• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनाव हारेका पर्यटनमन्त्री श्रेष्ठ पैसा वितरणको तयारीमा, मापदण्ड तत्काल पारित गर्न सचिवलाई दबाब

64x64
दुर्गा दुलाल मंगलबार, मंसिर १३, २०७९  १८:४७
1140x725

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट पराजित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले आफूखुशी पैसा वितरणका लागि मापदण्ड तयार पारेका छन्। मन्त्री श्रेष्ठको दबाबमा सचिवस्तरीय निर्णयबाट राजनीतिक दलका नेताका नाममा खोलिएकादेखि धार्मिक प्रतिष्ठानसम्मलाई पैसा वितरणको मापदण्ड तयार पारिएको छ।

मन्त्रालय स्रोतका अनुसार उनले यो मापदण्ड पारित गरेर मंसिर अन्तिमसम्म पैसा वितरणको दबाब दिइरहेका छन्। मंसिर ४ गते भएको निर्वाचनमा हारेका मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहँदा उनी भने पैसा वितरणका लागि मन्त्रालयमा दबाब बढाइरहेका छन्। 

उनै मन्त्री श्रेष्ठ मंगलबार नेपाल वायु सेवा निगमको खर्चमा कतारमा भइरहेको विश्वकप फुटबल हेर्न जाँदैछन्। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। 

अब केही समय मात्र मन्त्रालयमा बस्नुपर्ने भएपछि उनी ‘आसेपासे’लाई रकम वितरण गर्ने तयारीमा छन्। जसका लागि बनाइएको मापदण्ड पारित गर्न उनले मन्त्रालयका सचिव सुरेश अधिकारीलाई तारन्तार दबाब दिइरहेका छन्। तर, सचिव अधिकारी भने उनको विपक्षमा उभिएका छन्। सचिव अधिकारीले अहिलेको अवस्थामा यस्तो मापदण्डका आधारमा रकम वितरण गर्न नसकिने अडान लिइरहेका मन्त्रालयका एक अधिकारीले बताए।

प्रतिष्ठान वा संस्थाहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७९ तयार पार्दै उनले रकम वितरण गर्न दबाब दिइरहेको मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। राजनीतिक तथा ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै रकम वितरण गर्न कर्मचारीहरूलाई मन्त्री श्रेष्ठले दबाब दिइरहेका एक कर्मचारीले बतााए। 

‘मन्त्रीज्यू जसरी पनि मापदण्ड पारित गर्ने अनि पैसा वितरण गर्ने पक्षमा हुनुहुन्छ’, ती कर्मचारीले भने, ‘सचिवज्यूले निर्वाचनलगत्तै नयाँ सरकार आउने र यसरी मापदण्डकै भरमा पैसा वितरण गर्न नहुने भनेर अडान लिनुभएको छ।’ 

मापदण्ड र रकम वितरणका विषयमा कुरा गर्न खोज्दा मन्त्री श्रेष्ठ सम्पर्कमा आउने चाहेनन्। 

नेताका प्रतिष्ठानलाई सिधै २ करोड २५ लाख 
मन्त्रालयले निर्माण गरेको मापदण्डको प्रस्तावनामा ‘नेपालको राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरू, राष्ट्रिय विभूतिहरू, सहिदहरूको नाममा स्थापना भएका प्रतिष्ठान वा संस्था लगायतलाई आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवस्था गरिए अनुरुप अनुदान उपलब्ध गराउनका लागि मापदण्ड बनाउन आवश्यक भएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देहायको मापदण्ड बनाएको छ’, भन्ने उल्लेख गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मापदण्डमा अनुदान प्राप्त गर्ने प्रयोजनका लागि प्रतिष्ठान वा संस्थाको वर्गीकरण चार क्षेत्रमा गरिएको छ। नेपालको राजनीतिक र ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट राजनेताहरूको नाममा स्थापित प्रतिष्ठानहरू, राजनैतिक व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठानहरू, विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठान/संस्थाहरू हुनुपर्ने मापदण्डमा उल्लेख छ। 

त्यस्तै, विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको नाममा स्थापित संघ, संस्थाहरू र अन्य धार्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूलाई यस्तो रकम दिइने मापदण्डमा उल्लेख छ। 

मन्त्रालयमार्फत् उपलब्ध गराउन प्रतिष्ठान र संस्थालाई उपलब्ध गराइने रकम सम्बन्धित स्थानीय तहहरूमा एकमुष्ठ पठाउने मापदण्डमा उल्लेख गरिएको छ। अनुदान रकम पुँजीगत र चालु कार्यक्रममा खर्च गर्नेगरि दिइने र उक्त रकम अर्थ मन्त्रालयको खर्च शीर्षक वर्गीकरण अनुसार गर्ने जनाइएको छ।  

त्यसैगरी, प्रतिष्ठान वा संस्थाहरू नियमानुसार दर्ता भई नवीकरण वा लेखा परीक्षण भएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ। सम्बन्धित संस्थानहरूको भौतिक संरचना निर्माण गर्दा जग्गाको स्वामित्व सुनिश्चित भएको हुनुपर्ने, अनुदानको रकम प्रचलित आर्थिक ऐन, नियम पालना गरि पारदर्शी र मितव्ययी रुपमा खर्च गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। 

