• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सर्वोच्चको आदेश लत्याउँदै चुरेको खोलामा अवैध दोहन जारी
64x64
शेरबहादुर ऐर मंगलबार, पुस १९, २०७९  ०७:१४
1140x725

धनगढी– कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ टाकगडा खोलामा विहानैदेखि ट्याक्टरहरु लाम्बद्ध हुन्छन्। दैनिकजसो खोलाबाट ठूल्‌ठूला ढुङ्गाहरु ट्याक्टरबाट ओसार्ने काम भइरहेको हुन्छ। सो खोलाको झण्डै डेढ किलोमिटर तल चुरे भावर क्षेत्र पर्छ।

नदीजन्य पदार्थ उत्खन्न गर्न वा गराउँदा स्थानीय तहहरुले वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षण गरी सोहीअनुसार ठेक्का सम्झौता गर्नुपर्ने हुन्छ। तर कैलालीको गौरीगंगा नगरपालिकाले आफ्नो क्षेत्रभन्दा बाहिर गइ चुरेमै नदीजन्य पदार्थ उत्खन्न गराईरहेको पाइएको छ।

टाकगडा खोलामात्र नभइ सोही वडाको बालुवागडा, बाटेगडा, शिवगंगा लगायतका खोलाहरुमा उत्खननका लागि ट्याक्टरहरु जाने गरेको स्थानीयहरु बताउँछन्। 

सर्वोच्च अदालतले जारी गरेको आदेशको समेत उल्लंघन गरेर नदी तथा खोला उत्खनन् भइरहेको छ। गत पुस ८ गते जारी भएको आदेशमा सर्वोच्चले चुरे गाउँपालिका वडा नम्बर ४ को क्षेत्रभित्र पर्ने काली खोला, वालुवा खोला, बाटेगडा, शिवगंगा, टाकगडा, राजीमुवुडा, सिलखाली खोलासमेत बाट नदीजन्य पदार्थ उत्खनन नगर्ने भनेको थियो। 

‘चुरे गाउँपालिका वडा नम्बर ४ को क्षेत्रभित्र पर्ने काली खोला, वालुवा खोला, बाटेगडा, शिवगंगा, टाकगडा, राजीमुवुडा, सिलखाली खोलासमेत बाट नदीजन्य पदार्थ (ढुङ्गा, रोडा, गिट्टी, बालुवा, माटो) उत्खन्न, विक्री वितरण, ओसारपसारको कार्य नगर्नु, नगराउनू’ पुस ८ गते सर्वोच्च अदालतले जारी गरेको उत्प्रेषणमा भनिएको छ । तर, सो क्षेत्रमा नदीजन्य पदार्थहरु उत्खनन रोकिएको छैन।

Chure_Khola_Dohan_11672647181.jpg

चुरे गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले गौरिगंगा नगरपालिकाले मनोमानी ढंगले चुरेमा नदीजन्य पदार्थ उत्खन्न गराइरहेको बताए। उनले भने, ‘यो चुरे क्षेत्र हो। यहाँको माटो कमलो हुन्छ। जथाभावी ट्याक्टर लगाएर उत्खन्न नगर भन्दा पनि गौरिगंगाले यसै क्षेत्रमा आएर ढुङ्गा संकलन गरिरहेको छ।’

वडाध्यक्ष मगरका अनुसार नगरपालिकामा नदीजन्य पदार्थ उत्खन्नका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनी कैलपाल कन्स्ट्रक्सनबाट सो कार्य भइरहेको हो। उनले भने, ‘बिहान ३ बजे नै यहाँ ढुङ्गा संकलन गर्न ट्याक्टरको लाइन हुन्छ। यस वडाका विभिन्न खोलाहरुमा एक हजार बढी ट्याक्टरले दैनिक उत्खनन गरिरहेका छन्।’ चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउना साथ सबै बग्ने गरेको उनी बताउँछन्। 

Ncell 2
Ncell 2

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले चुरे क्षेत्रमा नदीजन्य पदार्थ संकलन, उत्खन्न, ओसारपसार गर्न नपाइने व्यवस्था रहे पनि निर्माण कम्पनीले अवैध ढंगबाट नदीजन्य पदार्थ चोरी निकासी गरिरहेको बताए। 

अध्यक्ष बोगटी भन्छन्, ‘चुरे गाउँपालिकाको अधिकार क्षेत्रमा रहेका खोलामा निर्माण कम्पनीलाई गौरिगंगा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गराउन कसरी दियो?’

