• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
खुसीको कथा

सपना पछ्याइरहेकी उद्यमी रेनुका

64x64
कल्पना घिमिरे शनिबार, मंसिर १७, २०७९  १०:४९
1140x725

काठमाडौं– वीर अस्पतालबाट पाँच महिनापछि उनी डिस्चार्ज भइन्। घर पुग्नासाथ आफ्नो अनुहारलाई ऐना सामु उभ्याइन्। तर ऐनामा आफूलाई भेटिनन्।

कतै दाग नदेखिने अनुहाभरि खतैखत हुँदा कसरी विश्वास हुन्थ्यो? औंलाहरूले गालामा स्पर्श गर्दागर्दै उनी बेहोस भइन्।

रेनुका श्रेष्ठको मन त्यतिबेलै हतासिएको थियो, जतिबेला अस्पताल पुगेका बाले छोरी चिनेनन्। जलेको अनुहारले स्वरुप बदलेको थियो। छोरीको अवस्था देखेर उनी भक्कानिएका थिए।

सानैदेखि अनुहारमा मसिनो दागधरि बस्न नदिने रेनुकाले पुराना दिन सम्झिइन्। आफन्तले दक्षिणा दिएको पैसा बचाएर शृङ्गारको सामान किन्न खुब मनपर्थ्यो उनलाई। ‘अचानक आफ्नै अनुहार देखेर तर्सिएँ, अचेत भएँ,’ त्यतिबेलाको तस्बिर देखाउँदै रेनुका भन्छिन्।

१२ वर्षअघिको त्यो कहालीलाग्दो घटना उनी सुनाइरहेकी छन्।

साँझ खाना खाएर सबै सुतिसकेका थिए। रेनुकाको बेला बेलामा अचेत हुने समस्या थियो। सुतिरहेको बेला उनी एक्कासि उठिन्। किचनमा गएर चुलो बालिन्। ग्यास लिक भएर उनको कपडामा आगो सल्क्यो। पोल्न थालेपछि रेनुकाको होस आयो।

उनी चिच्याइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुतिरहेका सासु, ससुरा र श्रीमान् रेनुकाको चिच्याहटले ब्युँझिए। उनीहरूले आगो निभाए। रेनुकाको छाती, अनुहार र हातका विभिन्न भाग जलिसकेका थिए। 

लगत्तै उनलाई वीर अस्पताल लगियो।

त्यसपछि लामो समयसम्म उनी अस्पतालको बेडमा छट्पटाइरहिन्। 

‘डाक्टरले नदुख्ने सुइ लगाइदिन्थे। जति लगाए पनि पोलेको घाउको दुखाइ कम हुने रहेनछ,’ बेडमा छट्पटाइरहेको क्षण सम्झँदै उनी भन्छिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेनुकालाई डिस्चार्ज भएपछि परिवारले माइती गाउँ काभ्रे पठाए। ‘अनुहारमा के भएको? यस्तो हुँदा पनि धन्न बाँचेछौ,’ बाटोभरि मान्छेहरूका सहानुभूतिले मनको घाउ चहर्‍याउँथ्यो। 

बनेपा पुगेपछि एक दुई जनाले भने, ‘अब यो निको हुँदैन।’

रेनुकाले आफूलाई सम्हाल्न सकिनन्। माइतीघर पुगेर उनी निकैबेर रोइरहिन्।

००० 

काभ्रेमा जन्मिएकी रेनुका १३ वर्षमा काठमाडौं आइन्। उनी बुबासँगै पाटनमा बसेर स्कुल पढ्न थालिन्। स्कुल छँदा बिहान पढेर दिउँसो एक रेस्टुरेन्टमा काम गर्थिन्। त्यहाँ वेटरको काम गर्दा उनको भेट सरोज श्रेष्ठसँग भयो।

चौधरी ग्रुपमा काम गर्थे सरोज। आउँदाजाँदा उनीहरूबीच प्रेम भयो। त्यसको केहीसमयपछि उनीहरूले लगनगाँठो कसे। 

विवाहको केही समयपछि यो घटना घटेको थियो।

०००

आफ्नो अनुहार पहिल्यै जस्तो पार्न सकिन्न भन्ने निराशाले रेनुका जलिरहन्थिन्। एकजना साथीले साँखुको सुषमा मेमोरियल अस्पतालमा उपचार गरे ठीक हुने आशा देखाए।

