• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रहरीमा एआईजी बढुवाको सकस: भावी नेतृत्वका लागि मुख्य दाबेदार हुँदा तीव्र लबिइङ

64x64
नारायण अधिकारी शुक्रबार, मंसिर २३, २०७९  २१:१९
1140x725

काठमाडौं- नेपाल प्रहरीमा रिक्त रहेका चार अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा निकै पेचिलो बनेको छ। साउन २० गतेदेखि रिक्त हुन थालेको एआईजी पद कात्तिक २३ गतेसम्म आइपुग्दा रिक्त एआईजीको संख्या ४ पुगेको छ। 

रिक्त रहेको एआईजीको दरबन्दी एक महिनादेखि चार महिना हुँदासम्म बढुवा हुन सकेको छैन। गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका थिए। त्यसयता कात्तिक २५ गतेसम्म गरेर चार एआईजीहरु अवकाशमा गइसकेका छन्। 

कात्तिक २५ गते रवीन्द्र धानुक अवकाशमा जाँदा देश चुनावी माहोलमा गइसकेकाले बढुवाका लागि निर्वाचन आयोगसको स्वीकृत लिनुपर्ने भन्दै निर्वाचन सकिएपछि एआईजी बढुवा प्रक्रिया अघि बढाउने बताइएको थियो। 

निर्वाचन सम्पन्न भएपछि एआईजी बढुवाका लागि आयोगसँग स्वीकृति समेत लिइसकिएको छ। स्वीकृति लिएपछि तत्कालै बढुवा प्रक्रिया अघि बढाउने बताइए पनि अहिलेसम्म एआईजी बढुवाले गति लिन सकेको छैन।

बढुवाका लागि पुराना टोली र नयाँ टोली को छिर्ने भन्ने चर्को लबिइङ र प्रतिस्पर्धाका कारण बढुवा प्रक्रिया लम्बिएको छ।

रिक्त चार एआईजीका दर्जन डीआईजीहरु लबिइङमा लागेका छन्। अहिले बढुवा हुने चार एआईजीमध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा यो पटकको एआईजी बढुवा निकै पेचिलो बन्ने देखिन्छ।

अहिले बढुवा भएका एआईजीहरुबाटै चार महिनापछि आईजी बन्ने र अहिले बढुवामा छुटेकाहरु आईजीको प्रतिस्पर्धामै नहुने भएकाले बढुवामा पर्न डीआईजीहरु दौडधुपमा लागेका छन्। 

बढुवाको टप ‘थ्री’मा रहेका मधेस प्रदेशका डीआईजी मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका मोहनकुमार आचार्य एआईजीमा बढुवा भए पनि उनीहरु आईजीको प्रतिस्पर्धामा रहने छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरु हालका आईजी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा प्रहरी निरीक्षकमा भर्ना भएकाले ३० वर्षे सेवा अवधिका कारण चैत ११ मा अनिवार्य अवकाशमा जानेछन्। यी टप ‘थ्री’ बाहेकबाट एआईजीमा बढुवा हुनेहरु भने चैतमा आईजी बन्नेछन्। 

यी तीन जना र उनीहरुभन्दा पछिल्लो ब्याचबाट एक जना बढुवा भएको अवस्थामा पछिल्लो ब्याचबाट बढुवा हुने एआईजी आईजीका एकल दाबेदार हुनेछन्। जुनियर ब्याचबाट एकल बढुवा हुँदै आईजीको टुंगो अहिले नै लगाउने गरी समेत चलखेल भएको प्रहरी स्रोतको दावी छ।

गत असारमा डीआईजी भएकाहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी बढुवाको प्रतिस्पर्धामा छन्। 

उनीहरुमध्ये अहिले रिक्त रहेको ४ एआईजीको पदमा जो बढुवा हुन्छन् तिनैमध्येबाट भावी आईजी बन्नेछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चार विभाग एआईजीविहीन
एआईजीले नेतृत्व गर्ने चार विभागहरु अहिले नेतृत्वविहीन भएका छन्। अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग, कार्य विभाग र प्रशासन विभाग गरी चार विभाग अहिले नेतृत्वविहीन छन्।

सरकारले प्रहरी महानिरीक्षकमा बढुवा नगरेपछि एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए। सर्वोच्चले पनि सरकारकै (धीरजप्रताप सिंहलाई आईजीमा बढुवा गर्ने) निर्णय सदर गरेपछि पोखरेलले राजीनामा दिएका थिए। प्रहरी प्रधान कार्यालयले पोखरेलको राजीनामा अघि नबढाई अनिवार्य अवकाशको बाटोमा पुर्‍याएको थियो। 

एआईजीको उमेर हद ५६ वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने प्रावधानअनुसार पोखरेल गत साउन २० गते अनिवार्य अवकाशमा गएका थिए। उनी अवकाशमा गएदेखि विगत चार महिनादेखि प्रदेश समन्वय विभाग एआईजी रिक्त छ। 

पोखरेलपछि अर्का एआईजी मुकुन्दराज आचार्य भदौ २३ मा अवकाशमा गए। उनी अवकाशमा गएपछि उनको ठाउँमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्य विभागका एआईजी सहकुल थापालाई पठाइएको थियो। त्यसयता कार्य विभाग पनि एआईजीविहीन छ। 

गत कात्तिक १४ गतेबाट उमेर हदकै कारण अर्का एआईजी अरुण बिसी पनि अवकाशमा गए। उनी अवकाशमा गएसँगै प्रशासन विभाग पनि एआईजीविहीन छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका एआईजी रवीन्द्र धानुक कात्तिक २५ गते उमेर हदकै कारण अवकाशमा गए। उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयका एआईजी दिवेश लोहनीको सरुवा गरिएको थियो। त्यसपछि अपराध अनुसन्धान विभाग पनि एआईजीविहीन भएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन। सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल... सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान  अघि बढाएको थिय... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्