• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
स्थलगत रिपोर्ट

बेथानचोक बस दुर्घटना : न आफ्ना रहे, न आफन्त!

सुरेन्द्र बजगाईं/समर्पण श्री शुक्रबार, पुस १, २०७९  १०:४९
1140x725

धुलिखेल– धुलिखेल अस्पतालको हाडजोर्नी वार्ड, रुम नम्बर ६।

बेडमा उपचाररत् बनेपा–११ का ३२ वर्षीय राजेन्द्र तामाङ कहिले ब्ल्याङ्केटले मुख छोप्छन् त कहिले निकाल्छन्। घरी कुरुवा बसेका साथीहरूलाई हेर्छन्, फिस्स हाँस्छन्।

फेरि अनुहार मलिन बनाउँछन्। केही बोल्न खोजेझैं गर्छन्, रोकिन्छन्।

साथीहरू उनलाई भुलाउन खोज्छन्। तर राजेन्द्रको छट्पटी कम हुँदैन। राजेन्द्रको हात भाँचिएको छ। ढाड फ्र्याक्चर  भएको छ।

२७ मङ्सिरमा बेथानचोक गाउँपालिकाको चलालगणेस्थानमा ब्रतबन्धबाट बनेपा फर्किरहेको बा ३ख ४३८५ नम्बरको यात्रुबाहक बस साँझ दुर्घटना भयो। १७ जनाले ज्यान गुमाए। त्यही दुर्घटनामा परेका राजेन्द्र घाइते भए। उनी संयोगले बाँचे। 

आफू बाँचेकोमा उनी खुसी हुन पनि सकिरहेका छैनन्। राजेन्द्र आफूले पुनर्जीवन त पाए। तर परिवारका ८ सदस्य सदाका लागि गुमाउनुपर्दा अस्पतालको शय्यामा मुर्छित देखिन्छन्। राजेन्द्रले श्रीमती, १० वर्षीय छोरा, बुबा, काका, काकी, भाइ, हजुर बा, हजुरआमा गरी ८ जना दुर्घटनामा गुमाए। 

राजेन्द्रसँगै उनका आमा, कान्छो काका, काकी, बहिनी ज्वाइँ, काकाको छोरी, काकाको छोरा, भान्जा लगायत उपचाररत छन्। अरु घाइने र मृतकहरू पनि उनका आफन्तै पर्छन्। आफन्तहरूको अवस्थाबारे उनी अपडेट लिइरहन्छन्।

मृत्यु भएका ८ जनाको लाश बुझ्ने मान्छे हिजोसम्म थिएनन। उनका दुई भाइ जापान र मलेसियामा थिए। मलेसियाबाट जयराम तामाङ र जापानबाट अमर तामाङ बिहीबार राति नेपाल आइपुगे। 

Ncell 2
Ncell 2
nimb
nimb

भान्जाको ब्रतबन्ध (छेवार) मा बस रिजर्भ गरेर उनीसहित करिब ४२ जनाको टोली बेथानचोकको च्याल्टी पुगेको थियो। ब्रतबन्ध गरिएका भान्जा पनि दुर्घटनामा घाइते छन्। उनी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत् छन्।
‘घाइते र मृतकहरू अधिकांश आफन्तै पर्छन्। यहाँ कुरुवा बस्ने आफन्त पनि छैनन्,’ कुरुवा बसेका उनका साथी सन्त सिँह तामाङ भन्छन्। 

सन्तसिँहका अनुसार साथीहरू पालैपालो घाइतेहरूको कुरुवा बसिरहेका छन्। ‘बेलुका र दिउँसोको लागि ४÷५ जना साथीको टोली छन्। साँझ अब अर्को टोली आउँदैछ,’ बिहीबार साँझ सन्तसिँँहले नेपाललाइभसँग भने।

बनेपा–११का वडाध्यक्ष शिव कुमार थापा गाउँनै शोकमा डुबेकाले सुनसान भएको बताउँछन्। ‘गाउँ नै रित्तो जस्ताो भएको छ। हामी सबै शोकमा डुबेका छौं,’ उनी भन्छन्।

Dhulikhel_Hospital1671168289.jpg

आफन्तभरिमै दुर्दशा
बनेपास्थित शीर मेमोरियल अस्पतालमा बरदान तामाङ बुबासँगै आफ्ना आफन्तहरूको कुरुवा बसेका छन्। उनको महिनादिनअघि खुट्टा फ्रयाक्चर भएको थियो। खुट्टाले हिँड्न नसकेकै कारण उनी छेवारमा जान पाएका थिएनन्। अहिले त्यही बिरामी खुट्टा लिएर उनी बनेपा र धुलिखेल अस्पतालमा दौडधूप गरिरहेका छन्। 

दुर्घटना भएदेखि उनको आँखामा निद्रा परेको छैन। ‘जता जाऊँ सबै आफन्त, रुन पनि नसकिने अवस्थामा छु,’ उनी भन्छन्।