उनी त्यही आशामा सुषमा  मेमोरियल अस्पताल गइन्। अस्पतालमा उनले डाक्टरलाई सोधिन्, ‘मेरो अनुहार ठीक हुन्छ त सर ?’ डाक्टरले ‘हुन्छ’भन्ने जवाफ दिए। ‘मासुहरू सुक्ने सुइ लगाएर जानु। अर्काे महिना सर्जरी गर्ने प्लानिङ गर्नुपर्छ भनेर डाक्टरले भने। म सुइ लगाएर फेरि माइत गएँ,’ रेनुका सुनाउँछिन्।

डाक्टरले अर्को महिना आउनु भनेपछि रेनुका पुनः अस्पताल गइन्।

पहिला आश्वासन दिने डाक्टर सरुवा भइसकेछन्। अर्को डाक्टरलाई त्यही कुरा भन्दा उनले तीतो जवाफ पाइन्। ‘ठीक हुँदैन। यो अप्रेसन गर्ने बेला भएको छैन,’ डाक्टरले भनेका थिए। 

उनी खिन्न हुँदै घर फर्किइन्।

पुनः अर्को महिना उनी हस्पिटल गइन्। छातीमा भएको खतको सर्जरी गराइन्। कीर्तिपुर अस्पतालमा गएर नाकको अप्रेसन गराइन्। 

पति सरोज त भन्थे, ‘आफूलाई स्वीकार गर, सर्जरी गर्नु जरुरत छैन।’

तर उनको मन कहाँ मान्थ्यो र!

पटक पटक अनुहार ऐनामा हेर्दा मनमा अनौठो सोच समेत आयो। ‘सोचें, सर्जरीबाट भएन भने आत्महत्या गर्छु,’ उनले त्यो डरलाग्दो क्षण सुनाइन्।

कि त अनुहारलाई पहिलेजस्तै बनाउँछु, कि त जीवन सिध्याउँछु भन्ने योजना बुन्दै उनी अस्पताल धाउन थालिन्। त्यहीबेला रेनुकाले आफूजस्तै आगोले पोलेकाहरू भेटिन्। उनीहरूको पीडा सुनिन्। जो उनीहरूभन्दा निकै पीडित थिए। परिवारको समेत साथ नहुँदा एक्लै संघर्ष गरिरहेकाहरू पनि थिए। 

‘आगोले पोलेपछि श्रीमान्‌ले छाडेकाहरूको कथा पनि सुनेँ। लाग्यो, मैले त परिवारको साथ पाइरहेको छु,’ उनी सुनाउँछिन्।

दुई वर्षपछि नियमित एक्सरसाइजले उनको हात चल्न थाल्यो। त्यसले उनको आत्मविश्वास बढायो।

०००

विवाहको ८ वर्षपछि रेनुकाले छोरा जन्माइन्। परिवारमा थपिएको त्यो अर्को खुसी थियो।

छोरा जन्मिएको केही समयमै पहिलो लकडाउन भयो। त्यतिबेला सरोज पुन: विदेश जाने तरखरमा थिए। बीचमा दुवई गएर फर्किएका थिए सरोज। कोभिडका कारण भएको लकडाउनले उनलाई नेपालमै रोक्यो। 

पहिलो लकडाउनको साउनबाट सरोज नेपालमै हस्पिटलमा काम गर्न थाले। उनी रिसेप्सनिस्टको काम गर्थे। त्यही कामबाट उनीहरूको परिवार चलेको थियो।

मंसिरको महिना, सरोज काममा निस्कँदै गर्दा दुर्घटनामा परे। उनको एउटा खुट्टा भाँचिएको थियो। उपचारका लागि ७ लाख रुपैयाँ लाग्ने भयो। 

उनले सरोजको दुर्घटनाबारे सुषमा मेमोरियल अस्पतालमा जानकारी गराइन्। जहाँ सरोजले काम गर्थे। खर्च कम लाग्ने आशले उनी त्यहीँ लागिन्। 

सँगै सरोजलाई हान्ने बाइकको मान्छे नियन्त्रणमा लिन प्रहरी चौकी गइन्।  आधा खर्च बेहोर्ने भन्ने सहमति भयो।

अब रेनुका आफैंले काम नगरी परिवार धान्न सकिने अवस्था थिएन।

उनले झम्सीखेलको एउटा बुटिकमा काम भेटिन्। ‘बाबु सानै थियो। सासु ससुरासँग छुट्टिसकेका थियौँ। यहाँदेखि बाबुलाई बसन्तपुरमा सासुआमासँग छाड्नु पर्थ्यो। अनि काम गर्न झम्सिखेल पुग्दा गाह्रो भयो, छाडेँ,’ उनी सुनाउँछिन्।

