• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
खुसीको कथा

सपना पछ्याइरहेकी उद्यमी रेनुका

64x64
कल्पना घिमिरे शनिबार, मंसिर १७, २०७९  १०:४९
1140x725

काठमाडौं– वीर अस्पतालबाट पाँच महिनापछि उनी डिस्चार्ज भइन्। घर पुग्नासाथ आफ्नो अनुहारलाई ऐना सामु उभ्याइन्। तर ऐनामा आफूलाई भेटिनन्।

कतै दाग नदेखिने अनुहाभरि खतैखत हुँदा कसरी विश्वास हुन्थ्यो? औंलाहरूले गालामा स्पर्श गर्दागर्दै उनी बेहोस भइन्।

रेनुका श्रेष्ठको मन त्यतिबेलै हतासिएको थियो, जतिबेला अस्पताल पुगेका बाले छोरी चिनेनन्। जलेको अनुहारले स्वरुप बदलेको थियो। छोरीको अवस्था देखेर उनी भक्कानिएका थिए।

सानैदेखि अनुहारमा मसिनो दागधरि बस्न नदिने रेनुकाले पुराना दिन सम्झिइन्। आफन्तले दक्षिणा दिएको पैसा बचाएर शृङ्गारको सामान किन्न खुब मनपर्थ्यो उनलाई। ‘अचानक आफ्नै अनुहार देखेर तर्सिएँ, अचेत भएँ,’ त्यतिबेलाको तस्बिर देखाउँदै रेनुका भन्छिन्।

१२ वर्षअघिको त्यो कहालीलाग्दो घटना उनी सुनाइरहेकी छन्।

साँझ खाना खाएर सबै सुतिसकेका थिए। रेनुकाको बेला बेलामा अचेत हुने समस्या थियो। सुतिरहेको बेला उनी एक्कासि उठिन्। किचनमा गएर चुलो बालिन्। ग्यास लिक भएर उनको कपडामा आगो सल्क्यो। पोल्न थालेपछि रेनुकाको होस आयो।

उनी चिच्याइन्।

Ncell 2
Ncell 2

सुतिरहेका सासु, ससुरा र श्रीमान् रेनुकाको चिच्याहटले ब्युँझिए। उनीहरूले आगो निभाए। रेनुकाको छाती, अनुहार र हातका विभिन्न भाग जलिसकेका थिए। 

लगत्तै उनलाई वीर अस्पताल लगियो।

त्यसपछि लामो समयसम्म उनी अस्पतालको बेडमा छट्पटाइरहिन्। 

‘डाक्टरले नदुख्ने सुइ लगाइदिन्थे। जति लगाए पनि पोलेको घाउको दुखाइ कम हुने रहेनछ,’ बेडमा छट्पटाइरहेको क्षण सम्झँदै उनी भन्छिन्।

रेनुकालाई डिस्चार्ज भएपछि परिवारले माइती गाउँ काभ्रे पठाए। ‘अनुहारमा के भएको? यस्तो हुँदा पनि धन्न बाँचेछौ,’ बाटोभरि मान्छेहरूका सहानुभूतिले मनको घाउ चहर्‍याउँथ्यो। 

बनेपा पुगेपछि एक दुई जनाले भने, ‘अब यो निको हुँदैन।’

रेनुकाले आफूलाई सम्हाल्न सकिनन्। माइतीघर पुगेर उनी निकैबेर रोइरहिन्।

००० 

काभ्रेमा जन्मिएकी रेनुका १३ वर्षमा काठमाडौं आइन्। उनी बुबासँगै पाटनमा बसेर स्कुल पढ्न थालिन्। स्कुल छँदा बिहान पढेर दिउँसो एक रेस्टुरेन्टमा काम गर्थिन्। त्यहाँ वेटरको काम गर्दा उनको भेट सरोज श्रेष्ठसँग भयो।

चौधरी ग्रुपमा काम गर्थे सरोज। आउँदाजाँदा उनीहरूबीच प्रेम भयो। त्यसको केहीसमयपछि उनीहरूले लगनगाँठो कसे। 

विवाहको केही समयपछि यो घटना घटेको थियो।

०००

आफ्नो अनुहार पहिल्यै जस्तो पार्न सकिन्न भन्ने निराशाले रेनुका जलिरहन्थिन्। एकजना साथीले साँखुको सुषमा मेमोरियल अस्पतालमा उपचार गरे ठीक हुने आशा देखाए।

