• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अब बन्ने सरकारको प्रमुख चुनौती: गहिरिँदो संकटबाट कसरी उकास्ने अर्थतन्त्र?  

64x64
सुरेन्द्र बजगाईं मंगलबार, मंसिर २०, २०७९  १२:२६
1140x725

काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ। संघीय संसद् (प्रतिनिधि सभा)का १६५ वटा र ७  प्रदेश सभाका ३३० वटा निर्वाचन क्षेत्रबाट जनप्रतिनिधिको टुंगो लागिसकेको छ। 

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहे पनि प्रतिनिधि सभामा कुन दलले कति सिट पाउँछन् भन्ने गणितीय हिसाब भने लगभग प्रस्ट भइसकेको छ। दलहरु आगामी सरकार गठनको कसरतमा लागिसकेका छन्। तालमेल गरेर चुनावमा होमिएको सत्ता गठबन्धन एक्लैलाई संघीय सरकार गठनको स्पष्ट बहुमत नपुग्ने देखिएपछि अन्य दललाई पनि समेटेर सरकार गठनको कसरत चलिरहेको छ।  

दलका नेताहरु सरकार गठनको चटारोमा रहँदा आर्थिक क्षेत्रका जानकारहरु भने आगामी सरकारले लिने अर्थनीतिबारे ‘चिन्तित’ छन्। निर्वाचनका बेला प्राय सबैजसो दलहरुले छुट्टा–छुट्टै घोषणापत्र जारी गरेर जनतामाझ आ–आफ्ना नीति–कार्यक्रम प्रस्तुत गरेका थिए। तर प्राप्त जनमतले कुनै एक दलको मात्रै सरकार बन्ने अवस्था रहेन। जसकारण अब बन्ने सरकारको नीति तथा कार्यक्रम पनि प्रभावकारी नहुने चिन्ता सर्वत्र छ।      

गहिरिँदो संकटबाट कसरी उकासिएला अर्थतन्त्र?
नेपाल राष्ट्र बैंकले केही दिन अगाडि सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमास (साउन, भदौ र असोज महिना)को देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार मुलुकको अर्थतन्त्र गहिरो संकटमा रहेको देखिन्छ। महङ्गी बढेर ८.५० प्रतिशत पुगेको छ, व्यापार घाटाको अवस्था कहालीलाग्दो छ। वैदेशिक विनिमय सञ्चिति पनि अघिल्ला वर्षहरुको तुलनामा दयनिय नै छ। 

बैंकले ब्याजदर बढाएका कारण व्यवसायीहरु सडकमा छन्। उत्पादनमा हुने लगानी घट्दो छ। समग्र अर्थतन्त्र विदेशमा रहेका कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) मा निर्भर छ। 

देशको अर्थतन्त्रका अगाडि देखिएका चुनौतीका चाङमाथि टेकेर बन्ने अबको सरकारले अर्थतन्त्र सुधारका लागि कस्तो पहल गर्ला र नीति अवलम्बन गर्ला? 

निजी क्षेत्रका प्रतिनिधिहरु भने अब सरकारमा आउने नेतृत्व अर्थ नीतिलाई बुझ्ने र प्राथमिकता दिने खालको हुनुपर्ने बताउँछन्। मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिहरु निर्माण गरेमात्रै मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधान हुने र दिगो आर्थिक विकासको बाटो पहिल्याउन सकिने उनीहरुको भनाइ छ। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अब सरकारमा आउने नेतृत्वले जनचाहनालाई बुझेर नीति निर्माण गर्नुपर्ने बताउँछन्। जनताले आर्थिक समृद्धि चाहेकाले अब राजनीतिक कारणहरुमा अल्झिने छुट नयाँ सरकारलाई नहुने उनको भनाइ छ।  

Ncell 2
Ncell 2
nimb
nimb

यसअगाडि पनि दलहरुले आर्थिक समृद्धिको कुरा गरेको, तर त्यस्ता अजेन्डाहरु लोकप्रियताका लागि मात्रै सीमित हुने गरेको गोल्छाको बुझाइ छ। केही दिन अगाडि महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्छाको भनाइ थियो– ‘अहिले सबै राजनीतिक दलहरुले आर्थिक क्रान्तिकै कुरा गरिरहेका छन्। पार्टीहरुले लोकप्रियता बढाउनको लागि मात्रै आर्थिक अजेन्डा अगाडि ल्याएका छन्। तर उद्योग व्यवसायीहरुका मागलाई सम्बोधन गर्न सकेका छैनन्।’

अब बन्ने सरकारले आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न अपरिहार्य रहेको गोल्छाको भनाइ छ। ‘निजी क्षेत्रको चाहना के हो भने अब बन्ने सरकारले राजनीतिक अजेन्डा भन्दापनि आर्थिक अजेन्डा विशेष गरेर वर्तमान अर्थतन्त्र संकटमा पुगेको छ। संकटमा रहेको अर्थतन्त्रलाई सबल बनाएर सम्बोधन गर्न पहल गर्ने सरकार बन्ने विश्वास गरेका छौं,’ गोल्छा भन्छन्, ‘नेपाली जनताले चाहेकको मुलुकको समृद्धि हो। अब बन्ने सरकारले मुलुकमा कसरी समृद्धि प्राप्त गर्न सकिन्छ भनेर निजी क्षेत्रसँग सहकार्य बिना सम्भव छैन।’

