काठमाडौ - इजराइल पठाउने भन्दै ठगीको आरोपमा पक्राउ परेका नेपाली काग्रेसका नेतासहित पाँच जनालाई संगठित अपराधमा अनुसन्धान हुने भएको छ ।
नेपाल प्रहरीले केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको हाे ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धानमामात्र अनुसन्धान अघि बढाएको थियो । सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान भएको तर यसमा अन्य ब्यक्तिको पनि संलग्नता देखिएपछि संगठित रुपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि वढाएको हो
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान शुरु भएकाे बताए । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।
यो प्रकरणमा सीआईबीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का अनुसन्धानका लागि पक्राउ गरिएको छ । उनीहरु बाहेक अन्यको पनि संलग्नताबारे अनुसन्धान जारी रहेको छ ।
यो समूहले नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सल्लाहकारसँग चिनजान रहेको देखाउदै इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेका थिए । खड्काको संलग्नता देखिएपछि महाधिवेशनस्थलवाटै उनलाई पक्राउ गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।