• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल पर्यटन दशकको रणनीतिक योजना तयार

64x64
नेपाल लाइभ शुक्रबार, पुस ८, २०७९  २२:१९
1140x725

काठमाडौं– सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ। सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ।

नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाबारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको अवधारणा ल्याइएको बताएका छन्। उनले नेपाल पर्यटन दशकले विश्वपर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्री श्रेष्ठले दशक कार्ययोजनाअन्तर्गत देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने लक्ष्य लिइएको उल्लेख गरेका थिए।

कार्ययोजनामा कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने र तत्पश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ।

यसका साथै प्रतिपर्यटक प्रतिनिधिन खर्च ४८ अमेरिकी डलरबाट एक सय २५ पु¥याउनुका साथै देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पु¥याउने लक्ष्य छ। यी लक्ष्यप्राप्त गर्न संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नती, लगानी प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, पर्यटन उपज विकास तथा विस्तार एवं विविधिकरण, कोभिडपछिको पर्यटनको पुर्नजागरण गर्दै देशैभरी पर्यटन प्रवद्र्धनका लागि प्रादेशिक तथा राष्ट्रियस्तरका अभियान सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने पर्यटनमन्त्री श्रेष्ठले जानकारी दिइका छन्। ‘पर्यटक भ्रमण वर्ष भनेर मात्र हुँदैन, त्यसका लागि हामीले पूर्णतयारी गर्नुपर्छ। विगतका पर्यटक भ्रमण वर्षले पर्यटन आगमनमा सुधार आएको आँकडाले देखाउँछ। तर, त्यतिबेलाको संरचना र अहिलेको फरक छ, त्यसैले ती संरचनालाई एउटै लयमा अघि बनाएर पूर्वाधार विकास, पर्यटनमन्त्री वातावरण बनाई निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी छ,’उनले भने।

१० वर्षे अभियान

नेपाल भ्रमण दशक योजनाअन्तर्गत पहिलो वर्ष अर्थात् सन् २०२३ मा कार्ययोजना निर्माण तथा योजना तर्जुमालगायत तयारी गरिने योजना छ। सन् २०२४ मा बाग्मती प्रदेश ‘थिमेटिक क्याम्पियन अफ कल्चरल हेरिटेज अफ बागमती प्रदेश’ सञ्चालन गरिनेछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सन् २०२५ मा गण्डकी प्रदेशलाई प्राथमिकता दिएर अभियान चलाइनेछ भने सन् २०२६ मा राष्ट्रियस्तरको अभियान कार्यक्रम चलाइनेछ। त्यस्तै २०२७ मा लुम्बिनी प्रदेशमा बुद्धिष्ट पर्यटन प्रवद्र्धन, सन् २०२८ मा मधेश पर्यटन, सन् २०२९ मा सुदूरपश्चिम प्रदेशमा अभियान चलाइने छ। त्यस्तै सन् २०३० मा प्रदेश नम्बर १ मा प्रवद्र्धन अभियान चलाइनेछ। सन् २०३१ मा कर्णाली प्रदेशमा पर्यटन प्रवद्र्धन केन्द्रीत गरिनेछ। सन् २०३२ मा राष्ट्रिय अभियान चलाइने कार्ययोजनामा उल्लेख छ।

रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार पर्यटनमन्त्री श्रेष्ठलाई बुझाएको थियो। नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार गर्न पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो।

कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी १० वर्षसम्म हरेक वर्ष सम्पन्न गरिने भनिएको छ। नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आबद्ध गर्ने, पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ। पर्यटकको आगमनलाई अभिवृद्धि गर्न हवाई सेवालाई थप व्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानसँगको अन्तरसञ्जालमा आबद्ध गर्ने कार्ययोजनामा समेटिएको छ।

पर्यटन प्रवद्र्धन र क्षेत्रको विकास गर्न सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवं साझेदारीमा वृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवं विश्व पर्यटन बजारमा नेपालका पर्यटकीयस्थलको प्रभावकारी बजारीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम चलाउने कार्ययोजनामा उल्लेख छ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्