काठमाडौं– ३१ महिनादेखि बन्द रहेको रसुवा नाका मंगलबार खुलेको छ। चीनले कोभिड –१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवा नाका खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ।
नाका खुलेकै दिन ५० लाख ७० हजार रूपैयाँभन्दा बढीको वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी भन्सारका प्रमुख अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए।
‘कोभिड– १९ महामारीपछि पहिलोपटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ। यो ३१ महिनापछिको पहिलो स्थलगत निर्यात हो,’ उनले भने।
नेपालबाट बाँसका मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।