त्यसका साथै मन्त्रालयले स्थानीय तहसँग समन्वय गरि कार्यक्रमको अनुगमन गर्ने, प्रतिष्ठान वा संस्थाले आवधिक रुपमा हरेक ६/६ महिनामा कार्य प्रगति विवरण सम्बन्धित स्थानीय तहमार्फत् मन्त्रालयमा पेस गर्नुपर्ने मापदण्डमा व्यवस्था गरिएको छ।

कसलाई कति रकम? 
मापदण्डको दफा ४ मा रकम वितरणको कुरा खुलाइएको छ।  ‘दफा २ बमोजिमको प्राथमिकता अनुसारका प्रतिष्ठान वा संस्थाहरूलाई देहायका दरले सम्बन्धित स्थानीय तहमार्फत् अनुदान रकम उपलब्ध गराइनेछ’, उक्त दफामा भनिएको छ। 

उक्त दफामा पहिलो नम्बरमा रहेको प्रतिष्ठान वा संस्थाहरूलाई १ करोड २५ लाख उपलब्ध गराउने भनिएको छ। १ करोड २५ लाख प्राप्त गर्नेमा राजनीतिक र ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट राजनेताहरूको नाममा स्थापित प्रतिष्ठान हुने छ। 

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिष्ठान, मदन भण्डारी फाउन्डेसन, जीपी कोइराला फाउन्डेसन जस्ता निकायहरू यो श्रेणीमा पर्ने देखिन्छ। दोस्रो नम्बरमा पर्ने प्रतिष्ठान वा संस्थाहरूलाई ७० लाख वितरण गर्ने भनिएको छ। ७० लाख  प्राप्त गर्न राजनैतिक व्यक्तित्वहरूको नाममा स्थापित प्रतिष्ठान, विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको नाममा स्थापित प्रतिष्ठान/संस्थाहरू हुनुपर्ने मापदण्डमा उल्लेख छ।  

तेस्रो तहमा पच्चिस लाख वितरण गर्ने भनिएको छ। २५ लाखसम्म प्राप्त गर्नेमा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिको नाममा स्थापित संघ संस्थाहरू हुने मापदण्डमा उल्लेख छ।  मन्त्रालयले निर्माण गरेको अन्तिम मापदण्डमा १० लाख र ५ लाख वितरणको कुरा समेटिएको छ। १० लाख र ५ लाख पाउनेमा अन्य धार्मिक, सांस्कृतिक र सामाजिक संस्था भनि मापदण्डमा वर्गीकरण गरिएको छ।  

त्यस्तै, मापदण्डको अन्तिममा बाधा अड्काउ सम्बन्धी व्यवस्था पनि राखिएको छ। ‘यस मापदण्डको कार्यान्वयनमा कुनै बाधा अड्चन आइपरेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय बमोजिम हुनेछ’, मापदण्डमा भनिएको छ। पैसा वितरणका क्रममा कुनै समस्या परेमा यसबाट फुकाउने तयारीस्वरुप यो कुरा मापदण्डमा राखिएको मन्त्रालयका ती कर्मचारीले बताए।  

‘मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’
मन्त्रालयले यसरी खुलेआम पैसा वितरणका लागि कानुनको सहारा लिनु कानुनको दुरुपयोग भएको सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीको टिप्पणी छ। संविधान र कानुनले जनताको काम गर्ने अधिकार दिएका मन्त्रीले नै सचिवस्तरीय निर्णयबाट यस्तो गर्नु झन् लुटको पराकाष्ठ भएको उनको टिप्पणी छ। 

जनताको प्रतिनिधिको रुपमा सरकारमा सहभागी हुने मन्त्रीले जनमत नपाएपछि राजीनामा दिनुपर्नेमा झन् पैसा वितरणको कुरा आउनु आफैंमा दुभाग्यपूर्ण भएको उनी बताउँछन्।

जनताले जनमत दिन अस्वीकार गरेको र निर्वाचन गराउने जिम्मेवारी मात्र पाएको सरकारले यस्तो काम गर्न नसक्ने र गर्न पनि नहुने उनको भनाइ छ। रकम वितरणको तयारीलाई अर्थ मन्त्रालयले रोक्नुपर्ने पूर्वन्यायाधीश केसी सुझाउँछन्। 

 

सम्बन्धित समाचार :
जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुशासन कायम हुने वाचा गर्दै प्रधानमन्त्री शाहले दिए जेन–जी सहिदलाई श्रद्धाञ्जली जेन–जी आन्दोलनको स्मरण गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो सन्देश सार्वजनिक गरेका हुन्। उनले आन्दोलनमा ज्यान गुमाएका... मंगलबार, भदौ २३, २०८३
कांग्रेस सभापति थापाको प्रश्न: गत वर्ष भदौ २३ मा युवामाथि भएको दमनको जिम्मेवारी कसले लिने? जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा धारणा सार्वजनिक गर्दै थापाले राज्यबाट भएको अत्यधिक बल प्रयोगप्रति गम्भीर प्रश्न उठाएका हुन... मंगलबार, भदौ २३, २०८३
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेक... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्