काठमाडौं– सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरेको छ।
उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट www.sanimabank.comm मा‘Apply Loan up to 5 Lakhs against FD’ मा क्लिक गरी आवश्यक विवरणहरु भरेपछि मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेपकर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत अधिकतम ५ लाख मध्ये जुन कम हुन्छ उक्त रकम तुरुन्तै प्राप्त गर्न सकिने बताइएको छ।
हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्दै आइरहेको छ।
सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।