• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नेपाली भान्सामा आलुको अपरिहार्यताः ४ वर्षमा २१ मुलुकबाट २७ अर्बको भित्रियो

64x64
कल्पना घिमिरे सोमबार, पुस १८, २०७९  १८:३९
1140x725

काठमाडौं– आर्थिक वर्षको सुरुवात (साउन) मा छिमेकी राष्ट्र भारतबाट २ हजार रुपैयाँ मूल्य बराबरका ६० केजी बिउ आलु आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। जसको भन्सार शुल्क शून्य छ।

भान्सामा प्रयोग हुने आलु बङ्गलादेशबाट २१ लाख १४ हजार रूपैयाँ बराबरको ८४ हजार केजी आलु आयात भएको छ। जसको भन्सार शुल्क ४ लाख २३ हजार रूपैयाँ छ। त्यस्तै, भारतबाट ६ लाख ७१ हजार ८३  हजार रूपैयाँ बराबरको २ करोड ६५ लाख ३० हजार ३७१ केजि आलु आयात भएको छ। उक्त आलु आयात गर्दा भन्सार शुल्क ९ करोड ४७ लाख ९८हजार रूपैयाँ छ। 

भारतबाटै चिस्यानमा राखिएको २ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८० हजार केजी आलु आयात भएको छ। जसको भन्सार शुल्क ३५ लाख ४० हजार खर्च भएको छ।

त्यस्तै, अमेरिकाबाट ३० लाख ९४ हजार मूल्य बराबरको ३ हजार ९३१ केजी आलु आयात भएको छ। जसको भन्सार शुल्क १७ लाख ३१ हजार छ। जसमा इन्डोनेसियाबाट १५ केजी आलु आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ।

०००
साउनदेखि मंसिरसम्मको भन्सार विभागको तथ्यांक हेर्दा छिमेकी राष्ट्र भारतबाट बिउ आलु ११० केजी आयात भएको छ। जसको मूल्य बराबर ४ हजार रूपैयाँ देश बाहिर गएको छ। 

भारतबाटै ११ करोड २९ लाख ३ हजार मूल्य बराबरको चिस्यानमा राखेका आलु ४ लाख ३७ हजर ९ हजार ६३० केजी आयात भएको छ। उक्त आलु आयात गर्दा भन्सार शुल्क १करोड २६ लाख ६२ हजार रुपैयाँ छ। 

भारतबाट भान्सामा प्रयोग हुने ४ अर्ब ६७ करोड ७२ लाख १२ हजार मूल्य बराबरको आलु १७ करोड ९९ लाख ५१ हजार २२६ केजि आयात भएको छ। जसको भन्सार शुल्क ४९ करोड ४० लाख ६३ हजार लागेको छ। 

त्यसैगरी, अमेरिकाबाट ३० लाख ९४ हजार मूल्य बराबरको ३ हजार ९३१ केजि आलु आयात भएको छ। जसको भन्सार शुल्क १७ लाख ३१ हजार छ।जसमा इन्डोनेसियाबाट १५ केजी आलु  आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

nimb
nimb
Ncell 2
Ncell 2

०००

नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर स्वदेशमा उत्पादन हुने अधिकांश कृषिजन्य वस्तुले बजारको माग पूरा हुँदैन। भान्सामा सबैभन्दा बढी प्रयोग हुनेमध्येको आलु एक हो। प्रायः हरेक तरकारीमा मिल्ने भएकाले आलु नेपाली भान्सामा लागि अपरिहार्य तरकारी हो भन्दा पनि हुन्छ। यस्तो अत्यावश्यक तरकारी आलुको स्वदेशमै पर्याप्त उत्पादनको सम्भावना भए पनि ठूलो परिमाणमा आयात हुँदै आएको छ।

