• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
स्थलगत रिपोर्ट

१७ जनाको ज्यान गएको बस दुर्घटनामा बाँचेका सहचालक: पुनर्जीवन मिल्यो, तर उपचारको चिन्ता

64x64
नेपाल लाइभ शुक्रबार, पुस १, २०७९  १४:०२
1140x725

गत २७ मङ्सिरमापनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको यात्रुबाहक बस काभ्रेको बेथानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा दुर्घटना भयो। दुर्घटनामा चालकसहित १७ जनाको मृत्यु भयो। बाँकी २२ जना घाइतेको बनेपा, धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सहचालक सन्तोष चौलागाईं उक्त दुर्घटनामा बाँचे। बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ। दुर्घटनाको भोगाइबारे उनले नेपाल लाइभकर्मी समर्पण श्री र सुरेन्द्र बजगाईंसँग सुनाएको अनुभूति:

पहिले म क्यान्टिनमा काम गर्थेँ। सोचेअनुसारको कमाइ भइरहेको थिएन। म विकल्प खोज्दै थिएँ। त्यही क्रममा मेरो मामाको छोराले गाडीमा काम गर्न प्रस्ताव गरे। कमाइ ठिकै हुने भनेपछि म उनले चलाउने गाडीमा काम गर्न सहमत भएँ। 

एक हप्तादेखि मात्रै मैले गाडीमा काम सुरु गरेको हुँ। पहिले कहिलेकाहिँ यो काम गरेकाले सहज नै भएको थियो। गाडी पनौती–काठमाडौं रुटमा चल्ने गरेको थियो। 

हाम्रो गाडी छेवार (ब्रतबन्ध) का लागि रिजर्भ भएको थिएन। अर्को गाडीमा रिजर्भ आएको थियो। त्यो गाडी बिग्रिएकाले हामीलाई रिजर्भको लागि भनियो। 

हामी ८ बजेतिर पनौतीबाट हिँड्यौं। यताबाट जाने बेलामा राम्रोसङ्ग च्याल्टी पुगियो। एक ठाउँमा भने बाटोको कारण गाडी एकातिर ढल्किएकाले मलाई डर लागेको थियो। अरू ठाउँमा भने सहजै पुगेका थियौं।

ब्रतबन्धमा मैले र चालक सन्तोष तिमल्सिनाले सँगै खाना खायौँ। खाना सँग हामीलाई कोल्ड ड्रिङ्स दिइयो। अरू पाहुनाले रक्सी खाए पनि हामीले सेवन गरेनौं। 

ब्रतबन्ध सकिएर ६ बजे हामी फर्किएका थियौँ। त्यहाँबाट फर्किने मानिसहरूलाई चालकले धेरै हल्ला नगर्नुस्, सिटमा बसिदिनु भनेका थिए। यात्रुहरूले त्यहाँबाट हिँडेदेखि नै गीत बजाइदिन भनेका थिए। 

सुरुमा बाटो अप्ठेरो छ भनेर केही समय गीत बजाइएन। बाटो अलि राम्रो आए पछि गीत बजाइयो। गाडीमा भएका सबै मान्छे रमाइलो गर्दै, गाडी भित्र नै नाच्दै फर्कँदै थियौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

गीत बजाएर नाचे पनि हामीलाई कुनै डिस्टर्ब भएको थिएन। म केही समय चालकको नजिकै बसेको थिएँ। पछि त्यहाँबाट उठेर ढोकामा गएर उभिएँ। 

Kavre-Accident1670946012.png

बीचमा एक ठाउँमा गाडीले नतानेजस्तो भयो। त्यहाँचाहिँ चालकले अलि जोडले एक्सिलेटर दबाएका थिए। उकालो भएकाले गाडी थोरै हुत्तिएर अगाडि गएको थियो। त्यतिबेला १ जनाले विस्तारै चलाउनु, हतार छैन भनेका थिए। गाडी बिस्तारै गुडेको थियो। त्योबाहेक चालक र पेसेन्जरसँग खासै दोहोरो कुरा भए जस्तो लाग्दैन। पछाडि मानिसहरू नाचिरहेका थिए। 

एक ठाउँमा आइपुग्दा मलाई गाडीको बडीले भूइँ छोएको जस्तो लाग्यो। के भएछ जस्तो लागेको थियो। अब गाडी दुर्घटना हुन्छ भन्ने कुरा तत्काल मेरो मनमा आएछ। एक मनले अब बाचिँदैन कि भन्ने कुरासम्मको सोच आयो। त्यस्तो अवस्थामा ढोकाबाट फाल हाल्ने कुरासम्म आएन। म भित्रको भित्र नै भए। केही पेसेन्जरले हावा लिन झ्याल खोलेका थिए होलान्। तर ढोका भने बन्द गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हामी काठमाडौं-पनौतीको रुटमा चल्ने भएकाले त्यो बाटो खासै हिँड्ने गरेको थिएन। कहिलेकाहिँ टिप आउँदा मात्रै  हामी त्यताको बाटो हिँड्ने गरेका थियौँ। हाम्रो पुर्खौली घर त्यही बाटो हुँदै जाने भएकाले हामीलाई त्यो बाटो नयाँ भने थिएन।

