काठमाडौं– विश्वप्रसिद्ध इलेक्ट्रोनिक ब्राण्ड सामसङले यसपालीको फिफा विश्वकप फुटबल लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ।
सामसङले ल्याएको उक्त अफरमा सामसङका टिभीहरु खरिद गर्दा नि:शुल्क इन्स्टलेशन र एक्यूएलइडी प्रिमियम यूएचडी टिभीहरुको खरिदमा नि:शुल्क साउण्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ।
सामसङ टिभीहरुको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरुलाई हरेक खेलमा साउण्डबारको कुनै कम्प्रमाइज बिना इमर्सिभ दृश्य प्रदान गर्ने कम्पनीले दाबी गरेको छ।
ग्राहकले छनोट गरेका आउटलेटहरुबाट टिभी खरिद गर्दा शून्य प्रदिशत इन्तेरेस्टमा किस्ताबन्दी, डिस्काउन्ट भाउचरसहित विभिन्न लोकप्रिय रेष्टुरेन्टहरुमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसङ टिभी स्क्रिनहरुमा फुटबल हेर्न सकिने बताइएको छ। यसका साथै ग्राहकले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकनसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
जसका लागि देशभरका विशेष हिम इलेक्ट्रोनिक्स अन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डटकममार्फत् एक्सचेन्ज गर्नुपर्नेछ।
यो अफर ३१ डिसेम्बर २०२२ सम्म लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।