भारत, बंगलादेश, अमेरिका र इन्डोनेसियाबाट समेत नेपालमा आलु भित्रिन्छ। वार्षिक करिब ८ अर्ब रुपैयाँभन्दा बढीको आलु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। यसरी आउनेमध्ये बिउ, ताजा वा चिसो, सुकेको आलुको पिठो, गोली र फ्रेन्च फ्राईलगायत छन्। 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा २१ देशबाट आलु आयात भएको छ। नेपालमा आउने आलुको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। त्यसपछि बढी बंगलादेशबाट भित्रिने गरेको छ।

विभागका अनुसार सवा ४ वर्षमा बाहिरी मुलुकबाट २७ अर्ब १९ करोड १८ लाख ५३ हजार रुपैयाँको आलु आएको छ। जसमध्ये २४अर्ब ८८ करोड ६१लाख ४९ हजारको आलु भारतबाट आयात भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार रुपैयाँको आलु आयात भएको थियो। जसमा भारतबाट मात्रै ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार रुपैंयाको आलु आयात भएको थियो।  

आर्थिक वर्ष २०७७/०७८मा ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार रुपैंयाको आलु आयात भएको थियो। त्यसमा ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजारको आलु भारतबाट आएको हो। आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ९४ करोड ९३ लाख ५९हजार रुपैयाँको आलु आयात भएको छ।

त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा ५६ करोड ६७ लाख ४९ हजार रुपैयाँको आलु आयात भएको छ। हालसम्मको भन्सार विभागको तथ्यांकमा भारत, अमेरिका, बंगलादेश र इन्डोनेसियाबाट आलु आयात भएको छ। जसमा ४७ करोड ८५ लाख ९ हजार रुपैयाँको आलु भारतबाट मात्रै आयात भएको पाइएको छ।

चालु आवसहित पछिल्लो ४ वर्षमा कुन देशबाट कति आलु आयात? (हेर्नुहोस् टेबल)

क्र.सं. मुलुक आव २०७६/०७७ आव २०७७/०७८ आव २०७८/०७९ आव २०७९/०८०
१ भारत ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजार ७ अर्ब ६७ करोड ६२ लाख ४६ हजार ४७ करोड ८५ लाख ९ हजार
२ चीन  ३ करोड ४१ लाख ४७ हजार २२ लाख ४ हजार १६ हजार –
३ पेरु –   २ हजार –
४ बंगलादेश २३ करोड ३८ लाख २६ हजार ३७ करोड ५० लाख ६ हजार २७ करोड ३० लाख ७३ हजार ८ करोड ५१ लाख ४६ हजार
५ जर्मनी १ हजार ९ लाख ७२ हजार २ हजार –
६  पोल्याण्ड – – १ हजार –
७ बेलायत – – ३ हजार –
८ इन्डोनेसिया ६२ हजार ५ लाख – –
९ अमेरिका १ करोड ९८ लाख ४४ हजार २६ हजार – ३० लाख ९४ हजार
१० नेदरल्याण्डस् १ करोड ८५ लाख ७३ हजार १ करोड ८० लाख ८२ हजार – –
११  स्पेन ६ लाख ३४ हजार ३ लाख ९४ हजार – –
१२ मलेसिया – ३७ लाख ९४ हजार – –
१३ थाइल्याण्ड १ हजार २० हजार – –
१४ युएई ५ लाख २२ हजार २ हजार – –
१५  सिंगापुर – १ हजार  १६ हजार –
१६ बुल्गेरिया ३५ लाख ३२ हजार – – –
१७ द. कोरिया १० हजार – – –
१८ बेल्जियम ४ लाख ६ हजार – – –
१९ अस्ट्रिया २ लाख ८८ हजार – – –
२० टर्की – १ हजार – –

यस वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष आलु उत्पादन वृद्धि हुने तर पनि नेपाली उत्पादनले माग अनुसार नधान्ने राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रकी कृषि विस्तार अधिकारी प्रतिभा खनाल बताउँछिन्।

