काठमाडाै- नेपाल टेलिकमले मंसिर ४को निर्वाचलाई लक्षित गर्दै निर्वाचन अफर ल्याएको छ ।
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभातथाप्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो ।
यस अफर मार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ मा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
त्यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ मा उपलब्ध हुने छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अन नेट अनलिमिटेड भ्वाइस प्याकज जम्मा ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।
यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । आगामी मंसिर ११गतेसम्म मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने आयोगले जनाएको छ ।
निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्तगर्ने अपेक्षा टेलिकमले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।