• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बदाम बेच्ने सीताको पीडा : सडकबाट लेखेटिइरहन्छिन्, बस्तीबाट दपेटिइरहन्छिन्

64x64
कल्पना घिमिरे शनिबार, पुस १६, २०७९  ०६:५६
1140x725

काठमाडौं– ‘बदाम लिनुहुन्छ, नानी?’

‘ठूलो कुरुवाको ६०...।’

ठूलो कुरुवामा बदाम भरेर उनी प्लास्टिकमा हाल्छिन्। अनि छेउको नाङ्लोमा भएको साग केलाउन थाल्छिन्। 

घाम अस्ताइसकेको थियो।

मानिसहरूको चहलपहल बढ्दै थियो।५७ वर्षकी सीता तामाङ बाटोमा हिँड्नेहरूलाई पुलुक्क हेर्छिन्। हिँड्नेहरूमध्ये कोही आउँछन्, बदामको मूल्य सोध्छन्। कोही मूल्य सोधेर नकिन्दै अगाडि लक्म्कन्छन्। 

कोही चाहिँ किनिहाल्छन्। 

थापाथलीस्थित पेटीमा अडेस लागेर दिनभरि सीता बदाम भर्छिन्, अनि बाटो हिँड्ने ग्राहकलाई बेच्छिन्। थुप्रै पटक त्यो बाटो हिँड्दै गर्दा मेरा आँखा बदाम बेचिरहेकी सीतासँग ठोकिए। विस्तारै उनीसँग कुरा गर्न थालेँ। सीताले सुनाएका विगतका केही टुक्रा जीवन सुनेर म फर्कन्थें। एकदिन बदाम छडाएझैं गर्री  सीताले पुराना स्मृतिहरू छडाउन थालिन्। 

०००

Ncell 2
Ncell 2
nimb
nimb

२ दशकअघि उनी बागमतीको किनारमा बालुवा बोक्थिन्। आफैं छानेर १२ डोको बालुवा बोकिसक्दा उनको दिन ढल्किसक्थ्यो। ‘दैनिक ज्याला ६० रूपैयाँ थियो। थोरै ज्यालामा धेरै काम गरिन्थ्यो नानी,’ सीता सुनाउँछिन्। 

बालुवा बोकेर वर्षौं बिते। बालुवा बोक्दाबोक्दै उनी प्रेममा परिन्। आफूले प्रेम गरेको युवक घरको गाह्रो लागउँथे। उनी डोकोमा बालुवा बोक्थिन्। घर बनाउँदा टुसाएको प्रेमबाट उनीहरूले नयाँ संसार निर्माण गरे। 

दुवै मजदुरी गर्थे। दिनभरिको कमाइले साँझमा चुलो बलेकै थियो। 

धादिङको गरिब परिवारमा जन्मेकी सीताको बाल्यकाल अभावमै बित्यो। ०३२ सालमा नौ वर्षको छँदा उनी संघर्ष गर्न काठमाडौं आइन्। काठमाडौंमा बालुवा बोक्दाबोक्दै माया बस्यो, विवाह भयो, अनि पहिलो सन्तान पनि जन्मियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 सुत्केरी हुने अघिल्लो दिनसम्म पनि उनले बालुवा बोकिरहिन्। ०४९ सालमा सीताको  पहिलो छोरा जन्मिएका थिए। ‘कामबाट फर्केपछि साँझ व्यथाले च्याप्यो। भोलिपल्ट बिहान त बाबु जन्मियो,’ उनी सुनाउँछिन्।

सीता ३ महिना मजदुरी गर्न गइनन्। त्यसपछि उही दैनिकी अपनाउन थालिन्। तीन वर्षपछि छोरी जन्मिँदा पनि बालुवा नै बोकिरहेकी थिइन्।

सीताले बालुवा बोकेरै सन्तान पनि हुर्काइन्। बालुवा बोकेको २७ वर्षपछि एकदिन यो काममा पूर्णबिराम लाग्यो। नदीबाट बालुवा निकाल्न रोक लगाइयो। त्यसपछि उनको दैनिकीको लय बदलियो। 

उनले थापाथली चोकको फुटपाथमा मकै पोल्ने दैनिकी सुरु गरिन्। 

०००

उनले २० घोगा मकै कालीमाटीबाट ल्याइन्। हरियो मकैको प्रतिघोगा ५ मोहोर रुपैयाँ थियो त्यतिबेला। पोलेको मकै ५ रूपैयाँमा बिक्री हुन्थ्यो।  

पहिलो दिनको कमाइ ६५ रुपैयाँ भएछ। ‘दिनभरि बालुवा बोक्दा ८० रुपैयाँ हुन्थ्यो। बालुवा बोक्नुभन्दा मकै पोल्नु सजिलो। यति कमाइले खुसी भएँ,’ सीता सुनाउँछिन्।

दाउरा सजिलै पाइने, मट्टितेल लिटरको ७ रूपैयाँ। मकै पोल्ने काममा उनी अभ्यस्त भइन्। र त्यसमै रमाउन थालिन्।

डेराभाडा बढ्दै गएपछि उनीहरू चिन्तित थिए।०६२ सालमा थापाथलीस्थित बागमती किनारामा घरजग्गाबिहीनले वासस्थान बनाउन थाले। त्यसपछि उनी पनि त्यतै गइन्। सीता दम्पतीले त्यहाँ टहरा बनाएर बस्न थाले। डेरा भाडामा लाग्ने खर्च बचत भयो। 

पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनले दुःख गरेर जोरजाम गरेका मालसामान सबै पुरिए। फेरि नयाँ टहरा निर्माण गरिन्। फेरि पनि भत्कियो। ‘कहिले बाढीले दुःख दियो, कहिले मान्छेहरूले,’ सीता सुनाउँछिन्।

छोराछोरी हुर्किए। र  दुवैको विहे पनि भयो। छोरी वैदेशिक रोजगारीका लागि साइप्रस छिन्। छोरा भने कुलतमा फसे, घरमा सताउन थाले। अहिले उनी एक्लै सतुङ्गलतिर बस्छन्।

‘छोरा एकातिर छ। बुहारी हामीसित छ। बुहारीलाई छोरासँगै पठायो भने त्यसको बानी खराब छ। तीन वर्षको नाती छ। मैले सकुन्जेल बुहारी, नाती पाल्छु। पछि ठूलो भएपछि त मलाई मेरो नातीले पाल्छ नि,’ आशाको भावमा सीता भन्छिन्।

हिजोआज सीताको दैनिकी बिहान ५ बजेबाट सुरु हुन्छ। बिहान जुरुक्क उठेर कालीमाटी होलसेल बजार पुग्छिन्। त्यहाँबाट उनले बदाम, अमला किनेर ल्याउँछिन्। घर फर्केपछि भान्सामा बुहारीलाई सघाउँछिन्।

काठमाडौंको सडकमा कहिले बालुवा बोकेर, कहिले मकै पोलेर त कहिले बदाम बेचेर उनले झण्डै पाँच दशक बिताइन्। हिजो काठमाडौं आउँदाको दुःख अहिले पनि उतिकै छ। 

सीतालाई हिजोको भन्दा अहिले मुस्किल बढिरहेको छ। दैनिक आम्दानीले घर धान्नै धौ–धौ बनेको छ। त्यसमाथि नगरपालिकाले घरबाट पनि उठिबास लगाउन खोज्छ, कामबाट पनि। न सडकमा उनका लागि ठाउँ छ, न आफ्नै बस्तीमा। 

आजकल सीताको दैनिकीलाई यो प्रश्नले बारम्बार कोट्याइरहन्छ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्