‘अघिल्लो वर्षको तुलनामा अहिले गुणस्तरीय तथा उन्नत जातको आलुको बिउको माग धेरै थियो। र अघिल्लो वर्ष आलुमा डढुवा लागेर उत्पादनमा कमी आएको थियो। यस वर्ष भने त्यस्तो डढुवा रोग लाग्न कमी आएको छ। त्यसकारण अघिल्लो वर्षभन्दा अहिले आलु धेरै उत्पादन हुन्छ। तरपनि मागअनुसार नेपाली उत्पादनले धान्न सकिँदैन ।बाहिरी मुलुकबाट आयात गर्नु  पर्छ,’ उनले भनिन्।

सबैभन्दा बढी आयात हुने तरकारीमध्ये आलु र प्याजमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ देखि चार वर्षका लागि संघीय सरकारको मातहतमा रहने गरी आलु र प्याजतर्फ मिसन कार्यक्रम गरिरहेको छ।

झापा, सुनसरी, लमजुङ, कास्की, स्याङ्जा, बर्दिया, कैलाली र कञ्चनपुरमा ‘बिउ आलु आत्मर्निभर कार्यक्रम’ सञ्चालनमा छ। आर्थिक वर्ष २०८०/०८१ सम्म सञ्चालन हुने यो कार्यक्रमबाट गुणस्तरीय बीउ उत्पादन गर्ने लक्ष्य रहेको खनाल बताउँछिन्। गुणस्तरीय बिउबाट आलु उत्पादन बढने उनको भनाइ छ।

१६ वर्ष अगाडिको तुलनामा नेपालमा आलु उत्पादन दोब्बर भए पनि आत्मनिर्भर हुन सकेको छैन। किसानबाट उन्नत जातको बिउ र मल माग भइरहेको छ। उत्पादन वृद्धि भएपनि बाहिरी मुलुकमा अझै निर्भर बन्नु परेको उनी बताउँछिन्।

आलुखेती कार्यक्रम
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा देशभरका १७ जिल्लामा आलु बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको थियो। तरकारीका लागि भने ७ जिल्लामा मात्रै खायन जातको आलु उत्पादन कार्यक्रम सञ्चालन भएको छ।

अघिल्लो आर्थिक वर्षमा पर्वत, दार्चुला, अर्घाखाँची, सुर्खेत, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, म्याग्दी, झापा, मकवानपुर, कास्की, स्याङ्जा, सिन्धुली, बाँके, बागलुङ र दाङमा आलु खेती कार्यक्रम सञ्चालन गरिएको थियो।

केन्द्रले आर्थिक २०७७/०७८ मा २४ स्थानीय तहमा आलु खेती कार्यक्रम सञ्चालन गरिरहेको थियो। हरेक स्थानीय तहलाई कार्यक्रम सञ्चालनका लागि १० लाख रुपैयाँको दरले बजेट वितरण गरिएको थियो।

क्र.सं. स्थानीय तह जिल्ला बजेट (रू.)
१ जलजला गाउँपालिका पर्वत १० लाख
२ नौडाँडा गाउँपालिका दार्चुला १० लाख
३ पाणिनी गाउँपालिका अर्घाखाँची १० लाख
४ भेरीगंगा नगरपालिका सुर्खेत १० लाख
५ शैलुङ गाउँपालिका दोलखा १० लाख
६ बाह्रबीसे नगरपालिका सिन्धुपाल्चोक १० लाख
७ जिरी नगरपालिका दोलखा १० लाख
८ अन्नपूर्ण गाउँपालिका  म्याग्दी १० लाख
९ कमल गाउँपालिका झापा १० लाख
१० लिसंखुपाखर गाउँपालिका सिन्धुपाल्चोक १० लाख
११ थाहा नगरपालिका मकवानपुर १० लाख
१२ पोखरा महानगरपालिका कास्की १० लाख
१३ गल्याङ नगरपालिका स्याङ्जा १० लाख
१४ गोलञ्जोर गाउँपालिका सिन्धुली १० लाख
१५ पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक १० लाख
१६ बलेफी गाउँपालिका सिन्धुपाल्चोक १० लाख
१७ बाँसगढी नगरपालिका बर्दिया १० लाख

