• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बदाम बेच्ने सीताको पीडा : सडकबाट लेखेटिइरहन्छिन्, बस्तीबाट दपेटिइरहन्छिन्

64x64
कल्पना घिमिरे शनिबार, पुस १६, २०७९  ०६:५६
1140x725

काठमाडौं– ‘बदाम लिनुहुन्छ, नानी?’

‘ठूलो कुरुवाको ६०...।’

ठूलो कुरुवामा बदाम भरेर उनी प्लास्टिकमा हाल्छिन्। अनि छेउको नाङ्लोमा भएको साग केलाउन थाल्छिन्। 

घाम अस्ताइसकेको थियो।

मानिसहरूको चहलपहल बढ्दै थियो।५७ वर्षकी सीता तामाङ बाटोमा हिँड्नेहरूलाई पुलुक्क हेर्छिन्। हिँड्नेहरूमध्ये कोही आउँछन्, बदामको मूल्य सोध्छन्। कोही मूल्य सोधेर नकिन्दै अगाडि लक्म्कन्छन्। 

कोही चाहिँ किनिहाल्छन्। 

थापाथलीस्थित पेटीमा अडेस लागेर दिनभरि सीता बदाम भर्छिन्, अनि बाटो हिँड्ने ग्राहकलाई बेच्छिन्। थुप्रै पटक त्यो बाटो हिँड्दै गर्दा मेरा आँखा बदाम बेचिरहेकी सीतासँग ठोकिए। विस्तारै उनीसँग कुरा गर्न थालेँ। सीताले सुनाएका विगतका केही टुक्रा जीवन सुनेर म फर्कन्थें। एकदिन बदाम छडाएझैं गर्री  सीताले पुराना स्मृतिहरू छडाउन थालिन्। 

०००

Ncell 2
Ncell 2

२ दशकअघि उनी बागमतीको किनारमा बालुवा बोक्थिन्। आफैं छानेर १२ डोको बालुवा बोकिसक्दा उनको दिन ढल्किसक्थ्यो। ‘दैनिक ज्याला ६० रूपैयाँ थियो। थोरै ज्यालामा धेरै काम गरिन्थ्यो नानी,’ सीता सुनाउँछिन्। 

बालुवा बोकेर वर्षौं बिते। बालुवा बोक्दाबोक्दै उनी प्रेममा परिन्। आफूले प्रेम गरेको युवक घरको गाह्रो लागउँथे। उनी डोकोमा बालुवा बोक्थिन्। घर बनाउँदा टुसाएको प्रेमबाट उनीहरूले नयाँ संसार निर्माण गरे। 

दुवै मजदुरी गर्थे। दिनभरिको कमाइले साँझमा चुलो बलेकै थियो। 

धादिङको गरिब परिवारमा जन्मेकी सीताको बाल्यकाल अभावमै बित्यो। ०३२ सालमा नौ वर्षको छँदा उनी संघर्ष गर्न काठमाडौं आइन्। काठमाडौंमा बालुवा बोक्दाबोक्दै माया बस्यो, विवाह भयो, अनि पहिलो सन्तान पनि जन्मियो।

 सुत्केरी हुने अघिल्लो दिनसम्म पनि उनले बालुवा बोकिरहिन्। ०४९ सालमा सीताको  पहिलो छोरा जन्मिएका थिए। ‘कामबाट फर्केपछि साँझ व्यथाले च्याप्यो। भोलिपल्ट बिहान त बाबु जन्मियो,’ उनी सुनाउँछिन्।

सीता ३ महिना मजदुरी गर्न गइनन्। त्यसपछि उही दैनिकी अपनाउन थालिन्। तीन वर्षपछि छोरी जन्मिँदा पनि बालुवा नै बोकिरहेकी थिइन्।

