• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १८, २०८२ Tue, Nov 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बाहिरी मुलुकबाट ल्याएर ५ महिनामा ६ अर्बको भटमासको तेल भारत निर्यात

64x64
कल्पना घिमिरे आइतबार, माघ १, २०७९  ०८:०७
1140x725

काठमाडौं– नेपाल भटमासको तेल र भटमासजन्य वस्तुमा आत्मनिर्भर छैन। आफ्नो उत्पादनले नपुगेर बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ।

पछिल्लो केही वर्षयता भने भटमासको तेल र भटमासजन्य वस्तु छिमेकी मुलुक भारत निर्यात गर्न थालिएको छ। तर त्यो नेपालको उत्पादन भने होइन। भटमासको तेल बाहिरी मुलुकबाट नेपाल ल्याएर भारत निर्यात गर्ने गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए।

‘भटमासको तेलमा आफूलाई भन्सार छुट हुने हुँदा भारतले सहुलियतको लागि नेपालबाट आयात गर्छ। तर यो नेपाली उत्पादन होइन। नेपाली उत्पादनले त नेपाललाई नै पुगेको छैन। यो तेल विभिन्न देशबाट आयात गरेर निर्यात गरिएको हो,’ उनले भने। 

आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ३४ करोड ६३ लाख ७० हजार रुपैयाँको भटमासको तेल नेपालबाट भारतमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

भारतमा निर्यात भएको तेल:

आर्थिक वर्ष निर्यात
२०७५/०७६ २ अर्ब ३४ करोड ६३ लाख ७० हजार
२०७६/०७७ १२ अर्ब ६९ करोड ११ लाख २० हजार
२०७७/०७८ ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार
२०७८/०७९ ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार
२०७९/०८० ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार
स्रोत: भन्सार विभाग

१ लाख ९९ हजार रूपैयाँको ६५० केजी भटमासको बिउ निर्यात भएको छ। १० लाख २४ हजार ५ हजार रूपैयाँको भटमासको पिना ३२ हजार केजी निर्यात भएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ६९ करोड ११ लाख २० हजार बराबरको ९ करोड ४१ लाख ८३ हजार ६९९ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। भारतमै १० लाख ८ हजार रूपैयाँको ३ हजार १२० केजी भटमास र ५ करोड ९९ लाख ८२ हजार रूपैयाँको १२ लाख ४९ हजार ६२० केजी भटमासको पिना निर्यात भएको छ। त्यस्तै ३९ हजार रूपैयाँको ५ सय केजी भटमास हङकङमा निर्यात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रूपैयाँको २९ करोड ८० लाख ४३ हजार ८५९ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। ६ करोड ९७ लाख ६० हजार रुपैयाँको ८ लाख ८० हजार केजी भटमासको पिना भारतमा निर्यात भएको छ।

Ncell 2
Ncell 2

गत आर्थिक वर्षमा ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रूपैयाँको १९ करोड ५४ लाख ४ हजार ३९७ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। भटमासको पिना तथा पेलेट दाना ८८ करोड ८० लाख ४० हजार रुपैयाँको भारतमा ९८ लाख ९८ हजार १५५ केजी निर्यात भएको छ।

त्यस्तै १ लाख ७० हजार रुपैयाँको ८७२ केजी भटमास अस्ट्रेलिया निर्यात भएको थियो। २ लाख ७४ हजार रुपैयाँ बराबरको १ हजार ५४० केजी भटमास अमेरिका निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्याङ्क अनुसार ४ महिनाभित्र नेपालले ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँ बराबरको २ करोड ४७ लाख ८४ हजार ८९३ केजी भटमासको तेल निर्यात गरिएको छ।

त्यस्तै ८ करोड ३६ लाख २८ हजार रूपैयाँको १० लाख ४५ हजार १७० केजी भटमासको पिना तथा कुखुराको पेलेट निर्यात भएको छ। साथै ३४ हजार रूपैयाँको ३ सय केजी भटमासको बिउ युएईमा निर्यात भएको छ।  

आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष मंसिर महिनासम्म भारतमा भटमासको तेल मात्रै १ खर्ब २३ अर्ब ७९ करोड ७६ लाख ५६ हजारको निर्यात भएको भन्सार विभागले जनाएको छ।

निर्यातभन्दा आयात बढी
आर्थिक वर्ष २०७७ देखि चालु आर्थिक वर्षको मंसिर महिनासम्मको भन्सार विभागको तथ्याङ्कमा १ खर्ब ६२ अर्ब ८ करोड २ लाख ४० हजार रूपैयाँको भटमासको तेल बाहिरी मुलुकबाट आयात भएको उल्लेख छ।

आर्थिक वर्ष २०७९/०८० मा मात्रै २० अर्ब ७२ करोड २० लाख ११ हजार रूपैयाँ बराबरको भटमासको तेल आयात भएको भन्सार विभागले जनाएको छ। तर निर्यात भने ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँको मात्रै रहेको छ।