उनी त्यही आशामा सुषमा  मेमोरियल अस्पताल गइन्। अस्पतालमा उनले डाक्टरलाई सोधिन्, ‘मेरो अनुहार ठीक हुन्छ त सर ?’ डाक्टरले ‘हुन्छ’भन्ने जवाफ दिए। ‘मासुहरू सुक्ने सुइ लगाएर जानु। अर्काे महिना सर्जरी गर्ने प्लानिङ गर्नुपर्छ भनेर डाक्टरले भने। म सुइ लगाएर फेरि माइत गएँ,’ रेनुका सुनाउँछिन्।

डाक्टरले अर्को महिना आउनु भनेपछि रेनुका पुनः अस्पताल गइन्।

पहिला आश्वासन दिने डाक्टर सरुवा भइसकेछन्। अर्को डाक्टरलाई त्यही कुरा भन्दा उनले तीतो जवाफ पाइन्। ‘ठीक हुँदैन। यो अप्रेसन गर्ने बेला भएको छैन,’ डाक्टरले भनेका थिए। 

उनी खिन्न हुँदै घर फर्किइन्।

पुनः अर्को महिना उनी हस्पिटल गइन्। छातीमा भएको खतको सर्जरी गराइन्। कीर्तिपुर अस्पतालमा गएर नाकको अप्रेसन गराइन्। 

पति सरोज त भन्थे, ‘आफूलाई स्वीकार गर, सर्जरी गर्नु जरुरत छैन।’

तर उनको मन कहाँ मान्थ्यो र!

पटक पटक अनुहार ऐनामा हेर्दा मनमा अनौठो सोच समेत आयो। ‘सोचें, सर्जरीबाट भएन भने आत्महत्या गर्छु,’ उनले त्यो डरलाग्दो क्षण सुनाइन्।

कि त अनुहारलाई पहिलेजस्तै बनाउँछु, कि त जीवन सिध्याउँछु भन्ने योजना बुन्दै उनी अस्पताल धाउन थालिन्। त्यहीबेला रेनुकाले आफूजस्तै आगोले पोलेकाहरू भेटिन्। उनीहरूको पीडा सुनिन्। जो उनीहरूभन्दा निकै पीडित थिए। परिवारको समेत साथ नहुँदा एक्लै संघर्ष गरिरहेकाहरू पनि थिए। 

‘आगोले पोलेपछि श्रीमान्‌ले छाडेकाहरूको कथा पनि सुनेँ। लाग्यो, मैले त परिवारको साथ पाइरहेको छु,’ उनी सुनाउँछिन्।

दुई वर्षपछि नियमित एक्सरसाइजले उनको हात चल्न थाल्यो। त्यसले उनको आत्मविश्वास बढायो।

०००

विवाहको ८ वर्षपछि रेनुकाले छोरा जन्माइन्। परिवारमा थपिएको त्यो अर्को खुसी थियो।

छोरा जन्मिएको केही समयमै पहिलो लकडाउन भयो। त्यतिबेला सरोज पुन: विदेश जाने तरखरमा थिए। बीचमा दुवई गएर फर्किएका थिए सरोज। कोभिडका कारण भएको लकडाउनले उनलाई नेपालमै रोक्यो। 

पहिलो लकडाउनको साउनबाट सरोज नेपालमै हस्पिटलमा काम गर्न थाले। उनी रिसेप्सनिस्टको काम गर्थे। त्यही कामबाट उनीहरूको परिवार चलेको थियो।

मंसिरको महिना, सरोज काममा निस्कँदै गर्दा दुर्घटनामा परे। उनको एउटा खुट्टा भाँचिएको थियो। उपचारका लागि ७ लाख रुपैयाँ लाग्ने भयो। 

उनले सरोजको दुर्घटनाबारे सुषमा मेमोरियल अस्पतालमा जानकारी गराइन्। जहाँ सरोजले काम गर्थे। खर्च कम लाग्ने आशले उनी त्यहीँ लागिन्। 

सँगै सरोजलाई हान्ने बाइकको मान्छे नियन्त्रणमा लिन प्रहरी चौकी गइन्।  आधा खर्च बेहोर्ने भन्ने सहमति भयो।

अब रेनुका आफैंले काम नगरी परिवार धान्न सकिने अवस्था थिएन।

उनले झम्सीखेलको एउटा बुटिकमा काम भेटिन्। ‘बाबु सानै थियो। सासु ससुरासँग छुट्टिसकेका थियौँ। यहाँदेखि बाबुलाई बसन्तपुरमा सासुआमासँग छाड्नु पर्थ्यो। अनि काम गर्न झम्सिखेल पुग्दा गाह्रो भयो, छाडेँ,’ उनी सुनाउँछिन्।

