फाइल तस्बिर
काठमाडौं– नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ। तर अन्तिम दिनसम्म पनि दलहरुले सरकार गठनका लागि दाबी पेस गर्न सकेका छैनन्।
सरकार गठनका लागि पहल लिइरहेको नेपाली कांग्रेस अहिले आन्तरिक छलफलमा छ। सत्तारुढ गठबन्धनले शनिबार निर्णायक भने पनि बैठकमा सहमति जुटाउन सकेन।
आज पुन: गठनबन्धनको बैठक बस्दैछ। तर त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेतासँग छलफल थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु रामशरण महत, बालकृष्ण खाण लगायतका नेताहरु सहभागी छन्।
बैठकमा सहभागी भएका नेता बिमलेन्द्र निधि भने खुमलटार पुगेका छन्। उता माओवादी केन्द्रका नेताहरु पनि खुमलटारमा छलफलमा छन्। माओवादीले सरकारको सुरुवाती नेतृत्वको दाबी गर्दै आएको छ। कांग्रेसले भने प्रधानमन्त्री र राष्ट्रपति नछाड्ने अडान लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।