सीताले बालुवा बोकेरै सन्तान पनि हुर्काइन्। बालुवा बोकेको २७ वर्षपछि एकदिन यो काममा पूर्णबिराम लाग्यो। नदीबाट बालुवा निकाल्न रोक लगाइयो। त्यसपछि उनको दैनिकीको लय बदलियो। 

उनले थापाथली चोकको फुटपाथमा मकै पोल्ने दैनिकी सुरु गरिन्। 

०००

उनले २० घोगा मकै कालीमाटीबाट ल्याइन्। हरियो मकैको प्रतिघोगा ५ मोहोर रुपैयाँ थियो त्यतिबेला। पोलेको मकै ५ रूपैयाँमा बिक्री हुन्थ्यो।  

पहिलो दिनको कमाइ ६५ रुपैयाँ भएछ। ‘दिनभरि बालुवा बोक्दा ८० रुपैयाँ हुन्थ्यो। बालुवा बोक्नुभन्दा मकै पोल्नु सजिलो। यति कमाइले खुसी भएँ,’ सीता सुनाउँछिन्।

दाउरा सजिलै पाइने, मट्टितेल लिटरको ७ रूपैयाँ। मकै पोल्ने काममा उनी अभ्यस्त भइन्। र त्यसमै रमाउन थालिन्।

डेराभाडा बढ्दै गएपछि उनीहरू चिन्तित थिए।०६२ सालमा थापाथलीस्थित बागमती किनारामा घरजग्गाबिहीनले वासस्थान बनाउन थाले। त्यसपछि उनी पनि त्यतै गइन्। सीता दम्पतीले त्यहाँ टहरा बनाएर बस्न थाले। डेरा भाडामा लाग्ने खर्च बचत भयो। 

पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनले दुःख गरेर जोरजाम गरेका मालसामान सबै पुरिए। फेरि नयाँ टहरा निर्माण गरिन्। फेरि पनि भत्कियो। ‘कहिले बाढीले दुःख दियो, कहिले मान्छेहरूले,’ सीता सुनाउँछिन्।

छोराछोरी हुर्किए। र  दुवैको विहे पनि भयो। छोरी वैदेशिक रोजगारीका लागि साइप्रस छिन्। छोरा भने कुलतमा फसे, घरमा सताउन थाले। अहिले उनी एक्लै सतुङ्गलतिर बस्छन्।

‘छोरा एकातिर छ। बुहारी हामीसित छ। बुहारीलाई छोरासँगै पठायो भने त्यसको बानी खराब छ। तीन वर्षको नाती छ। मैले सकुन्जेल बुहारी, नाती पाल्छु। पछि ठूलो भएपछि त मलाई मेरो नातीले पाल्छ नि,’ आशाको भावमा सीता भन्छिन्।

हिजोआज सीताको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ। बिहान जुरुक्क उठेर कालीमाटी होलसेल बजार पुग्छिन्। त्यहाँबाट उनले बदाम, अमला किनेर ल्याउँछिन्। घर फर्केपछि भान्सामा बुहारीलाई सघाउँछिन्।

काठमाडौंको सडकमा कहिले बालुवा बोकेर, कहिले मकै पोलेर त कहिले बदाम बेचेर उनले झण्डै पाँच दशक बिताइन्। हिजो काठमाडौं आउँदाको दुःख अहिले पनि उतिकै छ। 

सीतालाई हिजोको भन्दा अहिले मुस्किल बढिरहेको छ। दैनिक आम्दानीले घर धान्नै धौ–धौ बनेको छ। त्यसमाथि नगरपालिकाले घरबाट पनि उठिबास लगाउन खोज्छ, कामबाट पनि। न सडकमा उनका लागि ठाउँ छ, न आफ्नै बस्तीमा। 

आजकल सीताको दैनिकीलाई यो प्रश्नले बारम्बार कोट्याइरहन्छ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने रिहा शुक्रबार, पुस ४, २०८२
श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी शुक्रबार, पुस ४, २०८२
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्