• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बाहिरी मुलुकबाट ल्याएर ५ महिनामा ६ अर्बको भटमासको तेल भारत निर्यात

64x64
कल्पना घिमिरे आइतबार, माघ १, २०७९  ०८:०७
1140x725

काठमाडौं– नेपाल भटमासको तेल र भटमासजन्य वस्तुमा आत्मनिर्भर छैन। आफ्नो उत्पादनले नपुगेर बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ।

पछिल्लो केही वर्षयता भने भटमासको तेल र भटमासजन्य वस्तु छिमेकी मुलुक भारत निर्यात गर्न थालिएको छ। तर त्यो नेपालको उत्पादन भने होइन। भटमासको तेल बाहिरी मुलुकबाट नेपाल ल्याएर भारत निर्यात गर्ने गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए।

‘भटमासको तेलमा आफूलाई भन्सार छुट हुने हुँदा भारतले सहुलियतको लागि नेपालबाट आयात गर्छ। तर यो नेपाली उत्पादन होइन। नेपाली उत्पादनले त नेपाललाई नै पुगेको छैन। यो तेल विभिन्न देशबाट आयात गरेर निर्यात गरिएको हो,’ उनले भने। 

आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ३४ करोड ६३ लाख ७० हजार रुपैयाँको भटमासको तेल नेपालबाट भारतमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

भारतमा निर्यात भएको तेल:

आर्थिक वर्ष निर्यात
२०७५/०७६ २ अर्ब ३४ करोड ६३ लाख ७० हजार
२०७६/०७७ १२ अर्ब ६९ करोड ११ लाख २० हजार
२०७७/०७८ ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार
२०७८/०७९ ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार
२०७९/०८० ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार
स्रोत: भन्सार विभाग

१ लाख ९९ हजार रूपैयाँको ६५० केजी भटमासको बिउ निर्यात भएको छ। १० लाख २४ हजार ५ हजार रूपैयाँको भटमासको पिना ३२ हजार केजी निर्यात भएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ६९ करोड ११ लाख २० हजार बराबरको ९ करोड ४१ लाख ८३ हजार ६९९ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। भारतमै १० लाख ८ हजार रूपैयाँको ३ हजार १२० केजी भटमास र ५ करोड ९९ लाख ८२ हजार रूपैयाँको १२ लाख ४९ हजार ६२० केजी भटमासको पिना निर्यात भएको छ। त्यस्तै ३९ हजार रूपैयाँको ५ सय केजी भटमास हङकङमा निर्यात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रूपैयाँको २९ करोड ८० लाख ४३ हजार ८५९ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। ६ करोड ९७ लाख ६० हजार रुपैयाँको ८ लाख ८० हजार केजी भटमासको पिना भारतमा निर्यात भएको छ।

nimb
nimb

गत आर्थिक वर्षमा ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रूपैयाँको १९ करोड ५४ लाख ४ हजार ३९७ केजी भटमासको तेल भारतमा निर्यात भएको छ। भटमासको पिना तथा पेलेट दाना ८८ करोड ८० लाख ४० हजार रुपैयाँको भारतमा ९८ लाख ९८ हजार १५५ केजी निर्यात भएको छ।

त्यस्तै १ लाख ७० हजार रुपैयाँको ८७२ केजी भटमास अस्ट्रेलिया निर्यात भएको थियो। २ लाख ७४ हजार रुपैयाँ बराबरको १ हजार ५४० केजी भटमास अमेरिका निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्याङ्क अनुसार ४ महिनाभित्र नेपालले ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँ बराबरको २ करोड ४७ लाख ८४ हजार ८९३ केजी भटमासको तेल निर्यात गरिएको छ।

त्यस्तै ८ करोड ३६ लाख २८ हजार रूपैयाँको १० लाख ४५ हजार १७० केजी भटमासको पिना तथा कुखुराको पेलेट निर्यात भएको छ। साथै ३४ हजार रूपैयाँको ३ सय केजी भटमासको बिउ युएईमा निर्यात भएको छ।  

आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष मंसिर महिनासम्म भारतमा भटमासको तेल मात्रै १ खर्ब २३ अर्ब ७९ करोड ७६ लाख ५६ हजारको निर्यात भएको भन्सार विभागले जनाएको छ।

निर्यातभन्दा आयात बढी
आर्थिक वर्ष २०७७ देखि चालु आर्थिक वर्षको मंसिर महिनासम्मको भन्सार विभागको तथ्याङ्कमा १ खर्ब ६२ अर्ब ८ करोड २ लाख ४० हजार रूपैयाँको भटमासको तेल बाहिरी मुलुकबाट आयात भएको उल्लेख छ।

आर्थिक वर्ष २०७९/०८० मा मात्रै २० अर्ब ७२ करोड २० लाख ११ हजार रूपैयाँ बराबरको भटमासको तेल आयात भएको भन्सार विभागले जनाएको छ। तर निर्यात भने ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँको मात्रै रहेको छ।

