कालीकोट– कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन्। दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ। तीन जना अझै बेपत्ता रहेका छन्।
बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन्। फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।