काठमाडौं– सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा पदाधिकारीहरुसँग छलफल गरेका थिए।
प्रधानमन्त्री र राष्ट्रपति दुबै पदमा कांग्रेसले आफ्नो अडान नछाडेपछि शनिबारको बैठक निष्कर्षविहीन भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६को उपधारा २ अनुसारको बहुमत पेस गरी सरकार गठनको आह्वान गरेको सात दिने समयसीमा आज सकिँदैछ।
सरकार गठनको विषयमा निर्णायक निष्कर्षमा पुग्नका लागि गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।