मुलुक आव २०७५/०७६ आव २०७६/०७७ आव २०७७/०७८ आव २०७८/०७९ आव २०७९/०८०
अर्जेन्टिना – १४ अर्ब ५ करोड ६४ लाख २५ हजार ४० अर्ब ९५ करोड १९ लाख ४६ हजार ३७ अर्ब ८९ करोड ५६ लाख ३९ हजार १२ अर्ब ९९ करोड ३ लाख ६३ हजार
ब्राजिल २ करोड ७६ लाख ५ हजार ३० करोड ७० लाख ८१ हजार  २ अर्ब ३ करोड २० लाख ८१ हजार १ खर्ब ४ अर्ब ५५ करोड ५८ लाख ९५ हजार १ अर्ब ३३ करोड ८९ लाख ७९ हजार
इन्डोनेसिया   ८ करोड ९ लाख २९ हजार २ करोड ८४ लाख ६० हजार    
पराग्वे   १ अर्ब २८ करोड ९ लाख १२ हजार ६ अर्ब ९२ करोड ९६ लाख ४० हजार ५ अर्ब ५२ करोड ७६ लाख ७४ हजार २ अर्ब ८३ करोड १८ लाख ७८ हजार
युक्रेन   २३ करोड ४५ लाख ९७ हजार १ अर्ब २५ करोड ८६ लाख २२ हजार ८८ करोड ४४ लाख ७७ हजार  
चीन     ३० करोड १ लाख ४७ हजार    
बोलिभिया     ११ करोड ६५ लाख ११ हजार    
टर्की     ४२ करोड २२ लाख ९३ हजार    
स्विट्जरल्याण्ड     ४ करोड ३० लाख ४७ हजार    
इजिप्ट     १ अर्ब ४५ करोड १० लाख ३५ हजार    
रसिया     १२ करोड ८३ लाख ७९ हजार    
भारत     ३ लाख ११ हजार २ लाख २२ हजार ६ हजार
मलेसिया     २३ लाख १७ हजार १ करोड ६३ लाख ९९ हजार  
इटाली       ७२ करोड ९६ लाख ४३ हजार ३३ करोड ५५ लाख ६० हजार
उरुग्वे       १ करोड ७१ लाख ६९ हजार  
भियतनाम       ५५ करोड ३१ लाख २० हजार १० करोड ५२ लाख १८ हजार
अमेरिका       ५६ करोड ६३ लाख ३२ हजार ४ करोड २० लाख ६ हजार
यूएई       १२ हजार  
जम्मा १ खर्ब ६२ अर्ब ८ करोड २ लाख ४० हजार
स्रोत: भन्सार विभाग

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ गुणा कम 
आर्थिक वर्ष २०७५/०७६ साउनदेखि मंसिरसम्ममा १० करोड ७४ लाख ७३ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ साउनदेखि मंसिरसम्म ३ अर्ब ८ करोड ८१ लाख २० हजार रूपैयाँको तेल भारतमा निर्यात भएको छ। आर्थिक वर्ष २०७७/०७८ साउनदेखि मंसिरसम्ममा १३ अर्ब ५० करोड ५६ लाख ४ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको छ।

त्यस्तै गत आर्थिक वर्षको मंसिर महिनासम्म नेपालबाट ३० अर्ब ५५ करोड ८० लाख ३९ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको थियो। चालु आर्थिक वर्षको मंसिरसम्ममा ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँको तेल निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ गुणा कम तेल भारतमा निर्यात भएको छ। भारतबाट माग कम भएकाले निर्यात कम भएको उद्योग वाणिज्य ताथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए।

‘अहिले तेल उत्पादन राम्रो भए पनि भारतको माग कम भएकाले निर्यात कम भएको हो। यो वर्ष अघिल्लो वर्षभन्दा कम निर्यात हुने सम्भावना छ,’ उनले भने।    

नेपालमा भटमास खेती
कृषि विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती गरिन्छ तर यसको व्यावसायिक उत्पादन ठूलो मात्रामा भने छैन। यो उत्पादनले नधान्ने भएकाले विभिन्न मुलुकबाट भटमासबाट बन्ने तेल लगायतका वस्तु आयात गर्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता सन्जेल बताउँछन्।

आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा २२ हजार ६ सय २ हेक्टर जमिनमा २८ हजार २५३ मेट्रिक टन भटमास फलेको थियो।
    
आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ६१५ हेक्टर क्षेत्रफलमा २९ हजार १७६ मेट्रिक टन भटमास फलेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा २६ हजार ७१५ हेक्टर क्षेत्रफलमा ३४ हजार ५४४ मेट्रिक टन भटमास फलेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने नेपालमा २५ हजार ७५८ हेक्टर क्षेत्रफलमा ३२ हजार १७८ मेट्रिक टन भटमास फलेको छ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
कर्णालीका स्याउ बजारीकरणका लागि काठमाडौंमा महोत्सव हुँदै यही भदौ २० गतेदेखि २२ गतेसम्म तीन दिनसम्म काठमाडौंको शंखमूलस्थित कला घरमा दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म स्याउन महोत्सव आयो... मंगलबार, भदौ १७, २०८२
कृषिमन्त्री अधिकारी भन्छन्: मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री अधिकारीले यस्तो बताएका हुन्। बिहीबार, साउन २९, २०८२
ताजा समाचारसबै
हितेन्द्रको रिटमा कारण देखाउ आदेश मंगलबार, कात्तिक १८, २०८२
जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान,नेपाल’ मंगलबार, कात्तिक १८, २०८२
निकोलस भुसाल पक्राउ मंगलबार, कात्तिक १८, २०८२
ज्ञानेन्द्र शाहीको राजेन्द्र लिङ्देन र धवल शमशेरलाई चेतावनीपूर्ण अपिल: "मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने अधिकार छैन" मंगलबार, कात्तिक १८, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना मंगलबार, कात्तिक १८, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै मंगलबार, कात्तिक १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्