त्यसदिन घटना हुनुभन्दा अघि बुबा कालु तामाङसँग आमाको फोनमा कुरा भएको थियो। ‘पौने ६ बजेको थियो। उहाँहरूले अब हिँड्दैछौं भनेर कल गर्नुभएको थियो। त्यसको केही बेरमा त दुर्घटना भएको खबर आयो,’ उनी भन्छन्। 

शीर मेमोरियल अस्पतालमै उपचाररत् ३२ वर्षीय विकास तामाङको स्वास्थ्य अवस्था सामान्य छ। उनको अनुहारमा बढी चोट लागेको छ। घटना सम्झँदा विकास अझै पनि झस्कन्छन्। पनौतीबाट जाने बेलामा पनि एकपटक बसमा डर लागेको उनी सम्झन्छन्। ‘त्यतिबेला पनि गाडी उक्लन सकिरहेको थिएन। ड्राइभरले दबाएपछि उक्लँदा मलाई डर लागेको थियो। फर्कँदा त  दुर्घटना भयो,’ विकास भन्छन्। 

विकास अन्तिम सिटमा थिए। दुर्घटनाका सबै कुरा उनलाई सम्झना छ। 

दुर्घटना हुँदा अनुहारभरि घाउ भएको याद छ उनलाई। ‘गाडी लड्यो भन्ने कुरा थाहा पाएँ। अनुहार छामें, मासु त हातमै आयो। त्यसपछि मफलर बेरेँ। मान्छे मरे भन्ने कुरा थाहा पाइरहेको थिएँ। त्यही बेला दुर्घटना भयो भनेर कल गरेँ। मलाई उद्धार गरेर एम्बुलेन्समा हालियो,’ उनी सम्झन्छन्।

दुर्घटनामा बितेको ८ जना विकासका जेठानका परिवार हुन्। उनी आफ्नो चोट भन्दा पनि बितेका आफन्तहरूको सम्झनामा मुर्छित छन्।

भाइको कुरुवा बसेका विकासका दाइ प्रदीप तामाङ जता हेरे पनि आफन्त मात्रै भएकोमा खिन्न छन्। ‘एक जना हो र । सबै आफन्तहरूमा परेको चोटले गाह्रो बनाइरहेछ,’ प्रदीप भन्छन्। 

दुर्घटनाको साँझ शीर मेमोरियल अस्पताल पुगेका प्रदीप त्यो दिन सम्झेर अझै भयभित हुन्छन्। ‘कतै लाश थियो, घाइतेहरू लडिरहेका थिए। सबले आ–आफ्नो आफन्त खोजेर इमर्जन्सीमा लैजाँदै थिएँ, मैले भाइ र बुहारी देख्नेबित्तिकै लिएर गएँ। कतिपय मरणासन्न अवस्थामा थिए। अस्पतालले ठाउं छैन भनेर अन्तै पठाउन आग्रह गरिरहेको थियो,’ उनी भन्छन्।

दुर्घटनामा घाइते  भएका २ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्। ५ जना शीर मेमोरियल अस्पतालमा उपचाररत् छन्। ९ जना धुलिखेल अस्पतालमा छन् भने ७ जना काठमाडौंका अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले बताए।

कसरी भयो दुर्घटना?
एसपी जोशीका अनुहार प्रहरीको प्रारम्भिक अनुसन्धानले तीव्र गति र ब्रेकफेलका कारण दुर्घटना भएको बताएको छ। ‘हामीले छानविन समिति बनाएर अनुसन्धान गरिरहका छौं। अनुसन्धानबाट थप कुरा आउँछन्। प्रारम्भिक अनुसन्धानले ब्रेकफेल र तीव्र गतिका कारण दुर्घटना भएको देखाउँछ,’ उनले भने।

बसका सहचालक सन्तोष चौलागाईं शीर मेमोरियल अस्पतालमै उपचाररत् छन्। उनको अवस्था सामान्य छ। सन्तोष हप्तादिन अघिमात्र बसमा काम गर्न आएका थिए। ‘पहिला होटलमा काम गर्थें, मामाको छोरा (बसका चालक) ले गाडीमा काम गर्न बोलाए, केहीदिनमै यस्तो घटना घट्यो,’ सन्तोष भन्छन्। 

Kavre-Accident-Bethanchok1670942982.png

उनका अनुसार त्यसदिन छेवारमा जाने रिजर्भ बस अर्कै थियो। त्यो बस नजाने भएपछि चालक सन्तोष तिमल्सिनाले त्यो बसको सट्टा आफ्नो बस रिजर्भ लगे। जाने बेलामा बसको अवस्था सामान्य भएको सहचालक सन्तोष बताउँछन्। फर्कँदा यात्रुहरूले गीत बजाउन आग्रह गरे। तर बाटो अफ्ठेरो भएको भन्दै १ किलोमिटरपछि मात्र चालकले गीत बजाएका थिए।