फागुनमा दोस्रो लकाडाउन भयो। आर्थिक संकट व्यहोरिरहेकी रेनुकाकै काँधमा सबै दायित्व थियो। उनलाई कपडा सिउन आउँथ्यो। चिनेको साथीसँग कपडा सिउने मेसिन किन्न पैसा सापटी मागिन्। 

मेसिन किनेर उनले भोटो सिलाइन्। अनि अनलाइन विक्री गर्न थालिन्।

अनलाइन व्यापारबाट पनि अपेक्षित कमाइ भएन। फेरि कामकै खोजीमा भौंतारिरहेकी उनले फेसबुकमा रञ्जु नामकी साथीलाई आफ्नो समस्याबारे भनिन्। रञ्जुको ब्यूटीपार्लर थियो। एक दुई पटक उनीहरूले भेटघाट पनि गरे। त्यही क्रममा रञ्जुले २ हजार रुपैयाँ बच्चालाई हर्लिक्स खुवाउनुस् भनेर दिएकी थिइन्। 

अभावको बेला त्यो २ हजार उनको लागि महत्वपूर्ण पैसा थियो। उनले युट्युबाट रबर बनाउन सिकेकी थिइन्। रेनुकाले पाँच सयको साटनको कपडा किनिन्। युट्युव हेरेर ५० वटा रबर सिलाइन्। अनि फेसबुकमा राखिन्। तीनै रन्जुले त्यो रबर मनपराइन्। १५ सयको रबर किनिन्।

 रेनुकाले रबरसँगै मास्क पनि बनाउन सिकिन्। त्यसपछि उनले आफ्नो व्यवसाय सुरू गरिन्। 

‘रन्जु नागार्जुन हिल्सस्थित ओशो तपोवनमा जानुहुँदो रहिछ। त्यहाँ लगेर गिफ्ट गर्नु हुँदो रहेछ,’ उनी व्यवसायका सुरुवाती क्षण सम्झन्छिन्, ‘अनि उहाँले ओशो तपोवनको एकजना दाइसँग चिनजान गराइदिनुभयो।’

ती दाइले रेनुकाले बनाएको मास्क दुई सय पिस लिए। तपोवनमा थुप्रै सामान विक्री हुन थाल्यो।

विस्तारै उनको व्यवसायले लय समात्यो। अनि व्यवसायसँगै जीवनले पनि। उनका सामानहरू अपेक्षाभन्दा बढी विक्री हुन थाले। ‘कलेजका कार्यक्रमहरूमा पनि स्टल राख्ने वातावरण आफन्तहरूले मिलाइदिनुभयो। त्यहाँ विद्यार्थीहरूले थुप्रै किन्नुहुन्थ्यो,’ उनी सुनाउँछिन्।

उनले रबर, हेडब्यान्ड, मास्कसँगै इयरिङ पनि बनाउन थालिन्। अनलाइनमा धेरैले मन पराएर अर्डर गर्थे। रबरव्याण्डहरू फेसन शोहरूका लागि पनि माग आए। उनले रबर व्याण्ड बनाएर बेच्न थालिन्। 

अहिले दिनमै १५ हजारको व्यापार गर्छिन् रेनुका। यसले उनको परिवारको आर्थिक स्तर उकासेको छ। उनले फुर्सदको बेला नयाँ नयाँ सामान बनाउन युट्युबबाट सिक्छिन्। 

अर्डर आएका सामान सरोजले डेलिभर गर्छन्। कोठामै बसेर मासिक एक लाख सम्मको व्यापार गर्न पाउँदा उनी निकै खुसी छिन्। 

‘राम्रो व्यापार हुँदै गए व्यवसायलाई ब्राण्ड बनाउँछु। पछि गएर म जस्तै अरू महिलालाई पनि रोजगार दिने सोच बनाएकी छु,’ उनी सुनाउँछिन्। 

कुनै बेला आगोले जलेको अनुहार देखेर जीवनबाट निराश भएकी रेनुका अहिले बदलिएकी छन्। ‘मानिसले देख्ने सुन्दरता अनुहारमा हैन, व्यवहारमा हुन्छ,’ पछिल्लो समय उनले अनुभूत गर्न थालेकी छन्।

हिजोको जस्तो रुन छाडेकी छन् रेनुका। निराशाले कमजोर बनाउँछ भन्ने अहिले बुझेकी छन्। बरु खुसीले दिने उत्साहलाई उनले काममा परिणत गर्न थालेकी छन्। दागका रेखीहरू देखाउँदै उनी भन्न खोजिरहेकी छन्, 'हेर्नुस् त। रोएर कमजोर भइन्छ । यो अनुहारको दाग आँसुले बगाउँदैन, बरु खुसीले पुरिदिने रहेछ।’

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्