वाचनमा उम्मेदवार नै उठाएनन्। 

प्रदेशमा उम्मेदवार उठाएको भए लामिछानेको पार्टीले समानुपातिक मत अझै बढाउने एकथरीको विश्लेषण थियो। तर त्यसको ठिक उल्टो ६ महिनामै यति धेरै समानुपातिक मत ल्याउनुलाई मुख्य कारण प्रदेशमा उम्मेदवारी नदिनु नै हो भन्ने पनि विश्लेषण गरिएको थियो। 

अहिलेको प्रदेश संरचनालाई परिवर्तन (खारेज) गर्नुपर्ने भन्दै प्रदेश सभामा उम्मेदवार नै नउठाएपछि लामिछानेले अभूतपूर्व सफलता पाउँदै ठूलो संख्यामा समानुपातिक मत ल्याएको विश्लेषण पनि गरिन्छ। यो विश्लेषणलाई सही मान्ने हो भने अहिले सरकारको गठजोडमा ‘निर्णायक’ जस्तै बन्नुमा रास्वपाको मुख्य ‘अस्त्र’ अहिलेको प्रदेश संरचना खारेज वा परिमार्जनको अजेन्डा हो। 

संघीयताप्रति अनुदार र प्रदेश संरचना खारेज सम्मको वकालत गर्ने तिनै लामिछाने अहिले उपप्रधानसहित गृहमन्त्रीको कमाण्ड सम्हाल्दै सिंहदरबार पुगेका छन्। हिजो ‘सञ्चारकर्मी’ का रुपमा अनेक बेथितिमाथि प्रश्न गर्दै खबरदारी गरेका लामिछाने अब हरेक प्रश्नको जवाफ दिनुपर्ने ठाउँमा छन्।  संयोग यस्तो बनेको छ कि, प्रदेशप्रति अनुदार लामिछानेकै कमाण्डमा प्रदेशमा प्रहरी समायोजन गर्नुपर्ने जिम्मा आइलागेको छ। वर्तमान प्रदेश संरचना राज्यलाई अनावश्यक भार भएको भन्ने व्यक्तिको हातमा गृह मन्त्रालयको तालाचाबी पुगेकाले अब कसरी प्रहरी समायोजनले गति लेला भन्ने जिज्ञासा उत्पन्न भएको छ।

संघीय प्रहरी ऐन अहिलेसम्म जारी हुन सकेको छैन। अर्कोतर्फ प्रदेशहरुले प्रदेश ऐन ल्याइसकेका छन्। प्रदेश आफैंले प्रहरी भर्ना गर्न पाउनुपर्छ भन्ने मुद्दा अहिले पनि सर्वोच्च अदालतमा बिचाराधीन अवस्थामा छ। 

गृहमन्त्रीको सपथ ग्रहण गरेलगत्तै लामिछानेले मन्त्रालय पुगेर कार्यभार सम्हाले। उनले आफ्नो पहिलो निर्णय नै २०७५ साल साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिनेबारे गरे। ‘निर्मलालाई न्याय दिन अधिकतम् पहल गर्ने’ लामिछानेको पहिलो निर्णय थियो। 

कार्यभार सम्हालेको केही दिनपछि उनी प्रहरी प्रधान कार्यालयको निरीक्षणमा निस्किए । त्यहाँ पनि उनले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रगतिबारे ब्रिफिङ लिएका थिए। 

मन्त्रालय सम्हालेको १० दिन पुग्दासम्म हरेक दिनजसो विभिन्न निर्देशन र आदेशका कारण समाचारको हेडलाइन बनिरहेका लामिछानेले प्रहरी समायोजनका बारेमा भने अहिलेसम्म मुख खोलेका छैनन्। मुख्य चुनौतीको रुपमा लिइएको संघीय प्रहरी ऐन निर्माण र प्रहरी समायोजनका बारेमा गृहमन्त्रीले अहिलेसम्म मुख नखोल्नुले प्रहरी समायोजनमा बिलम्ब हुने आशंका उब्जाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘हरेक सरकारको पालामा प्रहरी समायोजनको बारेमा ढुलमुल चरित्र देखिन्छ। समायोजन गर्न तयार छौं जस्तो पनि देखाउन बेला–बेला समिति गठन गरेर अघि बढाए जस्तो पनि गर्ने, तर विभिन्न बहानामा समायोजन रोकिराख्ने संघीय सरकारको नीति जस्तै देखिन्छ,’ मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले भने।

यसअघि चुनावपछि मात्रै समायोजन प्रक्रियाले गति लिने बताइएको थियो। त्यतिबेला गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पनि देश चुनावी माहोलमा होमिएकाले अब चुनावपछि मात्रै प्रहरी समायोजनको काम अघि बढ्ने बताएका थिए। 

अहिले गृहको नेतृत्वमा लामिछाने आएपछि भने प्रहरी समायोजनको बारेमा केही कुरा समेत उठेको छैन। 

संविधानमै उल्लेख भएको प्रदेश प्रहरीको व्यवस्था संविधान जारी भएको ७ वर्ष पुग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन। संघीय संरचनाअनुसार प्रदेशको चुनाव भएर सरकार गठन भएको ५ वर्षपछि पुनः अर्को चुनाव समेत भइसकेको अवस्था छ।  प्रदेशहरुमा पाँच वर्षे कार्यकाल सकेर फेरि अर्को सरकार बन्ने प्रक्रिया सुरु भइसकेको छ। 

तर संघीयता कार्यान्वयन मुख्य कडी भनिएको प्रहरी समायोजनले गति नलिनुलाई सत्तास्वार्थको खेलको रुपमा लिन्छन् पूर्वगृहसचिव गोविन्द कुसुम। उनी भन्छन्, ‘संघीय सरकार आफ्नो अधिकार बाँडफाँट गरेर कमजोर हुन चाहँदैन। प्रदेश सरकार भने संविधानमै उल्लेख भएको अधिकार आफू मातहत ल्याएर एक्सरसाइज गर्न चाहन्छ। प्रदेश र संघको सत्तास्वार्थको द्वन्द्व प्रहरी समायोजनमा देखिएको छ।

संघीय प्रहरी ऐन बनेर समायोजन हुँदा ढिलो हुने भन्दै सरकारले पछि समायोजनकै लागि दुई वटा ऐन समेत बनाएको थियो। प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ बनाएको थियो। प्रदेश अधिकार बाँडफाँट लगायत दरबन्दी, कमाण्ड कन्ट्रोल कस्तो हुने भन्ने विषयमा संगठन तथा व्यवस्थापन सर्वेक्षण ‘ओ एण्ड एम’ बनाएर मन्त्रिपरिषद्‍मा पेस गरिएको थियो। मन्त्रिपरिषद्‌बाट २०७७ कात्तिक २७ गते ओएण्डएम पास भएपछि प्रहरी समायोजनले गति लिने बताइएको थियो। तर अहिलेसम्म प्रहरी समायोजनले मूर्त रुप लिन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १६:३३
  • #प्रहरी_समायोजन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्