२०७४ सालदेखि नै चुरे गाउँपालिका र नगरपालिकाबीच सीमा विवाद कायमै रहेको अध्यक्ष बोगटीले जानकारी दिए। बालुवा खोलादेखि पश्चिम, खुटियादेखि उत्तर चुरेको सीमा नाका पर्ने खोलाबाट गौरी गंगा नगरपालिकाले ठेक्कामार्फत् प्राकृतिक साधनको उत्खनन र ओसार पसार गर्न थालेपछि आफूहरु न्यायको लागि सर्वोच्चमा पुगेको उनले बताए।

उनले भने, ‘सर्वोच्चले उत्प्रेषण आदेश जारी गर्दा समेत नगरपालिकाले सो खोलामा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य रोकेको छैन।’

कैलालीको गौरिगंगा नगरपालिकाले नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा, गिट्टी) उत्खन्न गराउन कैलपाल कन्स्ट्रक्सनसँग असार मसान्तसम्म लागू हुने गरी १ करोड रकममा सम्झौता गरेको छ।

वातावरणीय प्रभाव मूल्यांकन भएका क्षेत्रबाहेक अन्य क्षेत्रमा उत्खनन नभएको नगरपालिकाको दाबी रहेको छ। ‘हामीले आईई प्रतिवेदनले तोकेको भन्दा अन्य क्षेत्रमा उत्खन्न गराएका छैनौं,’ गौरिगंगा नगरपालिकाका प्रमुख (मेयर) देवीदत्त कँडेलले भने, ‘चुरे हाम्रो क्षेत्रमा पर्दैन। हामीले त्यहाँ उत्खनन गराउने कुरा पनि आउँदैन।’ उनले चुरे गाउँपालिकाको वडा नम्बर ४ का केही क्षेत्र नगरपालिकाले संरक्षण गरिरहेकोले आफ्नो क्षेत्रमा पर्ने दाबी गरिरहेको बताए। 

Chure_Khola_Dohan_21672647182.jpg

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्टले अनुगमन नभएकोले निर्माण कम्पनीले चुरेमा उत्खनन गराइरहेको हुन सक्ने बताए। उनले भने, ‘अब हामी केही दिनमै अनुगमन गर्छौँ। चुरेका खोलामा उत्खनन भए नभएकोबारे जानकारी छैन।’

सीमा विवाद थप बल्झिँदै
चुरे गाउँपालिका र गौरिगंगा नगरपालिकाबीच सीमा विवाद थप बल्झिन थालेको छ। नदीजन्य पदार्थको स्रोत उपयोगका लागि दुई पालिका बीचको सीमा विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। गौरीगंगा नगरपालिकाले केही सामुदायिक वन उपभोक्ताहरु समेत दर्ता गरी वन पैदावारको बिक्रीवितरण गर्ने र वैज्ञानिक वन बनाउने कार्य यस अघि गरेको भएपनि त्यसको व्यापक विरोध हुँदै आएको थियो।

चुरे गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत पर्ने बालुवा खोलादेखि पश्चिम र खुटियादेखि उत्तर चुरेको सीमा नाका पर्ने खोलाबाट गौरी गंगा नगरपालिकाले ठेक्कामार्फत् प्राकृतिक साधनको उत्खनन र ओसार पसार गरिन थालिएपछि गाउँपालिका सर्वोच्चमा रिट दायर गरेको थियो।

सो रिटमा अर्को निर्णय नभएसम्मका लागि सो वडाको कुनै पनि खोला क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन नगराउन भनि सर्वोच्चले उत्प्रेषण आदेश जारी गरेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले... आइतबार, असोज १२, २०८२
आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ। शुक्रबार, असोज १०, २०८२
सरकारी ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.९२ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्