काठमाडौं– देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, वागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।
यस्तै आइतबार सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । हिमाली भू-भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ।
सोमबार भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।