• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जो ०७४ मा प्रदेश सभा र ०७९ मा प्रतिनिधि सभामा विजयी भए

64x64
कल्पना घिमिरे शनिबार, मंसिर १०, २०७९  ११:३६
1140x725

काठमाडौं– गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित केही सांसद अघिल्लो पटक प्रदेश सभामा  पनि विजयी भएका थिए। ०७४ मा प्रदेश सभामा र यसपटक प्रतिनिधि सभामा निर्वाचित उम्मेदवारबारे तल उल्लेख गरेका छौँ।

रामकुमार राई
०७४ मा खोटाङ प्रदेस सभा (१) को २ बाट रामकुमार राईले  १८ हजार ३ सय ७२ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका विष्णुकुमार राई १२ हजार २ सय ३९ मत प्राप्त गरेर पराजित भएका थिए। 

राई गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन खोटाङबाट विजयी भएका छन्। २ हजार ६ सय ६९ को मतान्तरले नेकपा एमालेका विशाल भट्टराईलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्। 

विजयी राईले ३१ हजार ३  सय ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत ल्याएका छन्।

भीमप्रसाद आचार्य
०७४ मा सुनसरी–२ (१)बाट नेकपा एमालेका भीमप्रसाद आर्चाले २० हजार २ सय ११ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका वुद्धिबहादुर कट्वालले १९ हजार ९ सय ६४ मत प्राप्त गरेका थिए।

आचार्यले गत मंसिर ४ को निर्वाचनमा सुनसरी–२ बाट प्रतिनिधीसभा उम्मेदवारमा १९ हजार २ सय २३ मत ल्याएर अग्रता कायम गरेका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम महतोलाई २ हजार ७ सय ८९ मतान्तरले पछि पार्दै अग्रता कायम गरेका छन्। 

प्रतिद्वन्द्वी महतो १६ हजार ४ सय ३४ मतका साथमा दोस्रो स्थानमा छन्।  

नवलकिशोर साह सुडी
०७४ मा सप्तरी–१ (२) बाट राजपाका नवलकिशोर साह सुडीले १३ हजार ६ सय ४७ मत प्राप्त गरेर विजयी प्राप्त गरेका थिए। कांग्रेसका बद्रीनारायण महात्मा यादव ६ हजार ३ सय ३३ मत प्राप्त गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सुडी गत मंसिर ४ को चुनाबमा प्रतिनिधिसभातर्फ सप्तरी(१) मा जनता समाजवादी पार्टी (जसपा) बाट विजयी भएका छन्। प्रदेशमन्त्री समेत रहेका उनले २३ हजार ५ सय ६४ मतसहित जित हासिल गरेका छन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९ सय ९२ मत पाएका छन्।

राजेन्द्र पाण्डे
०७४ मा धादिङ–१ (१)बाट एमालेका राजेन्द्र पाण्डे २७ हजार ३ सय ३२ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका मुकुन्द श्रेष्ठले १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए।

गत मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ धादिङ–१ बाट एकीकृत समाजवादीका उम्मेदवार पाण्डले एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै विजयी प्राप्त गरेका छन्। 

पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याएर विजयी भएका छन्। एमालेका त्रिपाठी २७ हजार ९ सय ५३ मत ल्याएर पराजित भएका छन्। 

पृथ्वीसुब्बा गुरुङ
०७४ मा लमजुङ –१ को (२)बाट पृथ्वी सुब्बा गुरुङ २३ हजार ८८ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्ण प्रसाद कोइरालाले १५ हजार १ सय २ मत प्राप्त गरेका थिए।

गत मंसिर ४ को प्रतिनिधिसभातर्फको चुनावमा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। 

देवप्रसाद गुरुङले भने ३१ हजार ७ सय ८१ मत प्राप्त गरेका छन्।

मनबहादुर गुरुङ
कास्की– १ को (२) बाट मन बहादुर गरुङ १७ हजार २ सय ४९ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बहादुर केसीले १३ हजार १ सय २ मत प्राप्त गरेका थिए।

गुरुङ कास्की–१ बाट प्रतिनिधीसभातर्फको निर्वाचनमा २५ हजार मत प्राप्त गरेर विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

पराजित बरालले भने २३ हजार १ सय ८९ मत प्राप्त गरेका छन्।

नारायणप्रसाद आचार्य
पाल्पा–१ को प्रदेश २ मा एमालेका नारायण प्रसाद आचार्य १७ हजार २ सय ४९ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दान बहादुर पछाई क्षेत्रीले १० हजार ५ सय २ मत प्राप्त गरेका थिए।

आचार्य गत मंसिर ४ को प्रतिनिधिसभातर्फ पाल्पा– १बाट ३१ हजार १ सय ३ मत प्राप्त गरेर विजयी भएका छन्। उनले निकटतम कांग्रेसका ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। 

पराजित गाहाले २० हजार २५६ मत प्राप्त गरेका छन्।

प्रकाश ज्वाला
सल्यान –१(२)बाट नेकपा एमालेका प्रकाश ज्वालाले १९ हजार ८ सय ३६ मत प्राप्त गरेर विजयी भएका थिए। कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गरेका थिए।

ज्वालाले गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सल्यान–१ मा एकीकृत समाजवादी पार्टीबाट ३५ हजार ७  सय  मत प्राप्त गरेर विजयी भएका छन्। उनलेस्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९ सय ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पराजित शाहले भने १९ हजार ७ सय ८९ मत प्राप्त गरेका छन्।

अम्मर बहादुर थापा
दैलेख–१ मा सत्तारूढ गठबन्धनका अम्मरबहादुर थापा पनि यसपटकको निर्वाचनमा निर्वाचित भए। थापा १८ हजार  २ सय ५६ मतसहित विजयी भए।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत पाएका छन्।

थापाले ८४९ मतको फराकिलो अन्तरले जित हासिल गरेका छन्। यसअघि ०७४ को चुनावमादैलेख–१(२)मा थापाले१२ हजार ५ सय ६७ मत प्राप्त गरेर विजयी भएका थिए। 

डिल्लीराज पन्त
२०७४ मा कैलाली–५(२) बाट डिल्लिराज पन्तले ११ हजार २ सय ५३ मत प्राप्त गरेर विजयी भएका थिए। उनका प्रतिष्पर्धी नेकपा माओवादीका रमेशसिंह धामीले ९ हजार ४ सय ८४ मत प्राप्त गरेका थिए।

पन्त गत मंसिर ४ को निर्वाचनमा प्रतिनिसभा कैलाली – ५ बाट नेपाली कांग्रेसको तर्फबाट २१ हजार ३९२ मत प्राप्त गरेर विजयी भएका छन्। पन्तले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारदमुनी रानालाई १०७४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पराजित रानाले भने २० हजार ३१८ मत प्राप्त गरेका छन्।

महेन्द्र बहादुर शाही
२०७४ मा कालिकोट–१ (२)बाट नेकपा माओवदीका महेन्द्र शाहीले १२ हजार १ सय ५३ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका काली बहादुर सहकारीले ९ हजार ३ सय ४२ मत प्राप्त गरेर पराजित भएका थिए।

शाही गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि कालीकोटबाट २३ हजार ८७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निटकतम प्रतिद्वन्दी एमालेका नगेन्द्र शाही १९ हजार २३० कत प्राप्त गरेर पराजित भएका छन्। 

महेन्द्रबहादुरले ९ हजार ६ फराकिलो मतान्तरबाट जित निकाले छन्। महेन्द्र कर्णाली प्रदेशका पूर्व–मुख्यमन्त्री समेत हुन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ११:३६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्