• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
स्थलगत रिपोर्ट

बेथानचोक बस दुर्घटना : सुनसान सल्ले गाउँमा रित्तिएका घर

समर्पण श्री/सुरेन्द्र बजगाईं शनिबार, पुस २, २०७९  १३:२९
1140x725

बनेपा– सल्ले गाउँ शोकमग्न छ। बनेपा बजारबाट बाइकमा एक घण्टाको दुरी छिचोलेर हामी शुक्रबार दिउँसो उक्त गाउँ पुगेका थियौं। 

कच्ची सडक र खाल्डाखुल्डी बाटोहरू पार गर्दै जाँदा सहरको छेउमै रहेको गाउँले भोगेका असुविधा अनुभूत गर्न सकन्थ्यो। ‘यो ठाउँका मानिस गरिब छन्। छाक टार्न त धौ–धौ स्थितिमा घाइतेहरू बाँचुन्जेल उपचार कसरी गर्न सक्छन्? कमाउने मान्छे नै बितेपछि परिवारको हाल के होला?’ बेथानचोकमा भएको बस दुर्घटनामा गुमेका र घाइतेहरू सम्झँदै बनेपा वडा नम्बर ११का वडाध्यक्ष शिव कुमार थापा भावुक सुनिए।

गत २७ मंसिरमा काभ्रेको बेथानचोकमा ब्रतबन्धबाट फर्कँदै गरेको बस चलालगणेस्थानमा दुर्घटनामा पर्‍यो।  १७ जनाले ज्यान गुमाए। बाँकी घाइतेहरू उपचाररत् छन्। मृत्यु भएका मध्ये अधिकांश सल्ले गाउँकै छन्। एकै परिवारका ८ जना पनि यही गाउँका। घाइतेहरू पनि बढीजसो यही गाउँका। ‘अब गाउँ सुनसान भयो, विकासमा लाग्ने हात टुटे। केही गर्छु भन्नेहरू पनि रहेनन्,’ वडाध्यक्ष थापाले भने। 

उनले भनेजस्तै गाउँ मौन थियो। प्रत्येक घरका ढोकाहरू बन्द थिए। सधैं भरिने बाटाहरू रित्ता थिए। ‘कति दिन भयो मलाई माथि पसल जान मन लागेको छैन, दुध लिएर डेरी जान मन छैन,’ सल्ले गाउँ उक्लनेबेला ६० वर्षकी फूलमाया मगरले भनिन्, ‘त्यो रित्तो ठाउँ कसरी पो जानु!’

 

फूलमायालाई सधैं ओरालो झर्दा बोलाउने आवाजहरू अब कहिल्यै सुन्न नपाउने पिरले सताइरहेको छ। त्यही कुरा सम्झिरहँदा काम गर्ने जाँगर पनि हराउँछ उनको। 

आँगनबाट माथि घरहरू हेर्छिन्, घरमात्र उभिएको देख्छिन्। डिलमा देखिरहने परिचित अनुहार पाउँदिनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अनि खुइया् काढ्छिन्।

उकालो लागेपछि सल्ले गाउँको माझमा डेरी र पसल आउँछ। अरुबेला त्यहाँ मानिसहरू झुम्मिरहेका हुन्थे। अहिले त न बिहान कोही आउँछन् न साँझ। त्यसरी आउनेहरूमध्ये कोहीले ज्यान गुमाए, कोही घाइते भएर उपचारमा छन् र बाँकी घाइतेहरूको कुरुवा बस्न बनेपा, धुलिखेल, भक्तपुर र काठमाडौंका अस्पतालमा बाँडिएका छन्।

वरिपरी गाउँमा कोही बाँकी छन् भने वृद्धवृद्धा, बालबालिका र बच्चा हुर्काइरहेका महिलाहरू छन्। 

करिब ७५ वर्षीय मंगलबहादुर स्याङ्तानका छोराहरू अहिले अस्पताल धाइरहेका छन्। बाँचेकाहरूलाई स्वस्थ बनाएर फर्काउन भनी उनीहरू हिँडेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुर्घटनामा मंगलबहादुरको बहिनीका परिवार परे। आफ्नाहरूको निधनले उनको निद हराएको छ। उनलाई लागिरहेको छ, ‘अब यो गाउँमा न दिन रमाइलो बित्छ, न चाड। आफ्नाहरू विनाको पनि रमझम आउला र!’

