Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

उत्पादन बढ्यो, घटेन आयात: साढे १२ अर्बको धान-चामल भित्रियो

64x64
कल्पना घिमिरे सोमबार, पुस १८, २०७९  ०७:०९
1140x725

काठमाडौं- कृषिप्रधान देश भएर पनि नेपाल कृषिजन्य वस्तुमा परनिर्भर छ। दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नदेखि अन्य कृषिजन्य वस्तुमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन।

बाहिरी मुलुकबाट आयात गरेरै अत्यावश्यक कृषिजन्य वस्तुको आवश्यकता पूरा गर्नपर्ने बाध्यता छ। नेपालको प्रमुख बाली धान हो। तर नेपाल धानमै आत्मनिर्भर छैन।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। कृषि मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।

तर, उत्पादन बढे पनि स्वदेशी उत्पादनले मात्र धान्न नसक्ने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल बताउँछन्। ‘यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। तर स्वदेशी उत्पादनले मात्र नेपालीलाई पुग्दैन। त्यसकारण बाहिरी मुलकबाट आयात गर्नु परेको छ,’ उनी भन्छन्।

चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्ममा बाहिरी मुलुकबाट ७ अर्ब ७७ लाख ७२ हजार रूपैयाँको चामल मात्र आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ। जसमध्ये बासमती चामल (पालिस गरेको/नगरेको) १ अर्ब ९२ करोड ७८ लाख ७८ हजार रूपैयाँको आयात गरिएको छ। खैरो चामल २ हजार हजार रूपैयाँ र अन्य चामल (पालिस गरेको/नगरेको) ५ अर्ब ७ करोड ९८ लाख ९२ हजार रूपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, २८ करोड २६ लाख ३४ हजार रूपैयाँको कनिका आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। ४४ लाख २२ हजार रूपेयाँको चिउरा आयात भएको छ। ५ अर्ब ३६ करोड ४७ लाख ३६ हजार रूपैयाँको धान आयात भएको छ। धानको भुजामात्रै ३ लाख ९७ हजार रूपैयाँको आयात भएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा १२ अर्ब ६५ करोड ९९ लाख २३ हजार कनिका, धान चामल, चिउरा र भुजा आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ। 

अघिल्ला वर्षको तुलानामा यो वर्ष कम आयात
भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसीर) मा १२ अर्ब ६५ करोड ९९ लाख २३ हजार  रूपैयाँको मात्रै धान चामल आयात भएको छ। यो बितेको वर्षको सोही अवधिका तुलनामा ३८ प्रतिशत थोरै हो। अघिल्लो वर्षको यही अवधिमा २० अर्ब ५० करोडको धान-चामल आयात भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

परिमाणमा हिसाब गर्दा पाँच महिनामा दुई लाख ८२ हजार २३३ मेट्रिक टन धान-चामल मात्रै आयात भएको छ, जुन अघिल्लो वर्ष पाँच लाख सात हजार ३७ मेट्रिक टन आयात भइसकेको थियो। 

गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि
गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे तीन लाख मेट्रिक टनले धान उत्पादन बढेको छ।

मन्त्रालयका अनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने देखिएको छ। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।

आर्थिक वर्ष २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Xtrem

Xtrem

यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ। गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा मधेस प्रदेशमा सबैभन्दा बढी ३ लाख ७५ हजार ३ सय ४० हेक्टर क्षेत्रमा रोपाइँ भएको थियो। जहाँ १३ लाख ८६ हजार ३ सय २८ टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा ०.१८ प्रतिशतले बढेको छ।

rice-info1672567858.jpg

दोस्रोमा प्रदेश १ मा ३ लाख ३२ हजार ६ सय १७ हेक्टरमा रोपाइँ भएको थियो। प्रदेश १ मा १३ लाख ३६ हजार ५७ टन उत्पादन भएको छ। यो परिमाण गत वर्षको तुलनामा ५.७२ प्रतिशतले बढेको छ।

तेस्रोमा लुम्बिनी प्रदेश ३ लाख ४ हजार १ सय ७ हेक्टरमा रोपाइँ भएको थियो। जहाँ ११ लाख ५१ हजार ३ सय १३ टन धान फलेको छ। प्रतिशतका हिसाबमा भने सबैभन्दा बढी सुदूरपश्चिममा ५ लाख ८९ हजार २ सय २१ टन धान फलेको छ। अघिल्लो वर्षको तुलनामा यो परिमाण ३३.३३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष सुदूरपश्चिममा ४ लाख ४१ हजार ९ सय १३ टन फलेको थियो। मन्त्रालयका अनुसार बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा क्षति भएपछि उत्पादन घटेको हो। यस वर्ष सामान्यीकरण हुँदा उत्पादन रुपमा वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा १ लाख २५ हजार १ सय ४६ टन फलेको छ। यो परिमाण गत वर्षको तुलनामा ३.४६ प्रतिशतले बढी हो। कर्णालीमा ३८ हजार ९ सय १२ हेक्टरमा रोपाइँ भएको थियो। 

बागमतीमा र कर्णालीमा भने उत्पादन घटेको छ। बागमतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ टनमा सीमित भएको छ। गण्डकीमा पनि ३.७४ प्रतिशतले घटेर ३ लाख ९१ हजार १ सय २१ टन मात्रै उत्पादन भएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान १३ प्रतिशत छ।

प्रतिव्यक्ति खपत कति
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालीलाई वर्षभरि पेट भर्न बढीमा ६२ लाख मेट्रिक टन धानले पुग्ने आकलन गरेको छ। २०१६ को केन्द्रीय तथ्याङ्क विभागको खाद्यान्न खपत सम्बन्धी सर्वेक्षणका आधारमा यस्तो आकलन भएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी बताउँछन्।

विभागले गरेको सन् २०१६/०१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा औसत प्रतिव्यक्ति ११२ किलो चामल खान्छन्। नेपालीको प्रतिव्यक्ति चामल उपभोग बढेर वार्षिक १३० किलो हाराहारी पुगेको अनुमान गर्दा दुई करोड ९१ लाख नागरिकको पेट भर्न बढीमा ३८ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो।  १०० किलो धानको ६२ किलो चामल रहने मानकका आधारमा हेर्दा ३८ लाख मेट्रिक टन चामल उत्पादन गर्न ६२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमा बिउका लागि थप धान आवश्यक पर्छ।

तर, नेपालमा उत्पादन र आयात भएको तथ्याङ्क हेर्दा यो परिमाणभन्दा धेरै धान चामल खपत भइरहेको छ। नेपालमा प्रत्येक वर्ष ५५ लाख मेट्रिक टन हाराहारीमा धान फल्छ। बितेको वर्ष भने वर्षाले धानबाली नष्ट गर्दा ५१ लाख ३० हजार मेट्रिक टन मात्रै धान उत्पादन भयो। 

यो वर्ष पनि करिब ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन  धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आकलन छ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्