अर्थमन्त्रीको भिन्नै बुझाइ
तर अर्थमन्त्री जनार्दन शर्मा भने अहिले मुलुक आर्थिक संकटमा नरहेको जिकिर गरिरहेका छन्। अहिले अर्थतन्त्रमा केही चुनौतीहरु भए पनि मुलुक आर्थिक संकटमा नरहेको उनको जिकिर छ। 

‘नेपालको अर्थतन्त्र अहिले संकटमा हैन। हाम्रो अगाडि केहि चुनौतीहरु छन्। पक्कै पनि कतै दबाब कतै चापहरु छन्। ती चुनौतिहरुलाई सामना गर्ने उपायहरु खोज्नु पर्छ,’ केही दिन अघि आर्थिक पत्रकारहरुलाई सम्बोधन गर्दै मन्त्री शर्माले भनेका थिए, ‘तर देश आर्थिक संकटमा छ भन्ने कुरा म फेरि पनि खण्डन गर्न चाहन्छु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुन्छ भन्नेहरुको खण्डन गर्दै आएका छन्। उनले नेपालको आर्थतन्त्रको आफ्नौ मौलिकता र आफ्नै विषेशताहरु भएको बताए। नेपालको आर्थिक संकटको भन्दा पनि चुनौतिको बारेमा छलफल गर्नु पर्नेमा जोड दिएका छन्। 

‘हाम्रा अर्थतन्त्रका सुचकांकहरु सुधारोन्मुख छन्। ती सुधारोन्मुख भएका सुचकांकहरु अहिलेको हाम्रो सञ्चितीको कुरालाई हामीले हेर्दा, अहिलेको हाम्रो रेमिट्यान्स, पर्यटन क्षेत्रको विकास हेर्दा अर्थतन्त्र सुधारउन्मुख छ,’ उनले भने, ‘हिजोको अवस्थाबाट हामी सुधारको अवस्थमा आएका छौँ। राजस्वको कुरा गर्ने हो भने चाहिँ प्रशासनिक र खुला सीमानाहरुलाई व्यवस्थित गर्नेसँग सम्बन्धि रहेको छ। त्यसलाई प्रविधिसँग जोड्ने हो भने त्यो समस्या हट्छ।’

‘मिलिजुली भए पनि आर्थिक स्थायित्व दिने सरकार बनोस्’
चुनावी परिणामअनुसार कुनै एक दलको मात्रै सरकार बन्ने अवस्था छैन। दुई वा दुईभन्दा बढी दल सम्मिलित ‘मिलिजुली सरकार’ बनेपनि आर्थिक स्थायित्व दिने सरकार बन्नुपर्ने व्यवसायीहरुको मत छ। 

नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल दलहरुले अब आफ्नो राजनीतिक दर्शनभन्दा पनि मुलुकको आर्थिक अवस्था र आर्थिक स्थायित्वका लागि सोच्नुपर्ने बताउँछन्। राजनीतिक सिद्धान्त र अजेन्डाभन्दा माथि उठेर दलहरुले आर्थिक स्थायित्वका लागि साझा धारणा बनाउनुपर्ने उनको भनाइ छ। 

‘अब राजनीतिक अजेन्डा भन्दापनि आर्थिक अजेन्डालाई प्राथमिकता दिने नेतृत्व सरकारमा आउनुपर्छ। चुनावको परिणामले एउटा पार्टीको सरकार बन्नसक्ने अवस्था नदेखिएकाले मिलिजुली सरकार भएपनि आर्थिक स्थायित्व दिनसक्ने सरकार बन्नुपर्छ,’ मल्ल भन्छन्, ‘राजनीतिक पार्टीका फरक–फरक धारणा भए पनि आर्थिक अजेन्डामा सबै दलका नेताहरुको एउटै धारणा भएको सरकार आउनु आवश्यक छ।’

उद्योगी तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले दिगो आर्थिक विकास गरी देश र जनताको लागि काम गर्ने सरकार आउन आवश्यक रहेको बताउँछन्। अब बन्ने सरकारमा आउने नेतृत्व राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने अजेन्डामा केन्द्रित बन्नुपर्ने गोल्यानको भनाइ छ। 

अध्यक्ष गोल्यान ५ वर्षमा देशको माटो सुहाउँदो र आर्थिक विकासमा सहज हुने नीति बनाउनसक्नेको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँछन्। 

‘अब बन्ने सरकारको पहिलो अजेन्डा नै आर्थिक अजेन्डा हुनुपर्छ। अब राजनीतिक भागबण्डा र राजनीतिलाई छाडेर देश बनाउने अजेन्डामा केन्द्रित हुनुपर्छ। देशको माटो र नेपाली जनता सुहाउँदो नीति आउनुपर्‍यो। सानो देश भएकाले पाँच वर्षमा देशको माटो सुहाउँदो नीति बनाउन सक्छौं,’ गोल्यान भन्छन्, ‘तर त्यसका लागि राजनीतिक पार्टीको सोच परिवर्तन हुनुपर्छ। ५ वर्षका लागि चुनाव जितेर आयौं भन्ने सोचको नतिजा यो निर्वाचन हो।’

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्