• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  १४:०३
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रहेका उनी पराजित भएपछि पनि सरकारमै छन्। 

उनै मन्त्री श्रेष्ठ मंगलबार नेपाल वायु सेवा निगमको खर्चमा कतारमा भइरहेको विश्वकप हेर्न जाने भएका छन्। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। निर्वाचनमा पराजित भएका मन्त्रीहरूले नैतिकता देखाएर सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला मन्त्री श्रेष्ठ भने विदेश भ्रमण निस्किँदैछन्।

अब केही समय मात्रै मन्त्रालयमा बस्नुपर्ने बुझेपछि उनले रकम वितरणको कार्य पनि थालेका छन्। प्रतिष्ठान वा संस्थाहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७९ तयार पार्दै उनले रकम वितरण गर्न मन्त्रालयका कर्मचारीहरूलाई दबाब दिइरहेको सार्वजनिक भएको छ। राजनीतिक तथा ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनले रकम वितरण गर्न कर्मचारीहरूलाई दबाब दिइरहेका छन्। 

पर्यटनमन्त्री श्रेष्ठ मात्र होइन मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणाममा बहालवाला गृहमन्त्रीसहित ६ मन्त्रीले पराजय भोगेका छन्। गृहमन्त्री बालकृष्ण खाण रुपन्देही–३, मा राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित भए। एमालेको समर्थन रहेका बोहराले ३६ हजार ७१७ मत ल्याउँदै जित हात पारे भने पराजित भएका गृहमन्त्री खाणले ३४ हजार ३६ मत ल्याए। 

निर्वाचनको सम्पूर्ण जिम्मेवारीको कमाण्डर रहेका गृहमन्त्री नै आफ्नो निर्वाचन क्षेत्रका पराजित भए।

त्यस्तै, नेपाली कांग्रेसका अर्का उम्मेदवार एवं खानेपानी मन्त्री उमाकान्त चौधरी पनि पराजित भए। चौधरीलाई नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले पराजित गरे। बारा–१ मा चौधरीले ३० हजार ५६ मत ल्याउँदा विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याए। 

एकीकृत समाजवादीका सचिव रहेका पर्यटनमन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए। विराजभक्तले १० हजार १०५ मत ल्याउँदै जित हात पार्दा मन्त्री श्रेष्ठ तेस्रो नम्बरमा पुगे। मन्त्री श्रेष्ठले ४ हजार ८७७ मत मात्र पाए। 

यसपटक पराजित हुने अर्की मन्त्री हुन्, पम्फा भुसाल। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री रहेकी उनी नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुर–३, मा उम्मेदवार थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीसँग पराजित भइन्। कार्कीले ३१ हजार १३६ मत ल्याउँदा तेस्रो नम्बरमा रहेकी भुसालले ८ हजार ७६९ मत पाइन्। 

उनीपछि पराजित हुने मन्त्रीमा युवा तथा खेलकुदमन्त्री महेश्वर गतहराज हुन्। माओवादी केन्द्रका उम्मेदवार गहतराजलाई एमालेका सूर्य ढकालले ५ हजार ३९४ मतान्तरले पराजित गरे।  ढकालले २५ हजार २६ मत प्राप्त गरे भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए। 

त्यस्तै, यो निर्वाचनमा पराजित हुने सूचीमा राज्यमन्त्री उमेश श्रेष्ठ पनि छन्। चितवन–२ बाट उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भए।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका कारण उनी बिनाविभागीयका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री छन्। उनी २०७४ मा समानुपातिकबाट सांसद बनेका थिए। यसपटक प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्ने योजनामा चितवन–२ पुगेका उनी सफल भएनन्।

पराजित मन्त्रीले राजीनामा दिनु पर्दैन?
निर्वाचनमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यात्मक व्यवस्था भने छैन। निर्वाचन गराउने सरकार आफैं काम चलाउ हुने भएकाले यसका लागि अलग्गै कानुनी व्यवस्था नगरिएको हो। 

कानुनका जानकारहरूले यसका लागि कानुनी बन्धन बनाउन आवश्यक नहुने टिप्पणी गरेका छन्। मन्त्री हुनका लागि सांसद हुनुपर्ने कानुनी व्यवस्था राख्नुको अर्थ जनताको अभिमत लिएर शासन गर्ने भन्ने भएकाले सम्बन्धित व्यक्तिले नैतिकता देखाउने अपेक्षा भने हुने सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी बताउँछन्।

‘सरकार जनताको मत पाएका सांसदहरूले चलाउने परिकल्पना संविधानले गरेको छ। संविधानले गैरसांसदलाई निषेध गर्नकै लागि ६ महिना भनेर तोकेकै छ’, उनले भने, ‘यसो भन्नुको अर्थ जनताको अभिमत साथ भएसम्म बस्न पाउँछ, नहुनेबित्तिकै अलग हुनुपर्छ भनेको हो।’ 

अहिले निर्वाचनबाट पराजित भएपछि ‘जनताले मलाई रुचाएनन्, त्यसैले म मन्त्रीबाट अलग हुन्छु’ भनेर राजीनामा दिएर नैतिकता देखाउनुपर्ने उनको सुझाव छ। ‘मन्त्री भएको व्यक्तिले उच्च नैतिकता देखाउने अपेक्षा गरिन्छ’, पूर्वन्यायाधीश केसीले भने, ‘अब मलाई जनताले विश्वास दिएनन्, त्यसैले म जनताको निर्णयलाई सम्मान गर्दै अलग हुन्छु भनेर घोषणा आउनुपर्ने हो। तर, अहिलेसम्म कतै सुनिएन।’ 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जनताबाट अस्वीकार भएको व्यक्ति आफैं मन्त्रीबाट अलग हुनुपर्ने बताए। ‘मन्त्रीले निर्वाचन हारेपछि राजीनामा दिनुपर्ने कुनै कानुनी व्यवस्था त छैन। तर, जनताले अस्वीकार गरेको मानिस सरकारमा बस्नु हुन्छ, हुँदैन भन्ने नैतिक कुरा हो’, उनले भने, ‘मन्त्री भनेको जनताका प्रतिनिधि हुन्। तिनै जनताले हराइदिएपछि मन्त्री पदमा बस्न हुँदैन।’

जनताबाट अस्वीकृतले शासन चलाउँदा स्वच्छाचारिता बढ्ने र राज्यशक्तिको दुरुपयोग हुने कानुनविदहरूको टिप्पणी छ। तत्कालनै जनताबाट परीक्षण हुनु नपर्ने भएपछि मनलाग्दी रुपमा काम गर्न सक्ने र राज्यकोषको चरम दुरुपयोग हुने खतरा हुने उनीहरूको टिप्पणी छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देवानगञ्ज बजारमा झडप
संयमता अपनाउन सरकारको अपिल
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्