• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सर्वोच्चको आदेश लत्याउँदै चुरेको खोलामा अवैध दोहन जारी

64x64
शेरबहादुर ऐर मंगलबार, पुस १९, २०७९  ०७:१४
1140x725

धनगढी– कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ टाकगडा खोलामा विहानैदेखि ट्याक्टरहरु लाम्बद्ध हुन्छन्। दैनिकजसो खोलाबाट ठूल्‌ठूला ढुङ्गाहरु ट्याक्टरबाट ओसार्ने काम भइरहेको हुन्छ। सो खोलाको झण्डै डेढ किलोमिटर तल चुरे भावर क्षेत्र पर्छ।

नदीजन्य पदार्थ उत्खन्न गर्न वा गराउँदा स्थानीय तहहरुले वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षण गरी सोहीअनुसार ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ। तर कैलालीको गौरीगंगा नगरपालिकाले आफ्नो क्षेत्रभन्दा बाहिर गइ चुरेमै नदीजन्य पदार्थ उत्खन्न गराईरहेको पाइएको छ।

टाकगडा खोलामात्र नभइ सोही वडाको बालुवागडा, बाटेगडा, शिवगंगा लगायतका खोलाहरुमा उत्खननका लागि ट्याक्टरहरु जाने गरेको स्थानीयहरु बताउँछन्। 

सर्वोच्च अदालतले जारी गरेको आदेशको समेत उल्लंघन गरेर नदी तथा खोला उत्खनन् भइरहेको छ। गत पुस ८ गते जारी भएको आदेशमा सर्वोच्चले चुरे गाउँपालिका वडा नम्बर ४ को क्षेत्रभित्र पर्ने काली खोला, वालुवा खोला, बाटेगडा, शिवगंगा, टाकगडा, राजीमुवुडा, सिलखाली खोलासमेत बाट नदीजन्य पदार्थ उत्खनन नगर्ने भनेको थियो। 

‘चुरे गाउँपालिका वडा नम्बर ४ को क्षेत्रभित्र पर्ने काली खोला, वालुवा खोला, बाटेगडा, शिवगंगा, टाकगडा, राजीमुवुडा, सिलखाली खोलासमेत बाट नदीजन्य पदार्थ (ढुङ्गा, रोडा, गिट्टी, बालुवा, माटो) उत्खन्न, विक्री वितरण, ओसारपसारको कार्य नगर्नु, नगराउनू’ पुस ८ गते सर्वोच्च अदालतले जारी गरेको उत्प्रेषणमा भनिएको छ । तर, सो क्षेत्रमा नदीजन्य पदार्थहरु उत्खनन रोकिएको छैन।

Chure_Khola_Dohan_11672647181.jpg

चुरे गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले गौरिगंगा नगरपालिकाले मनोमानी ढंगले चुरेमा नदीजन्य पदार्थ उत्खन्न गराइरहेको बताए। उनले भने, ‘यो चुरे क्षेत्र हो। यहाँको माटो कमलो हुन्छ। जथाभावी ट्याक्टर लगाएर उत्खन्न नगर भन्दा पनि गौरिगंगाले यसै क्षेत्रमा आएर ढुङ्गा संकलन गरिरहेको छ।’

वडाध्यक्ष मगरका अनुसार नगरपालिकामा नदीजन्य पदार्थ उत्खन्नका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी कैलपाल कन्स्ट्रक्सनबाट सो कार्य भइरहेको हो। उनले भने, ‘बिहान ३ बजे नै यहाँ ढुङ्गा संकलन गर्न ट्याक्टरको लाइन हुन्छ। यस वडाका विभिन्न खोलाहरुमा एक हजार बढी ट्याक्टरले दैनिक उत्खनन गरिरहेका छन्।’ चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउना साथ सबै बग्ने गरेको उनी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले चुरे क्षेत्रमा नदीजन्य पदार्थ संकलन, उत्खन्न, ओसारपसार गर्न नपाइने व्यवस्था रहे पनि निर्माण कम्पनीले अवैध ढंगबाट नदीजन्य पदार्थ चोरी निकासी गरिरहेको बताए। 

अध्यक्ष बोगटी भन्छन्, ‘चुरे गाउँपालिकाको अधिकार क्षेत्रमा रहेका खोलामा निर्माण कम्पनीलाई गौरिगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गराउन कसरी दियो?’

