काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार) २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले मंसिर २८ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा मंसिर २७ गते दिउँसो २ बजेसम्म बोलकबोल हुनेछ।
विकास ऋणपत्र २०८२ ‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व हुने अवधि ३ वर्षको छ। जसअनुसार २०७९ मंसिर २८ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८२ मंसिर २८ गते परिपक्व हुनेछ। ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन्।
ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ। यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ। ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो।
प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् १ अर्ब ७ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५ प्रतिशत अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको छ। नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ।
राष्ट्र बैंकले यही जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण संकलन गर्दै छ। सोही क्रममा बिहीबारदेखि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो।
ऋणपत्र खरिदका लागि अनलाईनबाटै आवेदन दिन सकिन्छ। ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।