काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन्।
प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरू दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
नेकपा एमाले र नेपाली कांग्रेसले पनि आयोगमा दल दर्ता गराएका छन्। एमालेले एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचन आयोगमा दल दर्ता पनि गराएको छ।
आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।
निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचन गर्ने प्रयत्न गरिरहेको भन्दै प्रवक्ता भट्टराईले दलहरुको अधिकतम सहभागीताले निष्पक्ष निर्वाचनलाई थप सुनिश्चित गर्ने वातावरण निर्माण हुने उल्लेख गरे।
उनले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयको तर्फबाट ४ अर्व ९६ करोड रुपैया बजेटको स्रोत सुनिश्चिता भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।