• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जनमतबाट अस्वीकृत भए, तर सरकार छाडेनन्

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  १४:०३
1140x725

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रहेका उनी पराजित भएपछि पनि सरकारमै छन्। 

उनै मन्त्री श्रेष्ठ मंगलबार नेपाल वायु सेवा निगमको खर्चमा कतारमा भइरहेको विश्वकप हेर्न जाने भएका छन्। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। निर्वाचनमा पराजित भएका मन्त्रीहरूले नैतिकता देखाएर सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला मन्त्री श्रेष्ठ भने विदेश भ्रमण निस्किँदैछन्।

अब केही समय मात्रै मन्त्रालयमा बस्नुपर्ने बुझेपछि उनले रकम वितरणको कार्य पनि थालेका छन्। प्रतिष्ठान वा संस्थाहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी मापदण्ड २०७९ तयार पार्दै उनले रकम वितरण गर्न मन्त्रालयका कर्मचारीहरूलाई दबाब दिइरहेको सार्वजनिक भएको छ। राजनीतिक तथा ऐतिहासिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उनले रकम वितरण गर्न कर्मचारीहरूलाई दबाब दिइरहेका छन्। 

पर्यटनमन्त्री श्रेष्ठ मात्र होइन मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्म सार्वजनिक मतपरिणाममा बहालवाला गृहमन्त्रीसहित ६ मन्त्रीले पराजय भोगेका छन्। गृहमन्त्री बालकृष्ण खाण रुपन्देही–३, मा राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित भए। एमालेको समर्थन रहेका बोहराले ३६ हजार ७१७ मत ल्याउँदै जित हात पारे भने पराजित भएका गृहमन्त्री खाणले ३४ हजार ३६ मत ल्याए। 

निर्वाचनको सम्पूर्ण जिम्मेवारीको कमाण्डर रहेका गृहमन्त्री नै आफ्नो निर्वाचन क्षेत्रका पराजित भए।

त्यस्तै, नेपाली कांग्रेसका अर्का उम्मेदवार एवं खानेपानी मन्त्री उमाकान्त चौधरी पनि पराजित भए। चौधरीलाई नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले पराजित गरे। बारा–१ मा चौधरीले ३० हजार ५६ मत ल्याउँदा विजयी उम्मेदवार मैनालीले ३९ हजार १९५ मत ल्याए। 

एकीकृत समाजवादीका सचिव रहेका पर्यटनमन्त्री श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए। विराजभक्तले १० हजार १०५ मत ल्याउँदै जित हात पार्दा मन्त्री श्रेष्ठ तेस्रो नम्बरमा पुगे। मन्त्री श्रेष्ठले ४ हजार ८७७ मत मात्र पाए। 

यसपटक पराजित हुने अर्की मन्त्री हुन्, पम्फा भुसाल। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री रहेकी उनी नेकपा माओवादी केन्द्रका तर्फबाट ललितपुर–३, मा उम्मेदवार थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीसँग पराजित भइन्। कार्कीले ३१ हजार १३६ मत ल्याउँदा तेस्रो नम्बरमा रहेकी भुसालले ८ हजार ७६९ मत पाइन्। 

उनीपछि पराजित हुने मन्त्रीमा युवा तथा खेलकुदमन्त्री महेश्वर गतहराज हुन्। माओवादी केन्द्रका उम्मेदवार गहतराजलाई एमालेका सूर्य ढकालले ५ हजार ३९४ मतान्तरले पराजित गरे।  ढकालले २५ हजार २६ मत प्राप्त गरे भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए। 

त्यस्तै, यो निर्वाचनमा पराजित हुने सूचीमा राज्यमन्त्री उमेश श्रेष्ठ पनि छन्। चितवन–२ बाट उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भए।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका कारण उनी बिनाविभागीयका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री छन्। उनी २०७४ मा समानुपातिकबाट सांसद बनेका थिए। यसपटक प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्ने योजनामा चितवन–२ पुगेका उनी सफल भएनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पराजित मन्त्रीले राजीनामा दिनु पर्दैन?
निर्वाचनमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यात्मक व्यवस्था भने छैन। निर्वाचन गराउने सरकार आफैं काम चलाउ हुने भएकाले यसका लागि अलग्गै कानुनी व्यवस्था नगरिएको हो। 

कानुनका जानकारहरूले यसका लागि कानुनी बन्धन बनाउन आवश्यक नहुने टिप्पणी गरेका छन्। मन्त्री हुनका लागि सांसद हुनुपर्ने कानुनी व्यवस्था राख्नुको अर्थ जनताको अभिमत लिएर शासन गर्ने भन्ने भएकाले सम्बन्धित व्यक्तिले नैतिकता देखाउने अपेक्षा भने हुने सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी बताउँछन्।

‘सरकार जनताको मत पाएका सांसदहरूले चलाउने परिकल्पना संविधानले गरेको छ। संविधानले गैरसांसदलाई निषेध गर्नकै लागि ६ महिना भनेर तोकेकै छ’, उनले भने, ‘यसो भन्नुको अर्थ जनताको अभिमत साथ भएसम्म बस्न पाउँछ, नहुनेबित्तिकै अलग हुनुपर्छ भनेको हो।’ 

अहिले निर्वाचनबाट पराजित भएपछि ‘जनताले मलाई रुचाएनन्, त्यसैले म मन्त्रीबाट अलग हुन्छु’ भनेर राजीनामा दिएर नैतिकता देखाउनुपर्ने उनको सुझाव छ। ‘मन्त्री भएको व्यक्तिले उच्च नैतिकता देखाउने अपेक्षा गरिन्छ’, पूर्वन्यायाधीश केसीले भने, ‘अब मलाई जनताले विश्वास दिएनन्, त्यसैले म जनताको निर्णयलाई सम्मान गर्दै अलग हुन्छु भनेर घोषणा आउनुपर्ने हो। तर, अहिलेसम्म कतै सुनिएन।’ 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जनताबाट अस्वीकार भएको व्यक्ति आफैं मन्त्रीबाट अलग हुनुपर्ने बताए। ‘मन्त्रीले निर्वाचन हारेपछि राजीनामा दिनुपर्ने कुनै कानुनी व्यवस्था त छैन। तर, जनताले अस्वीकार गरेको मानिस सरकारमा बस्नु हुन्छ, हुँदैन भन्ने नैतिक कुरा हो’, उनले भने, ‘मन्त्री भनेको जनताका प्रतिनिधि हुन्। तिनै जनताले हराइदिएपछि मन्त्री पदमा बस्न हुँदैन।’

जनताबाट अस्वीकृतले शासन चलाउँदा स्वच्छाचारिता बढ्ने र राज्यशक्तिको दुरुपयोग हुने कानुनविदहरूको टिप्पणी छ। तत्कालनै जनताबाट परीक्षण हुनु नपर्ने भएपछि मनलाग्दी रुपमा काम गर्न सक्ने र राज्यकोषको चरम दुरुपयोग हुने खतरा हुने उनीहरूको टिप्पणी छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्