मुलुक आव २०७५/०७६ आव २०७६/०७७ आव २०७७/०७८ आव २०७८/०७९ आव २०७९/०८०
अर्जेन्टिना – १४ अर्ब ५ करोड ६४ लाख २५ हजार ४० अर्ब ९५ करोड १९ लाख ४६ हजार ३७ अर्ब ८९ करोड ५६ लाख ३९ हजार १२ अर्ब ९९ करोड ३ लाख ६३ हजार
ब्राजिल २ करोड ७६ लाख ५ हजार ३० करोड ७० लाख ८१ हजार  २ अर्ब ३ करोड २० लाख ८१ हजार १ खर्ब ४ अर्ब ५५ करोड ५८ लाख ९५ हजार १ अर्ब ३३ करोड ८९ लाख ७९ हजार
इन्डोनेसिया   ८ करोड ९ लाख २९ हजार २ करोड ८४ लाख ६० हजार    
पराग्वे   १ अर्ब २८ करोड ९ लाख १२ हजार ६ अर्ब ९२ करोड ९६ लाख ४० हजार ५ अर्ब ५२ करोड ७६ लाख ७४ हजार २ अर्ब ८३ करोड १८ लाख ७८ हजार
युक्रेन   २३ करोड ४५ लाख ९७ हजार १ अर्ब २५ करोड ८६ लाख २२ हजार ८८ करोड ४४ लाख ७७ हजार  
चीन     ३० करोड १ लाख ४७ हजार    
बोलिभिया     ११ करोड ६५ लाख ११ हजार    
टर्की     ४२ करोड २२ लाख ९३ हजार    
स्विट्जरल्याण्ड     ४ करोड ३० लाख ४७ हजार    
इजिप्ट     १ अर्ब ४५ करोड १० लाख ३५ हजार    
रसिया     १२ करोड ८३ लाख ७९ हजार    
भारत     ३ लाख ११ हजार २ लाख २२ हजार ६ हजार
मलेसिया     २३ लाख १७ हजार १ करोड ६३ लाख ९९ हजार  
इटाली       ७२ करोड ९६ लाख ४३ हजार ३३ करोड ५५ लाख ६० हजार
उरुग्वे       १ करोड ७१ लाख ६९ हजार  
भियतनाम       ५५ करोड ३१ लाख २० हजार १० करोड ५२ लाख १८ हजार
अमेरिका       ५६ करोड ६३ लाख ३२ हजार ४ करोड २० लाख ६ हजार
यूएई       १२ हजार  
जम्मा १ खर्ब ६२ अर्ब ८ करोड २ लाख ४० हजार
स्रोत: भन्सार विभाग

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ गुणा कम 
आर्थिक वर्ष २०७५/०७६ साउनदेखि मंसिरसम्ममा १० करोड ७४ लाख ७३ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ साउनदेखि मंसिरसम्म ३ अर्ब ८ करोड ८१ लाख २० हजार रूपैयाँको तेल भारतमा निर्यात भएको छ। आर्थिक वर्ष २०७७/०७८ साउनदेखि मंसिरसम्ममा १३ अर्ब ५० करोड ५६ लाख ४ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको छ।

त्यस्तै गत आर्थिक वर्षको मंसिर महिनासम्म नेपालबाट ३० अर्ब ५५ करोड ८० लाख ३९ हजार रूपैयाँको तेल भारतमा निर्यात भएको थियो। चालु आर्थिक वर्षको मंसिरसम्ममा ६ अर्ब ९८ करोड ८१ लाख ३७ हजार रूपैयाँको तेल निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५ गुणा कम तेल भारतमा निर्यात भएको छ। भारतबाट माग कम भएकाले निर्यात कम भएको उद्योग वाणिज्य ताथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताए।

‘अहिले तेल उत्पादन राम्रो भए पनि भारतको माग कम भएकाले निर्यात कम भएको हो। यो वर्ष अघिल्लो वर्षभन्दा कम निर्यात हुने सम्भावना छ,’ उनले भने।    

नेपालमा भटमास खेती
कृषि विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती गरिन्छ तर यसको व्यावसायिक उत्पादन ठूलो मात्रामा भने छैन। यो उत्पादनले नधान्ने भएकाले विभिन्न मुलुकबाट भटमासबाट बन्ने तेल लगायतका वस्तु आयात गर्नुपरेको कृषि मन्त्रालयका प्रवक्ता सन्जेल बताउँछन्।

आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा २२ हजार ६ सय २ हेक्टर जमिनमा २८ हजार २५३ मेट्रिक टन भटमास फलेको थियो।
    
आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ६१५ हेक्टर क्षेत्रफलमा २९ हजार १७६ मेट्रिक टन भटमास फलेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा २६ हजार ७१५ हेक्टर क्षेत्रफलमा ३४ हजार ५४४ मेट्रिक टन भटमास फलेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने नेपालमा २५ हजार ७५८ हेक्टर क्षेत्रफलमा ३२ हजार १७८ मेट्रिक टन भटमास फलेको छ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्