फागुनमा दोस्रो लकाडाउन भयो। आर्थिक संकट व्यहोरिरहेकी रेनुकाकै काँधमा सबै दायित्व थियो। उनलाई कपडा सिउन आउँथ्यो। चिनेको साथीसँग कपडा सिउने मेसिन किन्न पैसा सापटी मागिन्। 

मेसिन किनेर उनले भोटो सिलाइन्। अनि अनलाइन विक्री गर्न थालिन्।

अनलाइन व्यापारबाट पनि अपेक्षित कमाइ भएन। फेरि कामकै खोजीमा भौंतारिरहेकी उनले फेसबुकमा रञ्जु नामकी साथीलाई आफ्नो समस्याबारे भनिन्। रञ्जुको ब्यूटीपार्लर थियो। एक दुई पटक उनीहरूले भेटघाट पनि गरे। त्यही क्रममा रञ्जुले २ हजार रुपैयाँ बच्चालाई हर्लिक्स खुवाउनुस् भनेर दिएकी थिइन्। 

अभावको बेला त्यो २ हजार उनको लागि महत्वपूर्ण पैसा थियो। उनले युट्युबाट रबर बनाउन सिकेकी थिइन्। रेनुकाले पाँच सयको साटनको कपडा किनिन्। युट्युव हेरेर ५० वटा रबर सिलाइन्। अनि फेसबुकमा राखिन्। तीनै रन्जुले त्यो रबर मनपराइन्। १५ सयको रबर किनिन्।

 रेनुकाले रबरसँगै मास्क पनि बनाउन सिकिन्। त्यसपछि उनले आफ्नो व्यवसाय सुरू गरिन्। 

‘रन्जु नागार्जुन हिल्सस्थित ओशो तपोवनमा जानुहुँदो रहिछ। त्यहाँ लगेर गिफ्ट गर्नु हुँदो रहेछ,’ उनी व्यवसायका सुरुवाती क्षण सम्झन्छिन्, ‘अनि उहाँले ओशो तपोवनको एकजना दाइसँग चिनजान गराइदिनुभयो।’

ती दाइले रेनुकाले बनाएको मास्क दुई सय पिस लिए। तपोवनमा थुप्रै सामान विक्री हुन थाल्यो।

विस्तारै उनको व्यवसायले लय समात्यो। अनि व्यवसायसँगै जीवनले पनि। उनका सामानहरू अपेक्षाभन्दा बढी विक्री हुन थाले। ‘कलेजका कार्यक्रमहरूमा पनि स्टल राख्ने वातावरण आफन्तहरूले मिलाइदिनुभयो। त्यहाँ विद्यार्थीहरूले थुप्रै किन्नुहुन्थ्यो,’ उनी सुनाउँछिन्।

उनले रबर, हेडब्यान्ड, मास्कसँगै इयरिङ पनि बनाउन थालिन्। अनलाइनमा धेरैले मन पराएर अर्डर गर्थे। रबरव्याण्डहरू फेसन शोहरूका लागि पनि माग आए। उनले रबर व्याण्ड बनाएर बेच्न थालिन्। 

अहिले दिनमै १५ हजारको व्यापार गर्छिन् रेनुका। यसले उनको परिवारको आर्थिक स्तर उकासेको छ। उनले फुर्सदको बेला नयाँ नयाँ सामान बनाउन युट्युबबाट सिक्छिन्। 

अर्डर आएका सामान सरोजले डेलिभर गर्छन्। कोठामै बसेर मासिक एक लाख सम्मको व्यापार गर्न पाउँदा उनी निकै खुसी छिन्। 

‘राम्रो व्यापार हुँदै गए व्यवसायलाई ब्राण्ड बनाउँछु। पछि गएर म जस्तै अरू महिलालाई पनि रोजगार दिने सोच बनाएकी छु,’ उनी सुनाउँछिन्। 

कुनै बेला आगोले जलेको अनुहार देखेर जीवनबाट निराश भएकी रेनुका अहिले बदलिएकी छन्। ‘मानिसले देख्ने सुन्दरता अनुहारमा हैन, व्यवहारमा हुन्छ,’ पछिल्लो समय उनले अनुभूत गर्न थालेकी छन्।

हिजोको जस्तो रुन छाडेकी छन् रेनुका। निराशाले कमजोर बनाउँछ भन्ने अहिले बुझेकी छन्। बरु खुसीले दिने उत्साहलाई उनले काममा परिणत गर्न थालेकी छन्। दागका रेखीहरू देखाउँदै उनी भन्न खोजिरहेकी छन्, 'हेर्नुस् त। रोएर कमजोर भइन्छ । यो अनुहारको दाग आँसुले बगाउँदैन, बरु खुसीले पुरिदिने रहेछ।’

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्