काठमाडौं– वाणिज्य बैंकहरुले पुस महिनमा निक्षेपको ब्याजदर नबढाउँने संकेत देखाएका छन्। बैंकर्स संघको सोमबार बसेको बैठकमा पुस महिनमा स्थिर राख्नेबारे बैंकरहरुबीच छलफल भएको छ।
तर, मंगलबार बिहानसम्म बैंकहरुले ब्याजदर बढाउँने वा यथायत राख्नेभन्ने विषयमा निर्णय भने नगरेको बैंकर संघका कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मा बताउँछन्।
उनी भन्छन्, ‘ब्याजदर बढाउँने वा के गर्ने भन्ने विषयमा मंगलबार बेलुकासम्म टुङ्गो लाग्छ। अहिलेको अवस्थामा व्याजदर बढाउँने सम्भावना छैन। यथावथ नै हुँने सम्भावना बढिछ।’
अघिल्लो महिनामा लागू ब्याजदरमा १० प्रतिशत थप हुँदा असोज महिनामा व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत कायम थियो ।
सोही ब्याजदर कात्तिक महिनामा पनि सोही लागू गरिएको छ। मंसिर महिनामा पनि सो दर लागू गर्ने निर्णय संघले गरेको हो। वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) को १० प्रतिशतले बढाएर भदौ महिनामा अधिकतम ११.१३ प्रतिशत कायम गरेका थिए।
वाणिज्य बैंकहरुका निक्षेपकर्ताले चैत, वैशाख, जेठ, असार, साउन र भदौ महिनामा सोही दरमै ब्याज पाएका थिए। असोज महिनामा भने १२.१३३ प्रतिशत ब्याजदर दिने सहमति संघले गरेको थियो। असोजमै कायम ब्याजदरलाई कात्तिक महिनामा पनि कायम गरिएको थियो। सोही ब्याजदरलाई मंसिरमा निरन्तरता दिएको संघले पुस महिनामा पनि निरन्तरता दिने संकेत देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।