• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रहरीमा एआईजी बढुवाको सकस: भावी नेतृत्वका लागि मुख्य दाबेदार हुँदा तीव्र लबिइङ

64x64
नारायण अधिकारी शुक्रबार, मंसिर २३, २०७९  २१:१९
1140x725

काठमाडौं- नेपाल प्रहरीमा रिक्त रहेका चार अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा निकै पेचिलो बनेको छ। साउन २० गतेदेखि रिक्त हुन थालेको एआईजी पद कात्तिक २३ गतेसम्म आइपुग्दा रिक्त एआईजीको संख्या ४ पुगेको छ। 

रिक्त रहेको एआईजीको दरबन्दी एक महिनादेखि चार महिना हुँदासम्म बढुवा हुन सकेको छैन। गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका थिए। त्यसयता कात्तिक २५ गतेसम्म गरेर चार एआईजीहरु अवकाशमा गइसकेका छन्। 

कात्तिक २५ गते रवीन्द्र धानुक अवकाशमा जाँदा देश चुनावी माहोलमा गइसकेकाले बढुवाका लागि निर्वाचन आयोगसको स्वीकृत लिनुपर्ने भन्दै निर्वाचन सकिएपछि एआईजी बढुवा प्रक्रिया अघि बढाउने बताइएको थियो। 

निर्वाचन सम्पन्न भएपछि एआईजी बढुवाका लागि आयोगसँग स्वीकृति समेत लिइसकिएको छ। स्वीकृति लिएपछि तत्कालै बढुवा प्रक्रिया अघि बढाउने बताइए पनि अहिलेसम्म एआईजी बढुवाले गति लिन सकेको छैन।

बढुवाका लागि पुराना टोली र नयाँ टोली को छिर्ने भन्ने चर्को लबिइङ र प्रतिस्पर्धाका कारण बढुवा प्रक्रिया लम्बिएको छ।

रिक्त चार एआईजीका दर्जन डीआईजीहरु लबिइङमा लागेका छन्। अहिले बढुवा हुने चार एआईजीमध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा यो पटकको एआईजी बढुवा निकै पेचिलो बन्ने देखिन्छ।

अहिले बढुवा भएका एआईजीहरुबाटै चार महिनापछि आईजी बन्ने र अहिले बढुवामा छुटेकाहरु आईजीको प्रतिस्पर्धामै नहुने भएकाले बढुवामा पर्न डीआईजीहरु दौडधुपमा लागेका छन्। 

बढुवाको टप ‘थ्री’मा रहेका मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका मोहनकुमार आचार्य एआईजीमा बढुवा भए पनि उनीहरु आईजीको प्रतिस्पर्धामा रहने छैनन्।

Ncell 2
Ncell 2

उनीहरु हालका आईजी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएकाले ३० वर्षे सेवा अवधिका कारण चैत ११ मा अनिवार्य अवकाशमा जानेछन्। यी टप ‘थ्री’ बाहेकबाट एआईजीमा बढुवा हुनेहरु भने चैतमा आईजी बन्नेछन्। 

यी तीन जना र उनीहरुभन्दा पछिल्लो ब्याचबाट एक जना बढुवा भएको अवस्थामा पछिल्लो ब्याचबाट बढुवा हुने एआईजी आईजीका एकल दाबेदार हुनेछन्। जुनियर ब्याचबाट एकल बढुवा हुँदै आईजीको टुंगो अहिले नै लगाउने गरी समेत चलखेल भएको प्रहरी स्रोतको दावी छ।

गत असारमा डीआईजी भएकाहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा छन्। 

उनीहरुमध्ये अहिले रिक्त रहेको ४ एआईजीको पदमा जो बढुवा हुन्छन् तिनैमध्येबाट भावी आईजी बन्नेछन्। 

चार विभाग एआईजीविहीन
एआईजीले नेतृत्व गर्ने चार विभागहरु अहिले नेतृत्वविहीन भएका छन्। अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग, कार्य विभाग र प्रशासन विभाग गरी चार विभाग अहिले नेतृत्वविहीन छन्।

सरकारले प्रहरी महानिरीक्षकमा बढुवा नगरेपछि एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए। सर्वोच्चले पनि सरकारकै (धीरजप्रताप सिंहलाई आईजीमा बढुवा गर्ने) निर्णय सदर गरेपछि पोखरेलले राजीनामा दिएका थिए। प्रहरी प्रधान कार्यालयले पोखरेलको राजीनामा अघि नबढाई अनिवार्य अवकाशको बाटोमा पुर्‍याएको थियो। 

एआईजीको उमेर हद ५६ वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने प्रावधानअनुसार पोखरेल गत साउन २० गते अनिवार्य अवकाशमा गएका थिए। उनी अवकाशमा गएदेखि विगत चार महिनादेखि प्रदेश समन्वय विभाग एआईजी रिक्त छ। 

पोखरेलपछि अर्का एआईजी मुकुन्दराज आचार्य भदौ २३ मा अवकाशमा गए। उनी अवकाशमा गएपछि उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्य विभागका एआईजी सहकुल थापालाई पठाइएको थियो। त्यसयता कार्य विभाग पनि एआईजीविहीन छ। 

गत कात्तिक १४ गतेबाट उमेर हदकै कारण अर्का एआईजी अरुण बिसी पनि अवकाशमा गए। उनी अवकाशमा गएसँगै प्रशासन विभाग पनि एआईजीविहीन छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका एआईजी रवीन्द्र धानुक कात्तिक २५ गते उमेर हदकै कारण अवकाशमा गए। उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयका एआईजी दिवेश लोहनीको सरुवा गरिएको थियो। त्यसपछि अपराध अनुसन्धान विभाग पनि एआईजीविहीन भएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी... बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुस... बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज दिउँसो १ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । बुधबार, माघ ७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्