२०७४ सालदेखि नै चुरे गाउँपालिका र नगरपालिकाबीच सीमा विवाद कायमै रहेको अध्यक्ष बोगटीले जानकारी दिए। बालुवा खोलादेखि पश्चिम, खुटियादेखि उत्तर चुरेको सीमा नाका पर्ने खोलाबाट गौरी गंगा नगरपालिकाले ठेक्कामार्फत् प्राकृतिक साधनको उत्खनन र ओसार पसार गर्न थालेपछि आफूहरु न्यायको लागि सर्वोच्चमा पुगेको उनले बताए।

उनले भने, ‘सर्वोच्चले उत्प्रेषण आदेश जारी गर्दा समेत नगरपालिकाले सो खोलामा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य रोकेको छैन।’

Xtrem

Xtrem

कैलालीको गौरिगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खन्न गराउन कैलपाल कन्स्ट्रक्सनसँग असार मसान्तसम्म लागू हुने गरी १ करोड रकममा सम्झौता गरेको छ।

वातावरणीय प्रभाव मूल्यांकन भएका क्षेत्रबाहेक अन्य क्षेत्रमा उत्खनन नभएको नगरपालिकाको दाबी रहेको छ। ‘हामीले आईई प्रतिवेदनले तोकेको भन्दा अन्य क्षेत्रमा उत्खन्न गराएका छैनौं,’ गौरिगंगा नगरपालिकाका प्रमुख (मेयर) देवीदत्त कँडेलले भने, ‘चुरे हाम्रो क्षेत्रमा पर्दैन। हामीले त्यहाँ उत्खनन गराउने कुरा पनि आउँदैन।’ उनले चुरे गाउँपालिकाको वडा नम्बर ४ का केही क्षेत्र नगरपालिकाले संरक्षण गरिरहेकोले आफ्नो क्षेत्रमा पर्ने दाबी गरिरहेको बताए। 

Chure_Khola_Dohan_21672647182.jpg

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले अनुगमन नभएकोले निर्माण कम्पनीले चुरेमा उत्खनन गराइरहेको हुन सक्ने बताए। उनले भने, ‘अब हामी केही दिनमै अनुगमन गर्छौँ। चुरेका खोलामा उत्खनन भए नभएकोबारे जानकारी छैन।’

सीमा विवाद थप बल्झिँदै
चुरे गाउँपालिका र गौरिगंगा नगरपालिकाबीच सीमा विवाद थप बल्झिन थालेको छ। नदीजन्य पदार्थको स्रोत उपयोगका लागि दुई पालिका बीचको सीमा विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। गौरीगंगा नगरपालिकाले केही सामुदायिक वन उपभोक्ताहरु समेत दर्ता गरी वन पैदावारको बिक्रीवितरण गर्ने र वैज्ञानिक वन बनाउने कार्य यस अघि गरेको भएपनि त्यसको व्यापक विरोध हुँदै आएको थियो।

चुरे गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत पर्ने बालुवा खोलादेखि पश्चिम र खुटियादेखि उत्तर चुरेको सीमा नाका पर्ने खोलाबाट गौरी गंगा नगरपालिकाले ठेक्कामार्फत् प्राकृतिक साधनको उत्खनन र ओसार पसार गरिन थालिएपछि गाउँपालिका सर्वोच्चमा रिट दायर गरेको थियो।

सो रिटमा अर्को निर्णय नभएसम्मका लागि सो वडाको कुनै पनि खोला क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन नगराउन भनि सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र संख्या (सूचीसहित) मंगलबार, असोज २०, २०८३
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्