गीत बजाएपछि यात्रुहरू नाचिरहेका थिए। सन्तोषका अनुसार बाटोमा गेग्र्याङ भएका कारण टायर चिप्लिएर गाडी अगाडि बढ्न सकेन। चालकले जोडले एक्सिलेटर दबाए। र गाडी अगाडि बढाए।

‘त्यतिबेला यात्रुहरूले गाडी छिटो नकुदाउनु, नहुनु ढिला भयो, विस्तारै जाऊँ भनेका थिए,’ सन्तोषले भने। सन्तोष चालक सिट नजिकै बसेका थिए। पछि उनी त्यहाँबाट उठेर ढोका नजिकै गएर उभिए। त्यसको केही बेरमै गाडीको पछिल्लो भागले भुइँ छोएको अनुभव उनलाई भयो। सन्तोषले गाडी दुर्घटना हुँदैछ भन्ने कुरा अनुभूत गरे। ‘पछिल्लो भागले छोएपछि दुर्घटना भयो, अब बाँचिन्न भन्ने फिल गरेँ। ढोका खोलेर बाहिर जान सक्ने अवस्था थिए। यतिकैमा गाडी भित्तामा गएर ठोकियो, म बेहोस भएं,’ उनले भने। 

सन्तोष होसमा आउँदा उनलाई बाटोमा राखेर मान्छेहरूले घेरिरहेका थिए। टाउकोबाट रगत आइरहेको थियो। ढाड दुखिरहेको थियो। त्यसपछि उनलाई अस्पताल पुर्‍याइयो।

कसले व्यहोर्छ क्षतिपूर्ति?
दुर्घटनामा घाइतेको उपचार खर्च भने सरकारले व्यहोरिरहेको छ। गृहमन्त्री बालकृष्ण खाणले घाइतेको निःशुल्क उपचार गर्न प्रजिअलाई गत बुधबार निर्देशन दिएका थिए।

दुर्घटनामा पीडित पक्ष क्षतिपूर्तिको माग गर्दै बुधबार आन्दोलित भए। साँझ पीडित पक्षसँगै सिडिओ, डिएसपी, वडाअध्यक्ष र पूण्यमाता यातायात समिति बसेर मौखिक सम्झौता गरिएको थियो। सम्झौतामा समितिले कानुनअनुसारको ५ लाख क्षतिपूर्ति दिने सहमति गरेको थियो। 

तर पीडित पक्षहरू लिखित प्रतिवद्धता नभएकाले असन्तुष्ट भएको वडाअध्यक्ष  थापा बताउँछन्।  ‘कतिपय घाइतेको फलोअप गर्नुपर्ने केस छन्। जहाँ गएर उपचार गरे पनि समितिले व्यहोर्नुपर्यो भन्ने पीडित पक्षको माग छ । यस विषयमा समितिको मान्छेसँग फेरि सिडिओको रोहबरमा बस्दैछौं,’ थापाले भने।

जसले गुमाए ज्यान
दुर्घटनामा ज्यान गुमाउने १७ जनाको सुची निम्नानुसार छ :

१) बनेपा नगरपालिका–१४ का ३९ वर्षीय राजकुमार तामाङ
२) बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ
३) मण्डनदेउपुर नगरपालिका–१ बस्ने ३७ वर्षीया जेली तामाङ
४) ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती– ४ बस्ने सवारी चालक २२ वर्षीय तेज प्रसाद (सन्तोष) तिमल्सिना
५) बनेपा नगरपालिका–११ बस्ने ३० वर्षीय बु्द्ध तामाङ
६) तेमाल ८ बस्ने ९ वर्षीया गुरु लक्ष्मी तामाङ
७) तेमाल ११ बस्ने ५० वर्षीय आकुर तामाङ
८) तेमाल ११ बस्ने ४३ वर्षीया हेमा तामाङ
९) तेमाल ११ बस्ने १० वर्षीय पुष्कर तामाङ
१०) तेमाल ११ की २५ वर्षीया कोपिला तामाङ
११) तेमाल–११की ६ वर्षीयाया समीक्षा तामाङ
१२) तेमाल ८ बस्ने २७ वर्षीया टीकालक्ष्मी तामाङ
१३) बनेपा ११ बस्ने ५५ वर्षीय कुमार तामाङ
१४) बनेपा ११ बस्ने २७ वर्षीया कोपिला तामाङ
१५) बनेपा ११ बस्ने ११ वर्षीय पुष्कर तामाङ
१६) बेथानचोक गाउँपालिका–५ बस्ने ३२ वर्षीया मञ्जु तामाङ
१७) बनेपा नगरपालिका–१४ बस्ने २८ वर्षीया गीता श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १०:४९
  • #बेथानचोक बस दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? नारायणदत्त पौडेल भने सशस्त्र प्रहरी बलतर्फ लागे । दानबहादुर कार्की भने नेपाल प्रहरीमै रहे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रह... बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्