गाडी एक्कासी दुर्घटना भयो। त्यसपछि मेरो केही होस नै छैन। म बेहोस भएको १० मिनेटपछि मलाई अर्को गाडीमा राखेर अस्पताल ल्याइएको रे। मलाई गाडीमा हाल्नेहरूका अनुसार गाडी पल्टिएपछि म आफैंले हस्पिटल लैजाऊ, हस्पिटल लैजाऊ भनेर कराएको थिएं रे।

उनीहरूले मलाई गाडी भित्रबाट सिसा फुटाएर निकालेका रहेछन्। पनौती ढुङ्खर्क रुटमा चल्ने गाडी नजिकै भएकाले हामीलाई उद्धार गर्न सजिलो भएको थियो। उद्धार गर्नको लागि तत्काल त्यो अर्को गाडीका मानिस आएको र त्यही गाडीमा बिरामीहरूलाई अस्पताल पुराएकाले अझ ठूलो क्षति हुनबाट हामी बचियो जस्तो मलाई लागेको छ। 

दुर्घटना भएको गाडीबाट निकालेर बाहिर ल्याएपछि म होसमा आएको थिएँ। त्यतिबेला एम्बुलेन्स, प्रहरीहरू समेत आइसकेका थिए। यति जनाको लास निकालियो भनेर मानिसहरू रुँदै थिए। म होसमा आएपछि उठ्न खोजेको थिएँ।  

त्यो बेला सबैभन्दा धेरै कम्मर र ढाड दुखेको थियो। टाउको पनि एकदमसँग दुखेको थियो। टाउकोमा चोट लागेको रहेछ । अहिले ४/५ टाँका लगाएको छ। 

टाउकोमा भएको त्यही चोटबाट कान, घाँटी हुँदै शरीरभरी रगत नै रगत भएको थियो। म त्यहाँबाट अस्पताल लैजाँदासम्म पनि होसमा नै थिए। गाडी दुर्घटना भएको भन्दै बाटोबाटै साथीहरूलाई फोनसम्म गरेका थिएँ। 'मेरो गाडी दुर्घटना भयो, बनेपा आउँदै छु' भनेर फोन गरेको थिएँ। 

मलाई शीर मेमोरियल अस्पतालमा ल्याइयो। त्यो दिन बेलुका नै मेरो सबै चेकअप गरियो। त्यस दिनदेखि अस्पतालमा नै छु। 

०००

चालक मेरो आफन्त नै हुन्। उनले पहिले सानो गाडी चलाउने गरेका थिए। पछि हेवी गाडीको लाइसेन्स निकालेर बस चलाउन सुरु गरेका हुन्। उनले बस चलाउन लागेको १ वर्षभन्दा बढी भयो होला। 

उनी मेरो मामाको छोरा भएकाले हाम्रो सम्बन्ध राम्रो थियो। कुखुरा बोक्ने बोलेरो गाडी चलाउँदादेखि अहिलेसम्म कुनै दुर्घटना भएको सुनाएका थिएनन्। 

केही मान्छेहरूले सामाजिक सञ्जालमा गाडीको टायर पुरानो भएकाले दुर्घटना भएको भन्दै लेखेका रहेछन्। टायर पुरानो भएर रिसोलिङ गर्ने बेला भएको थियो। तर ब्रेक नै नलाग्ने सम्मको पुरानो भने भएको थिएन।

धेरै मानिसले गाडी तीव्र गतिमा भएकाले दुर्घटना भएको आरोप लगाएका छन्। तर मेरो विचारमा गाडी तीव्र गतिमा थिएन। गाडी तीव्र गतिमा भएको भए त मोडबाट नै सिधा भिरमा झर्ने थियो। घुम्ती क्रस भएर दुर्घटना भएकाले त्यो तीव्र गतिमा भएकाले भएको हैन भन्ने मेरो बुझाइ छ।

मेरो विचारमा ब्रेक फेल भएकाले त्यो दुर्घटना निम्तिएको हो। 

गाडीका चालक मेरो मामाका छोरा। दाइभाइको रुपमा हामी पहिलेदेखि नै नजिक थियौं। तर मैले बसमा काम गर्न थालेको भने १ हप्ता मात्रै भएको थियो। उनी दुर्घटनास्थलमै बितेछन्। त्यो कुरा म अस्पताल आइपुगेपछि मात्रै थाहा पाएँ। सँगै यात्रा गरेको १७ जना साथीहरू बिते। मलाई अहिले बांच्नु भनेको अर्को जुनी पाएको जस्तो भएको छ। अरू दु:ख, कष्ट भएको त छ नै, तर त्यो दुर्घटनामा ज्यान बच्नु नै ठूलो कुरा हो।

दुर्घटनामा परेपछि धेरै मानिस हामीलाई भेट्न आएका छन्। यहाँका सांसददेखि वडाका मानिससम्म हामीलाई भेट्न आएका छन्। यहाँ आउने सबैले हाम्रो बारेमा चिन्ता जनाएका छन्। तर गाडीका साहु भने आएका छैनन्। त्यसैले उपचारमा लागेको सबै खर्च अस्पतालसँग उधारोमा गरिरहेका छौँ। मैले सुनेअनुसार गाडी साहुले आफ्नो उपचार आफैंले गर्नु पर्छ भनेका छन् रे। त्यस्तो भयो भने त हामीले कहाँबाट खर्च जुटाउने हामीलाई त धेरै समस्या पर्छ।

यो पनि पढ्नुहोस

बेथानचोक बस दुर्घटना : न आफ्ना रहे, न आफन्त!

 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्