बैतडी– बैतडीको पाटन नगरपालिकाले तीन जना प्राविधिक कर्मचारीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ।
शनिबार बसेको नगरकार्यपालिका बैठकले करारमा कार्यरत इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सबइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए।
प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरुलाई बर्खास्त गरिएको उपप्रमुख बोहराले बताए। पाटन नगरपालिकाको निर्माणाधीन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएकाले नगरपालिकाले प्राविधिक कर्मचारीमाथि कारबाही गरेको हो।
प्राविधिक कर्मचारीहरुले भौतिक संरचना निर्माणका बेला ध्यान नदिएका कारण भौतिक संरचना गुणस्तरहीन बनेका नगरपालिकाको दाबी छ। केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।