मंगलबहादुरकी श्रीमती च्याल्टीमा भएको ब्रतबन्धमा जान चाहेकी थिइन्। तर उनले जान दिएनन्। ‘पैसा जानेहरूसंग नै पठाइदेऊ भनेँ। रिसाएर बसेकी थिई। गएकी भए फर्किएर आउन पाउँदी रैछ त!’ मंगलबहादुर मलिन हुँदै भन्छन्।

पसल भएको घरको आँगनमा २/३ जना वृद्धवृद्धा थिए। उनीहरू घटनाबारे कुरा उप्काइरहेका थिए। ‘लाश बुझ्न आएका छोराहरू पनि बेहोस् भए रे है,’ ७० वर्षीया पुतली स्याङ्तान सुनाउँदै थिइन्। 

एउटै परिवारका ८ जनाको मृत्यु भएपछि लाश बुझ्ने मान्छेधरि थिएनन्। दुई सदस्य जयराम तामाङ मलेसिया र अमर तामाङ जापानबाट फर्किएका थिए। उनीहरूले शुक्रबार नै ८ जनालाई  दागबत्ती दिइसकेका छन्।

एउटै परिवारका ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र १० वर्षीय पुष्कर तामाङले दुर्घटनामा ज्यान गुमाएका थिए।

बाँकी घाइते उपचाररत् छन्।

नयाँ खबर के आउँछ भन्ने प्रतीक्षामा बसिरहेकी थिइन् पुतली। अब सबै निको भएको समाचार आओस् भन्ने प्रार्थना उनको थियो। कतिपयको अवस्था सामान्य  भएको सुन्न पाउँदा भने मन केही शान्त हुन्छ उनको। 

दुर्घटनामा परेको घरतर्फ पुतली आँखा उठाएर हेर्छिन्। अनि भन्छिन्, ‘धन्न। यो टोलमा त्यो दिन बिहे नपरेको भए अझ कति जना मर्ने थिए।’

उनका अनुसार त्यो दिन गाउँमा बिहे थियो। बिहेले गर्दा निम्तो आएका थुप्रै मान्छे जान पाएनन्। नत्र आफ्नै परिवारभित्रका सदस्य पनि पर्ने थिए पुतलीका। 

उनका बुहारीहरू पनि यतिबेला अस्पताल छन्। ‘सक्ने र बल भएकाहरू कोही छैनन् गाउँमा। सबै उतै गएका छन्,’ उनी भन्छिन्। 

ब्रतबन्धमा जाँदा हात हल्लाएर बाइबाइ गरेकाहरू अब कहिल्यै नफर्किने कुराले मुर्छित बनाएको छ सोनी तामाङलाई। सोनी र उनकी जेठानी आँगनमा दुर्घटनाकै कुरा गरिरहेका थिए। 

जेठानी फोनबाट घाइतेहरूको स्वास्थ्यबारे जानकारी लिँदै थिइन्। 

सोनी पनि ब्रतबन्धमा जाने तरखरमा थिइन् अघिल्लो दिनसम्म। तर जानेदिन उनको मुड बदलियो। ब्रतबन्धमा बरु जानेहरूलाई पैसा पठाइदिइन्। 

दुर्घटनाको खबर सुनेको क्षण उनीहरूको कालो दिन थियो। घाइते हिरामान तामाङकी श्रीमतीले उनकै घरमा आएर श्रीमान्‌लाई तीन पटकसम्म कल गरेकी थिइन्। चार पटकको पालोमा प्रहरीले फोन उठाएर भनेका थिए, ‘तपाईंको श्रीमान् बेहोस् हुनुहुन्छ। हस्पिटलमा आउनुहोस्।' 

साना बच्चाहरू छाडेर उनी रुँदै अस्पताल दौडिएकी थिइन्। ‘उनी त बाँचे। टाउकोमा पानी जमेर अप्रेसन गर्नुपर्छ भनेका थिए डाक्टरले। अहिले खतरामुक्त छन् रे,’ सोनी भन्छिन्। 

हिरामानका दुई सन्तान सोनीकै रेखदेखमा छन्। ‘छोरी ममी बाबा जानी भन्छिन, हामीले आज पनि बल्ल फकाएर स्कुल पठायौं,’ उनी भन्छिन्।

सोनीकै परिवारका सदस्य पनि यतिबेला घाइते कुर्न अस्पताल गएका छन्।

घटना भएको दिन त्यो गाउँको अधिकांश घरमा चुलो बलेन। कति घरमा त अहिले पनि बलेको छैन। ‘अब सबै घाइतेहरूको राम्रो भइदिए हुन्थ्यो,’ सोनीको प्रार्थना छ।

वडाध्यक्ष थापा मृतकको परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिलाउन लागिपरिरहेका छन्। उपचारका बारेमा जानकारी लिइरहेका छन्। गाउँमा यो संकटकाे घडीमा उनले राहतको आग्रह गरेका छन्। ‘यहाँको परिवार र गाउँलाई राहतको आवश्यक छ। सक्नेहरूले सहयोग गरिदिनुहुन मेरो आग्रह छ,’ थापाले भने।

यो पनि:

१७ जनाको ज्यान गएको बस दुर्घटनामा बाँचेका सहचालक: पुनर्जीवन मिल्यो, तर उपचारको चिन्ता 

बेथानचोक बस दुर्घटना : न आफ्ना रहे, न आफन्त!

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १३:२९
  • #बेथानचोक बस दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्