काठमाडौं– प्रतिकूल मौसमका कारण बिहीबार त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान रोकिएको छ। बिहानैदेखि हुस्सु र कुहिरो लागेका कारण उडान तथा अवतरण प्रभावित बनेको विमानस्थलले जनाएको छ।
विमानस्थलका प्रवक्ता टकेनाथ सिटौलाका अनुसार खराब मौसमका कारण दुईवटा विमान अहिले होल्डमा छन्। नेपाल एअरलाइन्स र एअर इन्डियाको विमान होल्डमा राखिएको छ।
यता आन्तरिकतर्फको उडान पनि रोकिएको छ। मौसम खुलेपछि मात्र उडान र अवतरण सुरु हुने उनले बताए। मौसम खुलेपछि होल्डमा रहेका विमान अवतरण हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।