आव ०७८/७९ मा स्थानीय तहमा खायन आलु उत्पादन कार्यक्रम सञ्चालन गरिएका जिल्ला:

क्र.सं. स्थानीय तह जिल्ला बजेट (रू.)
१ कोहलपुर नगरपालिका बाँके १० लाख
२ मेलम्ची नगरपालिका सिन्धुपाल्चोक १० लाख
३ रघुगङ्गा गाउँपालिका म्याग्दी १० लाख
४ धवलागिरि गाउँपालिका म्याग्दी १० लाख
५ सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक १० लाख
६ बागलुङ नगरपालिका बागलुङ १० लाख
७ घोराही उपमहानगरपालिका दाङ १० लाख

कस्तो छ नेपालमा आलु उत्पादनको अवस्था?
राष्ट्रिय आलु तरकारी ताथा मसला बाली विकास केन्द्रको तथ्यांक आर्थिक वर्ष २०७७/७८ अनुसार नेपालका सातै प्रदेशमा १ लाख ९८ हजार ७८८ हेक्टर जमिनमा आलु खेति भएको छ।  प्रतिहेक्टर १६.७३ मेट्रिक टनका दरले ३३२५२३१ मेट्रिक टन आलु उत्पादन भएको छ।

नेपालको प्रदेश- १ मा जम्मा ५८२७३ हेक्टर जग्गामा आलु खेती भएको थियो। ९८५६८२ मेट्रिक टन आलु उत्पादन भएको राष्ट्रिय आलु तरकारी ताथा मसला बाली विकास केन्द्रको तथ्यांकमा उल्लेख छ। जहाँ प्रतिहेक्टर १६.९१ मेट्रिकटनका दरले आलु उत्पादन भएको छ। 

मधेस प्रदेशमा २५ हजार ७९९.५१ हेक्टर जमिनमा आलु खेती भएकोमा जम्मा आलु ४०४३८१.७० मेट्रिक टन उत्पादन हुन्छ। त्यस्तै प्रतिहेक्टर १५.६७ मेट्रिक टन उत्पादन हुन्छ। 

त्यस्तै, बागमती प्रदेशमा ४०८७९ हेक्टर जमिनमा आलु खेती हुन्छ। जहाँ प्रतिहेक्टर १८.५१ मेट्रिक टनका दरले जम्मा ७५६७४८.१८ मेट्रिक टन उत्पादन हुन्छ। त्यस्तै गण्डकी प्रदेशमा २१०१०.२३ हेक्टर जमिनमा आलु खेती हुन्छ। प्रतिहेक्टर १५.०९ मेट्रिक टन का दरले जम्मा ३१६९५० मेट्रिक टन उत्पादन हुन्छ।

लुम्बिनी प्रदेशमा २३ हजार ९०४ हेक्टर जमिनमा आलुखेती हुन्छ। जसमा प्रतिहेक्टर १५.८१ मेट्रिक टनका दरले जम्मा ३७७९२२ मेट्रिक टन उत्पादन हुन्छ।

कर्णाली प्रदेशमा १२ हजार ७५७ हेक्टर जमिनमा आलु खेती हुन्छ। जहाँ प्रतिहेक्टर १७.३१ मेट्रिक टनका दरले जम्मा आलु २ लाख २० हजार ७९० मेट्रिक टन उत्पादन हुन्छ। सुदूरपश्चिम प्रदेशमा १ लाख ६६ हजार १६५ हेक्टर जमिनमा आलु खेती हुन्छ। उक्त प्रदेशमा प्रतिहेक्टर  १६.२५ मेट्रिक टनका दरले जम्मा २६२७५७ मेट्रिक टन आलु उत्पादन हुन्छ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १८:३९
  • #आलु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... बुधबार, जेठ २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्