• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

उत्पादन बढ्यो, घटेन आयात: साढे १२ अर्बको धान-चामल भित्रियो

64x64
कल्पना घिमिरे सोमबार, पुस १८, २०७९  ०७:०९
1140x725

काठमाडौं- कृषिप्रधान देश भएर पनि नेपाल कृषिजन्य वस्तुमा परनिर्भर छ। दैनिक भान्सामा प्रयोग हुने खाद्यान्नदेखि अन्य कृषिजन्य वस्तुमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन।

बाहिरी मुलुकबाट आयात गरेरै अत्यावश्यक कृषिजन्य वस्तुको आवश्यकता पूरा गर्नपर्ने बाध्यता छ। नेपालको प्रमुख बाली धान हो। तर नेपाल धानमै आत्मनिर्भर छैन।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। कृषि मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।

तर, उत्पादन बढे पनि स्वदेशी उत्पादनले मात्र धान्न नसक्ने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल बताउँछन्। ‘यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। तर स्वदेशी उत्पादनले मात्र नेपालीलाई पुग्दैन। त्यसकारण बाहिरी मुलकबाट आयात गर्नु परेको छ,’ उनी भन्छन्।

चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्ममा बाहिरी मुलुकबाट ७ अर्ब ७७ लाख ७२ हजार रूपैयाँको चामल मात्र आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ। जसमध्ये बासमती चामल (पालिस गरेको/नगरेको) १ अर्ब ९२ करोड ७८ लाख ७८ हजार रूपैयाँको आयात गरिएको छ। खैरो चामल २ हजार हजार रूपैयाँ र अन्य चामल (पालिस गरेको/नगरेको) ५ अर्ब ७ करोड ९८ लाख ९२ हजार रूपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, २८ करोड २६ लाख ३४ हजार रूपैयाँको कनिका आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। ४४ लाख २२ हजार रूपेयाँको चिउरा आयात भएको छ। ५ अर्ब ३६ करोड ४७ लाख ३६ हजार रूपैयाँको धान आयात भएको छ। धानको भुजामात्रै ३ लाख ९७ हजार रूपैयाँको आयात भएको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा १२ अर्ब ६५ करोड ९९ लाख २३ हजार कनिका, धान चामल, चिउरा र भुजा आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ। 

अघिल्ला वर्षको तुलानामा यो वर्ष कम आयात
भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसीर) मा १२ अर्ब ६५ करोड ९९ लाख २३ हजार  रूपैयाँको मात्रै धान चामल आयात भएको छ। यो बितेको वर्षको सोही अवधिका तुलनामा ३८ प्रतिशत थोरै हो। अघिल्लो वर्षको यही अवधिमा २० अर्ब ५० करोडको धान-चामल आयात भएको थियो।

Ncell 2
Ncell 2

परिमाणमा हिसाब गर्दा पाँच महिनामा दुई लाख ८२ हजार २३३ मेट्रिक टन धान-चामल मात्रै आयात भएको छ, जुन अघिल्लो वर्ष पाँच लाख सात हजार ३७ मेट्रिक टन आयात भइसकेको थियो। 

गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि
गत वर्षभन्दा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष साढे तीन लाख मेट्रिक टनले धान उत्पादन बढेको छ।

मन्त्रालयका अनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन हुने देखिएको छ। जुन गत वर्षभन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिक टनले धेरै हो।

आर्थिक वर्ष २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गत वर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ। गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा मधेस प्रदेशमा सबैभन्दा बढी ३ लाख ७५ हजार ३ सय ४० हेक्टर क्षेत्रमा रोपाइँ भएको थियो। जहाँ १३ लाख ८६ हजार ३ सय २८ टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा ०.१८ प्रतिशतले बढेको छ।

rice-info1672567858.jpg

दोस्रोमा प्रदेश १ मा ३ लाख ३२ हजार ६ सय १७ हेक्टरमा रोपाइँ भएको थियो। प्रदेश १ मा १३ लाख ३६ हजार ५७ टन उत्पादन भएको छ। यो परिमाण गत वर्षको तुलनामा ५.७२ प्रतिशतले बढेको छ।

तेस्रोमा लुम्बिनी प्रदेश ३ लाख ४ हजार १ सय ७ हेक्टरमा रोपाइँ भएको थियो। जहाँ ११ लाख ५१ हजार ३ सय १३ टन धान फलेको छ। प्रतिशतका हिसाबमा भने सबैभन्दा बढी सुदूरपश्चिममा ५ लाख ८९ हजार २ सय २१ टन धान फलेको छ। अघिल्लो वर्षको तुलनामा यो परिमाण ३३.३३ प्रतिशतले बढेको छ।

अघिल्लो वर्ष सुदूरपश्चिममा ४ लाख ४१ हजार ९ सय १३ टन फलेको थियो। मन्त्रालयका अनुसार बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा क्षति भएपछि उत्पादन घटेको हो। यस वर्ष सामान्यीकरण हुँदा उत्पादन रुपमा वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशमा १ लाख २५ हजार १ सय ४६ टन फलेको छ। यो परिमाण गत वर्षको तुलनामा ३.४६ प्रतिशतले बढी हो। कर्णालीमा ३८ हजार ९ सय १२ हेक्टरमा रोपाइँ भएको थियो। 

बागमतीमा र कर्णालीमा भने उत्पादन घटेको छ। बागमतीमा उत्पादन १.४५ प्रतिशतले घटेर ५ लाख ४ सय ४६ टनमा सीमित भएको छ। गण्डकीमा पनि ३.७४ प्रतिशतले घटेर ३ लाख ९१ हजार १ सय २१ टन मात्रै उत्पादन भएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान १३ प्रतिशत छ।

प्रतिव्यक्ति खपत कति
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालीलाई वर्षभरि पेट भर्न बढीमा ६२ लाख मेट्रिक टन धानले पुग्ने आकलन गरेको छ। २०१६ को केन्द्रीय तथ्याङ्क विभागको खाद्यान्न खपत सम्बन्धी सर्वेक्षणका आधारमा यस्तो आकलन भएको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी बताउँछन्।

विभागले गरेको सन् २०१६/०१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा औसत प्रतिव्यक्ति ११२ किलो चामल खान्छन्। नेपालीको प्रतिव्यक्ति चामल उपभोग बढेर वार्षिक १३० किलो हाराहारी पुगेको अनुमान गर्दा दुई करोड ९१ लाख नागरिकको पेट भर्न बढीमा ३८ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो।  १०० किलो धानको ६२ किलो चामल रहने मानकका आधारमा हेर्दा ३८ लाख मेट्रिक टन चामल उत्पादन गर्न ६२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमा बिउका लागि थप धान आवश्यक पर्छ।

तर, नेपालमा उत्पादन र आयात भएको तथ्याङ्क हेर्दा यो परिमाणभन्दा धेरै धान चामल खपत भइरहेको छ। नेपालमा प्रत्येक वर्ष ५५ लाख मेट्रिक टन हाराहारीमा धान फल्छ। बितेको वर्ष भने वर्षाले धानबाली नष्ट गर्दा ५१ लाख ३० हजार मेट्रिक टन मात्रै धान उत्पादन भयो। 

यो वर्ष पनि करिब ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन  धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आकलन छ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्